August 29, 2006

तिजको कार्यक्रम दुवईमा भब्यताका साथ सम्पन्न

Filed under: News

प्रवासी नेपाली महिला समाज यु.ए.इद्धारा नेपाली नारीहरुको बिषेश चार्ड तिज पर्वको पावन अवसरमा यु.ए.इको दुवईमा अवस्थित अस्ट्रोरीया होटलमा यहि अगष्ट २५ २००६ का दिन भब्यताका साथ सम्पन्न भयो । प्रमुख अथिती यु.ए.इ. नेपाली राजदुतावासका द्धितिय सचिव श्री प्रकाश मणी पौडेलज्यूको आथित्यमा सम्पन्न उक्त साँस्कृतिक कार्यक्रममा यु.ए.इमा स्थापना भएका विभिन्न नेपाली संघसंस्थाहरुको उपस्थितिका साथै, बुद्धिजिवी, पत्रकार, र अन्य दुवईमा कार्यरत प्रवासी नेपालीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम संचालन प्रवासी नेपाली साँस्कृतिक मंचका अध्यक्ष श्री राजेन्द्र हमालले गर्नु भएको थियो भने स्वागत मन्तब्य प्रवासी नेपाली महिला समाज यु.ए.इ कै उपाध्यक्ष सुश्री माया योञ्जनले गर्नु भएको थियो ।
दिपक गुरुङ्ग महिलाको भेष बाट नृत्य गितको बोल तिजको रहर आयो बरिलै सामुहिक तिजको गित बाट सुभारम्भ भएको सास्कृतिक कार्यक्रम दुवईमा नै बसोवास गर्ने प्रवासी नेपाली कलाकारहरुले विभिन्न गितहरु गाएर मनोरञ्जन दिएका थिए । कोमल ओलीको पोइला जान पाँउ भन्ने तिजको गितले त दर्शकहरुलाई नचाउन बाध्य बनाएको थियो । अन्य लोकल गायक तथा गाइकाहरुले विभिन्न भाकाका गितहरु गाएका थिए । अन्तमा प्रवासी नेपाली महिला समाज यु.ए.इ का अध्यक्ष सुश्री सरस्वती सन्जालले कार्यक्रमको अन्त गर्नु भएको थियो ।

बाल चन्द्र पोख्रेल
दुवई, यू.ए.इ

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/29/tij/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.