September 11, 2006

नासो

Filed under: Literature

एकान्तमा क्षितिज पारी जिउनु पर्ने भयो आज
तिम्रो नासो आशु संगै पीउनु पर्ने भयो आज ।

तिमी मेरो समीप हुदा धर्ती सुन्दर स्वर्ग हुन्थ्यो ।
घायल मुस्कान, प्यासी नजर मुटु भित्र कति छुन्थ्यो ।

एक्लो जीवन कुहीरो पारी जिउनु पर्ने भयो आज
तिम्रो नासो आशु संगै पीउनु पर्ने भयो आज ।

तिमी बोल्दा फूलैफूलको प्यासी साउन वर्षाद हुन्थ्यो
पाएल झङ्कार, आशीक मिलन दिल भित्र कति चुम्थ्यो ।

कोरा जीवन बेथासंगै जिउनु पर्ने भयो आज
तिम्रो नासो आशु संगै पीउनु पर्ने भयो आज ।

Chandra Pun, KSA

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/09/11/naso/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.