दुइ शब्द निष्ठुरीलाई,
मुटु भरी पीडा बोकी हाँसी रहेछु ओठमा त,
नभरीने घाउ बोकी बाँची रहेछु बाँच्न त ।
तिमी मेरो आशा नभई भरोसा नै मानेको थें,
साथ दिन्छौ पक्कै मलाई भन्ने मैले ठानेको थें ।
छोडी गयौ एक्लो पारी आशु पिएँ मैले,
एकान्तमा तिम्लाई सम्झ पागल हुन्छु कैले ।
निष्ठु त्यो तिम्रो दिल मोडी कतै गयौ,
वेसहारा मलाई एक्लै छोडी अन्तै गयौ ।
अनिल अचार्य, साउदी अरेविया