गजल
विना फिक्री सबको सामु खुलेर पिएँ आज ।
तिम्रा सारा वाचा-कसम, भुलेर पिएँ आज ।
तिमीले छाड्यौ भन्ने जब एक सन्देश पाएँ,
तिम्रा सयौं प्रेम-पत्रहरु, बटुलेर पिएँ आज ।
एक्कासी जब आत्माले नसाको चाह ग-र्यो
एउटै नबिर्राई सारा भट्टी, डुलेर पिएँ आज ।
बिल्कुल म आजाद छु अब कुनै चिन्ता छैन
पिर-व्यथा सब सराबसंगै घुलेर पिएँ आज ।
हुन त तिम्ले दिलको डालिमा फुल्नु भन्थ्यौ
तर म त नालि-नालिमा फुलेर पिएँ आज ।
binit
विना फिक्री सबको सामु खुलेर पिएँ आज ।
तिम्रा सारा वाचा-कसम, भुलेर पिएँ आज ।
तिमीले छाड्यौ भन्ने जब एक सन्देश पाएँ,
तिम्रा सयौं प्रेम-पत्रहरु, बटुलेर पिएँ आज ।
एक्कासी जब आत्माले नसाको चाह ग-र्यो
एउटै नबिर्राई सारा भट्टी, डुलेर पिएँ आज ।
बिल्कुल म आजाद छु अब कुनै चिन्ता छैन
पिर-व्यथा सब सराबसंगै घुलेर पिएँ आज ।
हुन त तिम्ले दिलको डालिमा फुल्नु भन्थ्यौ
तर म त नालि-नालिमा फुलेर पिएँ आज ।
Comment by Tulsiram — August 30, 2006 @ 6:10 am