February 3, 2007

परमेन्द्र भगत नामका नटबरलालबारे

- दिनेश आचार्य

एकजना छन अमेरिकाको न्यूयोर्कमा । आफुले आफैलाई बुद्धिमान घोषणा गर्दै आफु बिदेशिनुलाई ब्रेन डर्नको सज्ञा दिने त्यो सख्श अरु कोही होइन अनाबश्यक रुपमा तपाई हाम्रो ब्यक्तिगत मेल अकाउन्टको यनबाक्स फुल गर्ने हिन्दु अतिवादी र तराईको शान्त नेपाललाई भारतीय भुमन्डलमा मिलाउने प्लानका सेवक हुन-परमेन्द्र कुमार भगत ।

उनी हरेक दिनजसो दर्जनौ मेल दुनियाका हजारौ मेलबक्समा पठाउछन् । कुनैबेला नेपालको प्रजातान्त्रिक आनदोलनलाई सहयोग गर्ने नाममा काठमाडौंको आन्दोलनको फोटो किन्ने भगत अहिले हरेक दिन पहाडिका नाउमा बिद्वेश उराल्दै मधेशीका मनमा घृणाको बीउ रोप्न उद्यत छन् । अर्थात उनी पहाडी र मधेशी नेपालीबीच माराकाट गराएर साम्पर्दायिक हिसाको बिउ रोप्न चाह्छन । किनभने यो उनको मालिकको आदेश हो ।

भारत नेपालमा के चाहन्छ ब्वासोले गाइको बाच्छालाई मायाले सुम्सुमाएर कन्याउदै मुटु कलेजो झिकेर खाएजस्तो गर्ने प्लानमा छ । नेपालमा हिसा बढेपछि बिचरा भन्दै सुमसुमाउन आए जस्तो गरि तराइलाइ आफ्नो भागमा मिलाउने र को दीर्घकालिन रणनीती पुरा गर्ने एजेन्ट हुन उनी । उनीमात्र होइन उपेन्द्र यादव हृदयेश त्रिपाठी र जयकृस्ण गोइतहरु पनि त्यही हुन । जो आफुलाई नेपाली भनाउन समेत चहदैनन् ।

हिजोसम्म श्री ५ को सरकार हुदा उनीहरुले जनआन्दोलन भाग २ मा कहि पनि मधेशका नाउ उच्चारण गर्न परेन । राजाकै शाशनमा मस्त भए । किनभने अहिलेका राजा भारतीयकै ज्वाई र नातेदार अनि उतैबाट आएका थिए । तर अहिले जब नेपाली जनताको ुनेपाल सरकारु भयो उनीहरुलाई नेपाली भन्न लाज लाग्यो र मधेश सरकारको नारा उचाल्न थाले ।

केही समयअघि सम्म मधेशी र लोबतन्त्रको नारामा ब्लग लेखिरहेका उनी एक्कासी नेपालबिरोधी र भारतसमर्थक भएर निस्किए । उनी नेपाली पासपोर्टकै आधारमा अमेरिकामा बसिरहेका छन् भलै भारतीय कृपादृष्टिले पालिएका किन नहोस । तर आफुलाई नेपाली भनाउदा लाज लाग्छ रे । मधेश छुट्टै देश हो रे । नेपालीहरुले त्यस देश हडपेका हुन रे । उनका पछिल्ला लेख पढ्दा यस्तै लाग्छ ।

काठमाडौंका नेवारले नजानेर किम्बदन्ती वा जोक्स बनाएको ‘मनु मखु मडिस्या ख’ लाई ठुलो मुद्दा बनाएर आर्टिकल लेखे । पहाडिया भनेका मान्छे नै होइनन र उनीहरुलाई खत्तम गर्नुपर्छ भन्ने उनको आशय झल्किन्छ ।

वास्तबमा यो फलाम तातेको बेलामा हिट गरेजस्तै हो । तराईमा सयजना मान्छे अगाडि लगायो हजार जना पारीबाट सय रुपैया दैनिक दिएर ल्यायो । नत्र काठमाडौमा लाखौ मान्छे उत्रदा जनआन्दोलन २ मा किन तराईमा मान्छे सुन्यप्राय थियो राजतन्त्र बिरुद्ध ११ बर्ष जनयुद्ध हुदा पहाडमा जसरी क्रान्ति मौलायो तराईमा लुटेर खानेहरु मात्र बढे किन हुन त तराईमा पुरानो डाका सस्कारले गर्दा पनि माओवादीमा लाग्नेहरु लागेका थिए लुट्न नपाउने भएपछि जनतान्त्रीकमा लागे । राजा फाल्ने आन्दोलनमा चाही नलाग्ने अहिले ठुृलो क्रान्तिकारी कुरा गर्ने

भगत जस्ता कथित नौटंकी अनुहारहरु धेरै छन् यहा । उनी कहिले आफु नेपालमा राजनीति गर्न नफकर्कने कुरा गर्छन त कहिले अमेरिकामा सबैले नेपाल गएर राजनीति गर भनिरहेको लेख्छन ।

