September 14, 2006

माओवादीद्वारा सरकारले हतियार भित्राएको दावी र त्यसको विरोध

Filed under: News

नेकपा माओवादीले एक विज्ञप्ति जारी गरी सरकारले हतियार भित्राएको दावी गर्दै त्यसको विरोध जनाएको छ ।

माओवादी नेता प्रचण्डद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा अगाडि भनिएको छ, केही दिन पहिले इजरायली हतियार, युक्रेनको जहाज र अहमदावादमा अवतरणबारे हाम्रो पार्टीले आफ्नो ध्यान गंभीररुपले आर्कषित भएको चर्चा गरेको थियो । हिजो बेलुका करिब तीन दर्जन सैन्य सामग्रीसहितका ट्रक, बख्तरबन्द गाडी, ट्यांकर र जिपहरु हेटौंडा, नारायणगढ हुंदै गजुरी आएको तथा अन्य दर्जनौं ट्रक वीरगंज बोर्डरमा रहेको सूचना प्राप्त भयो ।

वैदेशिक प्रतिकृयावादीहरुको इसारामा प्रतिगामी तत्वहरुसँग विद्यमान सरकारको मोह बढ्दै जान थालेको सन्दर्भमा हतियारको यो चलखेल तथा शान्ति वार्ताप्रतिको उदासिनता नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनका विरुद्ध गंभीर षडयन्त्रको स्पष्ट संकेत हो ।

यो पूरै परिघटनाबारे सत्य तथ्य सार्वजानिक गर्न सरकारलाई जोडदार आग्रह गर्ने तथा आम नेपाली जनतालाई भित्रभित्रै चलिरहेको अपारदर्शी र षडयन्त्रमूलक कृयाकलापबारे जानकारी गराउन हाम्रो पार्टीले सांकेतिकरुपमा आज बिहान लामो दूरीका यातायातमा चक्काजाम गरी विरोध प्रदर्शनका लागि आह्वान गरेको थियो ।

उक्त आह्वानलाई जोडदार समर्थन गरी सरकार र सम्बन्धित सबैलाई यसबारे बोल्न बाध्य पार्ने यातायात व्यवसायी, नागरिक समाज एवम् आम जनतालाई हाम्रो पार्टी हार्दिक धन्यवाद ज्ञापन गर्दछ । अहिले दिइएको सरकारको स्पष्टीकरण पूरै नाटंकीय र वनावटी रहेको छ ।

यस सम्बन्धि सम्पूर्ण वास्तविकता सार्वजनिक गराउन विरोधका अन्य विविध कार्यक्रम जारी राख्ने आह्वान गर्दै हालका लागि ‘चक्काजाम’ कार्यक्रम भने स्थगित गरिएको छ ।

Source: Nepaljapan

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2006/09/14/p390/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.