सन्देश
फर्क न फर्क साथी, गाँऊ घरको माया बोकी,
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
देशलाइ माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
फर्क न फर्क साथी,………………………….।
घरको छानो खस्नै आट्यो, बाबा आमा बुढा भए,
गा’को मंसिर मै’ना भित्रै, हल गोरु मरी गए,
पुतलीले पाठो पायो, बाछो पायो गाईले,
कैले दाजु आउछन् भनि सोध्छन् तिम्रो भाईले,
यस्तै छ खबर साथी, छिट्टै आऊ गाँऊ फर्कि,
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
फर्क न फर्क साथी,…………………………।
पाखा बारी क्यै हुदैन, खोला खेतमा पैरो गयो,
दुखियाको कर्म यस्तै, दुःख झनै गै’रो भयो,
बाजे बजु दुबै जना, डांडा माथीको घाम भा’छ,
सानो बै’नी सुन्तलीले तिम्रै बाटो हेरी रा’छ,
यस्तै छ संदेश साथी, चाडै आउन गाउं फर्कि
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
देशलाई माया गर्छु भन्थ्यौ, देशकै माया बिर्सियौकी,
फर्क न फर्क साथी,…………………………।
- दुर्गा राई