August 26, 2006

राजा फालिने, नेपाल नौ गणराज्यमा बाँडिने

Filed under: News

पहिले तोकिएको तीनगुणा बढी समयपछि अन्ततः अन्तरिम विधान मस्यौदा समितिले हिजो सरकारी तथा माओवादी वार्ता टोलीलाई अन्तरिम संविधानको मस्यौदा बुझाएको छ । प्रस्तावनामै राजा र राजतन्त्रबारे मौन रहँदै प्रस्तुत मस्यौदामा दुवै सेनाको परमाधिपतिमा प्रधानमन्त्रीलाई तोकिएको छ । अन्तरिम मस्यौदामा धेरै ठाउँमा निर्णय हुन बाँकी रहेको र प्रस्तावनामै पनि राज्यको बनोटबारे विकल्प प्रस्तुत गरिएको छ । २६ भाग -अनुसूची० १७२ धारामा समेटिएको छयहत्तर पेज ठूलो अन्तरिम मस्यौदा विधानको प्रस्तावनामा माओवादी जनयुद्धसहित सबै किसिमका व्रि्रोहलाई मान्यता दिँदै जनताको बलिदानीपूर्ण संर्घषका रुपमा उच्च सम्मान व्यक्त गरिएको छ । प्रतिनिधिसभा वा राजनीतिक सम्मेलनमार्फ् घोषणा गरिने अन्तरिम संविधानमा राजाको स्थानबारे संविधानसभासँगै हुने जनमत संग्रहबाट गरिने उल्लेख छ । यही हालतमा अन्तरिम विधान लागू भएमा राजा फालिने निश्चित भएको छ किनभने करिब पचहत्तर प्रतिशत जनता अहिले स्पष्ट गणतन्त्रको पक्षमा देखिएका छन् । संविधानसभामा दुइ कांग्रेसले भने सेरेमोनियल किङको एजेन्डा लैजाने संकेत उनीहरूले दिएको सुझावमा छ । मस्यौदामा प्रमुख राजनीतिक विषयसहित थुप्रै विषय अनिर्णीत नै रहेकाले यसले अन्तिम रुप प्राप्त गर्न समय लिनेछ । केही नेताले दुइ साताभित्र आठ दलको बैठकले अन्तरिम संविधान फाइनल गर्ने बताए पनि यो त्यति सजिलो छैन ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/26/raja/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.