माओवादीद्वारा अनिश्चितकालिन नेपाल बन्द घोषणा
राजधानीका सडकमा टायर बालेर प्रदर्शन, राजमार्ग पूर्ण अवरुद्ध
काठमाडौं । सेनाले ठूलो संख्यामा हतियार भित्र्याएको आशंकामा माओवादीले आजै मध्याहृ बाह्र बजेदेखि अनिश्चितकालीन नेपाल बन्द घोषणाको र्सकुलर जारी गरेको बताइएको छ भने विहानैदेखि काठमाडौंका विभिन्न स्थानमा सडकमा टायर बालेर यातायात अवरुद्ध पारेका छन् । माओवादीले जताततैका राजमार्गमा चक्का जाम गरीसकेका छन् ।
केही समयअघि युक्रेनबाट भारतमा आएर थन्किएको हतियार बोकेको जहाजलाई नेपाल सरकारले नेपालमा ल्याण्ड गर्ने अनुमति नदिएकै कारण स्थलमार्गबाट उक्त हतियार नेपाल भित्र्याइएको भन्दै माओवादीले नेपाल बन्द घोषणाको र्सर्कुलर गरेको बताइएको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराले सेनाले हतियार भित्र्याएको बारे छानविन भइरहेको जनाउँदै यदि हतियार भित्रिइसकेको भए उक्त हतियार राजधानी लैजान नदिइने बताएको समाचारस्रोतले बतायो । यो समाचार तयार पार्दासम्म उपत्यकाबाहिरका राजमार्ग तथा सडक पूर्णरुपमा ठप्प छन् भने राजधानीमा पनि मध्याहृदेखि चक्काजामका लागि माओवादीले कार्यकर्तालाई र्सकुलर जारी गरेको बताइएको छ ।
माओवादीले राजमार्गका विभिन्न स्थानमा कोही पनि घरबाट बाहिर ननिस्कनु भन्दै माइकिङ गरेका कारण स्थानीयवासी दोहोरो भिडन्तको आशंकामा त्रसिद भएको बताइएको छ । युद्धविराम आचारसंहिता अनुगमन टोलीले हतियार बोकेका भनिएका सैनिक ट्रकको निरीक्षण गर्दा रित्तै रहेको पाइए पनि काठमाडौंदेखि गजुरीसम्मको राजमार्गमा सुरक्षा व्यवस्था कडा पारिएपछि हतियार भित्र्याउन खोजीएको आशंकालाई बालियो पारेको हो ।
यता, भरखरै -मध्याहृन १२ बजे० सिंहदरवार परिसरमा एक शंखास्पद वस्तु भेटीएपछि बम भएको आशंकामा त्यसक्षेत्रमा आतंक छाएको छ । समाचार तयार पार्दासम्म घटनास्थलमा प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोली पुगिसकेको कुरा खोजतलाश लेख्दछ ।