साउदी रियाल १९१ आर्थिक सहयोग प्राप्त
मन बहादुर गुरुङलाई साउदी अरेवियाको तनाजीव एरियावाट साउदी रियाल १९१ आर्थिक सहयोग प्राप्त भएको छ । सेप्टेम्वर १ तारिखका दिन यातायात दुर्घटनामा उहाँको निधन भएको थियो । उहाँको नजिकका मित्र इश्वर गुरुङ तथा ध्रुव हमालको अनुरोधमा तनाजीवका नेपालीहरुले आफ्नो मन र गच्छ अनुसार निम्नालिखित सहयोग प्रदान गर्नु भएको छ ।
उहाँहरु सवैलाई मेरो तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु साथै आर्थिक जोह गर्न सहयोग गर्नु हुने साथी भक्त बहादुर मल्ल, नीर बहादुर तामाङ, कुन्दन पराजुली तथा प्रकाश लिम्बु पनि विशेष धन्यवादका पात्र हुनुहुन्छ ।
अन्तमा मन बहादुर गुरुङको आत्माको चीरशान्तिको कामना पनि गर्दै शोक सन्तप्त परिवार प्रति धैयधारण गर्ने साहस भगवानले प्रदान गरुन ।