भ्रम
आजभोली
दिन रात संगको
लुकामारी हुन्छ ।
अफिस कोठा र सुत्ने डब्बा
यि दुइ साक्षी बने
हरपलको ।
मरुभुमिको फुस्रो मुहार संग
मेरा धेरै साथीहरुले
मित लगाए ।
तातो राप, कठांग्रिने हावा
पालै पालो पाउने
साथ भए ।
घडिका र्सुइले डाक्छन
इमान्दार भई
यसको टिक टिक, टिक टिक
विहानीको भाले
बासे जस्तै भयो ।
अरु सबै शुन्य
अचानक आउने
स्मृतिका पात्रहरु पनि
इतिहास भैसकेछ
एकादेशको ।
अनुभुतिका रुपहरु
ताजा भई बास्तबिकता
खोज्छन ।
तर बिडम्बना,
भ्रमले नराम्रो हार पाउँछ ।
समयले काचुली फेरिसकेछ
साची नै , अव ति पात्रहरु
बुढा भए, जिर्ण पनि भए,
कति त हराएर
गए होला ।
सायद, शून्य मगजमा
स्मृतिको चाबी लाग्नु
मेरो दोष होइन
-भक्त बहादुर मल्ल, तनाजीव, साउदी अरेविया