ताजा खवर
खबर सुन्नु होला देशको बारेमा
अब लाग्छ देशको छैन गरिमा
हिजोको आज, आजको हो ताजा
खबरे पस्दैछु साथीहरुको माझ
चट्याङले चारको लिएछ ज्यानै
बा“कीलाई बाढीले बगाएछ धन्नै
देशमा अझै चर्किएछ हडताल
देशमा बिकृति बढ्दैरहेछ हाल
पेट्रोल र डिजेलको मूल्य बढेर
गरिबको बेहाल छ महंगीले चढेर
चिया बगानको पनि भएछ हंगामा
कयौं घाइते भएछ त्यो जंगमा
देशले लिन नसकेछ सही दिशा
गर्दैछ रे नताहरु आफैमा रीस
प्रचण्ड र बाबुरामको चल्दैछ रे चर्चा
उता पैरो बढेछ धेरै हुदा बर्षा
दैबको खेल भनौ या नेताको कला
भारतले पनि थुन्दा बाध भएछ भल
तर्राई बासीको पनि यस्तै छ हाल
कही बाडी कही सुख्ख छ महल
युद्द बिरामको भएछ महिना चार
समाल्न सकेन देशको सत्ता भार
कोही भन्छन् गिरीजालाई देउ
प्रचण्डले भन्छन् र मलाई नै लेउ
कोही समाल्न सक्दैन लगाएको धोति
कोही जंगलबाट फर्किएको बाटो सोधी२
यस्ता छन् देशको हुनहार भाबी नेताहरु
तिमी हामी बसे केही हुने थियो होला बरु
हिजै मात्र भएछ पेट्रोलीय पर्दाथका बृद्दि
देशल दिशा नबदल्ने भयो यही सद्दि
देश बासीको कहिल्यै आएन मनमा बुद्दि
नेताहरुले खाएछ सायद सबै सुद्दि
हिजै भयो रे देशमा लाडी चार्ज
थप्पै रोकिएछ सरकारी काम कार्ज
यस्तै रहै देशमा हुनेछ महामरी
त्यसैले त बढीरहेछ डकैति र चोरी
अझै पक्ष र बिपक्षको मिलेन मत
कसले समाल्ने भएको छैन सता
यस्तै भयो भने होला देश कंकाल
सत्ता नमिले जान सक्छ प्रचण्ड जंगल
देशको हुदैछ दुर्दशा यस्तै गरी
देशले शान्ति मिलेन जुनी भरी
कर्मले ठगिएको हामी नेपाली
के गर्छ देशमा नेताले यसपाली
दिनहु हुदैछ जुलुस र हडताल
देशमा बन्दै मात्र यस साल
लाखौ भयो देशबाट पलयान
छैन देशमा कोही बलवान
देशबासी सकियो बिदेश तिर
शुन्य छन् बनपाखा र भीर
यस्तै भएमा देशको काटीन्छ शिर
नेपालीको बढेकोछ अब पीर
निर तामाङ