September 6, 2006

गजल

Filed under: Jastakotastai


-Basanta Gautam


पूरै जुनी अटेको निमेष देखें
आज फेरि सपनीमा देश देखें,

हिमाली सेतो आकाशमा ठोक्किई
चम्केको फाँट, वन-प्रदेश देखें,

थाप्लामाथि,लहरै पाखाहरुको
निला दह सुसेलेको भेष देखें,

फूलमा चढेको रंगको के कुरा?
पातमा वसन्तको प्रवेश देखें,

कस्ले कोरिदियो त्यति राम्रो चूल्ठी?
पहरामा छहराको केश देखें,

आफ्नो भन्नु रहेनछ अरु केहि
“नेपाल” नै श्री-सम्पत्ती, यश देखें,

आज फेरि सपनीमा देश देखें
आज फेरि सपनीमा देश देखें।

3 Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/09/06/p379/trackback/

  1. plz disply the writer’s full name and address. because i want to convey their poem to others or their family too.

    Comment by prekshya — September 8, 2006 @ 3:02 am

  2. “प्रवासबाट”का संचालक साथीहरु, यो मेरो गजल यहाँ मेरो नाम बिना टाँसिएको देख्दा म छक्क परेको छु। मैले पहिला अरु एक-दुई साइटमा टाँसिकेको हुँदा कतैबाट कपी गर्नुभएको होला यहाँहरुले, तर रचनामा रचनाकारको नाम नराख्नु घोर गलत हो। आशा गर्छु, यो यहाँहरुको भूलमात्रै हो, नियत होईन र यो भूल चाँडैनै सच्चिनेछ।

    Comment by Basanta — February 6, 2009 @ 5:31 am

  3. मित्रहरु, यो गजलमा रचनाकारको रुपमा मेरो नाम किन नराखिएको हो अझै? यसले तपाईँहरुको नियतनै गलत देखाऊँछ।

    ===================================
    कमेन्ट लेख्नु भएकोमा धन्यवाद । वास्तवमा यो कविता कुनै चेन इमेलबाट हामीलाई प्राप्त भएको थियो । यसमा लेखकको नाउँ नभएकोले कसको हो भन्ने जानकारी हामीलाई भएन । गजल निकै राम्रो लागेर नेपाली साहित्यको प्रचार प्रसारको लागि जस्ताकोतस्तै भन्ने श्रेणीमा हामीले टपक्क टिपी राखेका थियौ । यसलाई निकै ठूलो विषय मानि लेखकजीले गर्नु भएको गुनासो चाँहि नाजायज भन्न मिल्दैन तर यसलाई चोरी गरियो भनेर लामो लेख नै तयार गर्नु चाँहि अलिकति नमिलेको हो कि रु किनकी चोरि गरिएको भएँ स्पष्ट नाउँ लेखिने थियोहोला ।

    कमेन्टप्रति उत्तरदायित्व भएन भन्ने प्रसंगमा हरेक लेख तथा रचनाको प्रतिक्रिया हेर्ने समय नपुगेर होला भन्ने लाग्दछ । प्रतिक्रिया इमेल आजमात्र पढने अवसर पाएँ । सायद निकै जंक मेलहरु बारम्बार आइरहदा प्रतिक्रियालाई पनि जंग नै संझी अन्जानमा डिलेट भएको हुनसक्छ । अन्तमा लेखकहरुको आपना रचनाबारे देखिएको सतर्कताप्रति भने हामी निकै नै गौरवान्वित भएका छौं ।

    धन्यवाद
    प्रवासबाट

    Comment by Basanta — June 30, 2009 @ 7:10 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.