September 4, 2006

अन्तराष्ट्रिय नेपाली साहित्य समाज यु ए इ केन्द्र स्थापना ।

Filed under: News

०६३ भाद्र २० गते यु ए इ मा कामको सिलसीलामा आएका नेपालीहरुले आफुहरुमा रहेको साहित्य प्रतिको रुचिलाई यथावत राख्नको लागि अमेरीकामा प्रधान कार्यालय रहेको र विश्वका ४४ राष्ट्रभन्दा बढिमा आफ्ना च्याप्टरहरु खोल्न सफल अन्तराष्ट्रिय नेपाली साहित्य समाजबाट स्वीकृती लिई यु ए इ को दुवईमा अन्तराष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय कार्यालय स्थापना गरिएको छ । यस केन्द्रीय कार्यालयमा १३ जनाको कार्यदल गठन गरिएको छ । कार्यदलहरुमा बरिष्ठ सल्लाहकार खेमनाथ पौडेल, सल्लाहकार गोपि महत, स्याम शर्मा, दुगादत्त पोख्रेल, सभापति बाल चन्द्र पोख्रेल, उप-सभापति बिष्णु दाहाल, महा-सचिव सुभास अधिकारी, सचिव तारानाथ न्यौपाने, कोषाध्यक्ष ऋषिराम पोख्रेल, सदस्यहरु जगन्नाथ पौडेल, कृष्ण प्रसाद अर्याल, रवि भट्ट, नेत्र ब। -राजन० भट्टर्राई रहनु भएको छ ।

हामी नेपालीहरु विश्वको जुनसुकै राष्ट्रमा पुगेतापनि हामी हाम्रो भाषा, साहित्य र संस्कृतिलाई साथमा नै लिएर गएका हुन्छौ । विश्वका विभिन्न राष्ट्रहरुमा बसोसास गर्ने प्रवासी नेपालीहरुले विभिन्न माध्ययमहरुबाट नेपाली भाषा साहित्यलाई निरन्तर संरक्षण दिई राख्नु भएको छ । यसै सर्न्दर्भमा विश्वका अन्य देशहरुमा आफ्ना च्याप्टरहरु खोल्न सफल अन्तराष्ट्रिय नेपाली साहित्य समाज यु ए इ च्याप्टरको स्थापना गर्न पाउदा हामीलाई गर्भ लागेको छ भन्दै यस केन्द्रीय कार्यालयका सभापति रहनुभएका बालचन्द्र पोख्रेलको भनाई छ ।

हरेक समुदायमा नेपाली भाषा, साहित्य र संस्कृतिको पहिचानलाई जीवन्त र दीगो राख्न संसारभरका प्रवासी नेपालीहरु जुटीरहेको अन्तराष्ट्रिय परिपेक्ष्यमा नेपाली भाषा साहित्य प्रेमीहरु बीच भाषा र साहित्यको प्रचार प्रसार, उत्थान, एवं र्सवर्द्धन गर्नुका साथै यस देशमा नेपाली कामदारहरुको अवस्था र उनीहरु बाट भएका गतिविधिहरु लाई पनि समेट्ने गरि यसको कार्यदल बनाईएको छ । यसले नेपालमा दैनिक प्रकाशित हुने पत्र पत्रिकाहरु लाई यहाँ कामको सिलसिलामा आएका नेपाली हरुका गतिबिधि सम्बन्धि दैनिक जसो समाचार प्रवाह गर्ने भन्ने पनि यसको प्रमुख एजेन्डा बनाईको छ ।

Shyam Sharma
PH. 00971507050474

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/09/04/p378/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.