वेश्यावृत्तिमा संलग्न युवतीको चारपाटा मुडिए
भैरहवा २८ भदौ २०६३ । वेश्यावृत्ति गर्दा गर्दै पक्राउ परेका चार युवतीहरूलाई चारपाटा मुडेर कारवाही गरिएको छ ।
भैरहवाको सिद्धार्थनगर नगरपालिका-३ स्थित होटल गोरखा पि्रन्सबाट ती चार वेश्यालाई हिजो स्थानीय जनताले पक्राउ गरेर चारपाटा मुण्डन गरी जुत्ताको माला लगाएर नगर परिक्रममा गराएका थिए ।
जानकारहरूका अनुसार ती चार युवतीहरू निक्कै अघिदेखि त्यो इलाकामा खुलेआम वेश्यावृत्ति धन्दा गर्दै आइरहेका थिए । होटल व्यवसायीहरूको मिलेमतोमा सञ्चालित हुने गरेका त्यस्ता वेश्यावृत्तिका कार्यहरू त्यो क्षेत्रमा व्यापक रुपले सञ्चालन हुँदै आएको भुक्तभोगीहरूले बताउने गरेका छन् ।
Source: freenepal