August 29, 2006

हत्याराहरुलाई अविलम्व पक्राउ गरी कडा सजाय दिइयोस्

Filed under: News

माननीय गृह मन्त्रीज्यू,
नेपाल सरकार, गृह मन्त्रालय Date:- 2006/08/29
सिंहदरबार, काठमाडौं, नेपाल
इमेलः- homehmg@wlink.com.np

विषयः- डा. कपिल चित्रकारको हत्याराहरुलाई अविलम्व पक्राउ गरी कडा सजाय दिइयोस्
माननीय मन्त्रीज्यू,

आफ्नी धर्मपत्नी सहित मोटरसाइकलमा नयाँबानेश्वर संगमचोक स्थित आफ्नो घर फर्किरहेका निहत्था होमियो चिकित्सक डा। कपिल चित्रकारलाई दिनदहाडै आफ्नै घर नजिक नकाबधारी हत्याराहरुले खुकुरी प्रहार गरी क्रूरतापूर्वक हत्या गरेको दुःखद घटनाले हामीलाई अत्यन्त विव्हल बनाएको छ । हामी यस हत्याकाण्डको घोर विरोध गर्दछौ र ती कायर हत्याराहरुलाई अविलम्ब पक्राउ गरी कडा भन्दा कडा सजाय दिइयोस् भनी माननीय गृहमन्त्री र नेपाल सरकार समक्ष जोडदार माग गर्दछौ ।

साथै देशमा दिनानुदिन बढ्दै गएको हत्याकाण्ड र लूटपाट प्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति सुव्यवस्था सुदृढ बनाउन समेत माग गर्दछौ।

भवदीय
नामः- खाडी मुलूकबाट प्रवासी नेपालीहरुको आवाज “प्रवासबाट”ठेगानाः- साउदी अरेविया
Email: pravasbat@v.gg
URL: http://prabasbat.tk/

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/29/366/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.