August 30, 2006

छानविन आयोगले राजासित सोधपुछ गर्ने

Filed under: News

हालैको जनआन्दोलनमा भएको भनिएको दमन र सरकारी कोषको दुरूपयोगको छानविन गरिरहेको उच्चस्तरीय आयोगले राजा ज्ञानेन्द्रसँग पनि सोधपुछ गरिने जनाएको छ। त्यस्तो सोधपुछको लागि मिति र प्रकृया भने तय भै नसकेको आयोगको भनाइ छ।

यदि आयोगले राजासित सोधपुछ गरे, त्यो नेपालको इतिहासमै पहिलो त्यस्तो घटना हुनेछ।

‘राजाको जिम्मेवारी’

बयानका क्रममा धेरैले तत्कालीन मन्त्रीपरिषदका अध्यक्ष राजाको जिम्मेवारी प्रति इंगित गरेकाले राजासित सोधपुछ गर्ने सोचाई बनाइएको आयोगको भनाई छ।

राजासँग कहिले र कुन प्रक्रिया अप्नाई सोधपुछ गरिने भन्नेबारे आउँदो विहिवार आयोगमा उपस्थित हुन बोलाइएका राजाका प्रमुख सचिव पशुपतिभक्त महर्जनसँग छलफल हुनसक्ने आयोगका सदस्य हरिहर विरहीले जनाए।

परम्परागत रूपले संविधान र कानुन भन्दामाथि रहने गरेका नेपालका राजाका प्राय: सबै अधिकार र सुविधा हालै पुनर्स्थापित प्रतिनिधिसभाको घोषणावाट खोसिएको थियो।

त्यसले गर्दा राजासित सोधपुछ गर्न जाँचबुझ आयोगलाई बाटो खुलेको विश्वास गरिएको छ।

सो उच्चस्तरीय आयोगले शाही सरकारका मन्त्रीहरू सहित दर्जनौं वरिष्ठ र कनिष्ठ अधिकारीहरूसँग बयान लिइसकेको छ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/08/30/rajagy/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.