August 15, 2006

मन

Filed under: Literature

प्रतिक्षाको सीमा धेरै नाघेछ
बल्ल मनमा माया जागेछ
यही त भन्छ भित्री मनले
एउटी चाहियो भन्छ यो ज्यानले

असार आयो श्रावण पनि आयो
बैश छदा न कतै माया लायो
तिर्खाउदाको प्यास न कतै पायो
दिन रात एक्लै के नै पो खायो

अरुको जस्तो भएन कहिल्यै जीवन
अब तिमी नै चाहियो नाइ नभन
धेरै पछि रोजेकोछु नदुखाउ यो मन
हिजो भन्दा राम्री लाग्यो तिमी झन

कल्पनामा मात्र सकिन्न रम्न
कहिले कही त कतै जाउ घुम्न
अधुरो कुरा गर्नै त धेरै बा“की
खाउला कसम देउराली सा“ची

साथीहरु सबको भयो घरबार
हामीले बनाऔ सपनाको दरबार
तिमी हुन्छ भने छोडौला शहर
नलुकाउ तिमी त्यो मनको रहर

नबसौ है अब कुरेर धेरै दिन
पर्खि बस्नु आउछु म लिन
समाल्न सकिएन मैले यौवन
चोखो प्रेममा नदुखाउ मन ।

नीर बहादुर तामाङ

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/15/man/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.