कस्तो कमाल
अरबिक सागरमा आएछ छाल
छालको खबर पुगेछ नेपाल
त्यो खबरले गरेछ कमाल
छोरो आयो अरबियन फाल
यहाँ आउँदा ठिक छैन चालमाल
खान बस्न सुर न ताल
गर्मि त्यस्तै दुख्छ कपाल
सम्झना आउँछ आफ्नै नेपाल
तै पनि बस्नै छ तीनसाल
आशा छ कमाउने माल
बिछोडको पिडामा मायालुको बेहाल
यहाँ चै केटिलाई हेर्दा मात्र पनि आउँछ रे काल
कुन्दन पराजुली, साउदी अरेविया