जिन्दगी
स्कूल र कलेजहरुमा खोजे जिन्दगी
जिन्दगी त केवल टाइम पास रहेछ
हाँस खेल गर्दैमा बित्दोरहेछ
शहर शहरमा खोजें जिन्दगी
जिन्दगी केवल गन्धकी रहेछ
हरदिन किनबेच मात्र हुँदोरहेछ
पहाड पहाडमा खोजे जिन्दगी
जिन्दगी केवल संर्घष् रहेछ
हरपल हरदिन पीडा बल्झदोरहेछ
आफन्त आफन्तहरु बीच खोजें जिन्दगी
जिन्दगी केवल दौलत र सौरत रहेछ
त्यसैले हरकोही दौलतकै पछि दगुर्दोरहेछ
देश देशमा खोजें जिन्दगी
जिन्दगी मात्र स्वपनशील रहेछ
तर्सथ शरणार्थी बन्नु पर्दोरहेछ
बिदेश बिदेशमा खोजें जिन्दगी
जिन्दगी केबल गाली रहेछ
पल पल अन्जानैमा गाली खानुपर्दोरहेछ
साथी साथी बीच खोजें जिन्दगी
जिन्दगी केबल भेल बाढी रहेछ
तर्सथ अनर्थ मात्र लाग्दोरहेछ
प्रेमी प्रेमिका बीच खोजें जिन्दगी
जिन्दगी मात्र दोधारेपन रहेछ
त्यसैले प्रेम एकसँग र बिबाह अर्कोसँग हुदोरहेछ
आस्था र बिश्वासहरु बीच खोजें जिन्दगी
जिन्दगी केबल बिश्वासघात रहेछ
जता पैसा छायो उतै आस्था र बिश्वास डग्मगाउँदोरहेछ ।