परमेन्द्र भन्ने मान्छेले एकपटक अनौठो कुरा गर्यो । सारा सार्क क्षेत्र एउटै रास्ट्र हुनुपर्ने प्रस्ताब राख्छन । यसको अर्थ के हो हिन्दुस्तानले भन्ने गरेको सारा भारतबर्ष एउटै देश होओस भनेको होइन पाकिस्तान बंगलादेश देखि नेपाल र भुटानसम्म भारतमै गाभियोस भन्ने उनको आशय हो कि होइन यस्ताले तराइको आन्दोलन हाकेको दाबी गरेका छन् । के यो कहाबाट सन्चालित हो यसै थाहा हुदैन

अमेरिकामा उनी कसरी पुगे यहा के काम गर्छन उनी बेलाबखत नेपालमा पत्रिका र इन्टरनेट साइट चलाउनेहरुलाई अलिअलि रकम दिएर भारतीय लाइनका नेपाली नेताहरुका। अन्तर्बातार्ता लिन लगाउछन् । यता केही पैसामा बिकेर पत्रकार भनाउदाहरु भारतकै दलालीमा बोलेको कुरा छाप्छन । उनको धन्दा यस्तै छ । आफुलाई महान बनाएर आर्टिकल लेख्दै दुनियाका मेलमा बिना अनमति बग्रेल्ती िलंक पठाएर उनले दुनियालाई दुःख दिएबापत क्षतिपुर्ती तिर्नुपर्दैन अमेरिका बस्नेलाई त यो थाहा हुनुपर्ने उनले अरुको मेल आइडी कसरी थाहा पाए प्राइभेसी ल अनुसार त कारबाही हुन्छ आफु बिदेशिदा ब्रेन ड्रेनको घोषणा गर्नेलाई त थाहा हुनुपर्ने ।

गगन थापासित अकंमाल गरेको फोटो खिचाउदा आफुलाई भाग्मानि ठानेर आर्टिकल लेख्नेले अहिले तिनै थापाहरु अर्थात पहाडेहरुका बिरुद्ध बिषबमन गर्दा कस्तो लाज नलागेको । साइटभरी आफ्ना नानाभातिका फोटो राखेर प्रचार गर्ने भगतले लेखेका अग्रेजीका भाषण कतिजना तराइबासीले पढ्छन त्यो उनलाई के मतलब भगतले त त्यो भाषण आफ्ना मालिकहरुलाई देखाएर पैसा झार्नका लागि हो । साच्चै तराइका लागि सबेदनशील हो भने त कलैयामा आएर जुलुसको नेतृत्व गरुन न । सोझा गरिब मर्ने भगतहरुचाही अमेरिकामा बसेर तर मार्ने

पहाडिया र मधेशीको साम्प्रदायिक सदभाब भडकाएर मान्छे मार्ने खेल हुदैछ । यदी त्यसो भयो भने नेपालको इतिहासमा पहिलोपटक लाखौ मानिस मारिन्छन । देश बिखन्डन पक्का हुन्छ । भगतहरुको मास्टर प्लान यही हो ।

जनअधिकार फोरम भनेको भारतीय दुतावासबाट रकम ल्याएर सास्कृतिक कार्यक्रम गर्ने गोष्ठि गर्ने र एक दुइटा प्रतिबेदन छपाएर मधेशीको नाम भजाउदै पैसा कमाउने एनजिओ होइन यो कुनै पार्टी हो जसले बिचारको आन्दोलन गर्छ त्यहा बसेका नेताहरुको कुण्डल हेर्नुपर्छ कहा कहाबाट सन्चालित छन यसै थाहा हुन्छ ।

उपेन्द्र यादव काठमाडौंको बानेश्वरमा एकजना राजावादीको घरमा भाडामा सायद सित्तैमा बस्छन् । किशोरकुमार बिश्वास भन्ने मण्डले जो सद्भावना पार्टी छाडेर दरवारहुदै भारतीय क्याम्पमा पुग्यो उनी पत्रकारहरुको फोन नम्बर सकलन गर्दै आफ्नो नाम बजाइदिने अनुरोध गरिरहन्छन् । अर्का आफुलाई महासचिब बताउनेचाही उपेन्द्र यादबले बोक्ने ९८४१-४३५७७१ नम्बरको मोबाइल उठाउछन र आफ्नॊ नाम उल्लेख गरेर समाचार लेखिदिन र आफ्नै अन्तरवार्ता लिइदिन करकर गरिरहन्छन् । उनका अन्तरवार्ता लिन मानेन भने उपेन्द्र यादवलाई सम्पर्क हुनै दिदैनन उनी ।

अस्ति भारतको गणतन्त्र दिवसका भारतीय दुतावासमा भएको पार्टीमा फोरमका नेताहरु कसरी कानेखुशीमा मग्न थिए त्यो कुरा सहभागि यो पंक्तिकारलाई थाहा छ । राजेश अहिराज जस्ता नटबरलाल पत्रकारहरु पनि त्यस दिन एक लाख भारुको पुस्तक पुरस्कार लिदै चलमलाइरहेका थिए ।

Source: Hamro Blog

4 Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2007/02/03/p430/trackback/

  1. Hello to you from Paramendra Bhagat.

    Comment by Paramendra Bhagat — March 27, 2007 @ 4:10 am

  2. This article is highly imaginative in its conspiracy theory style speculations.

    Comment by Paramendra Bhagat — March 27, 2007 @ 4:11 am

  3. Mitrale thik bhannu bhayo
    Madhesh Madheshiko ani Pahad Pahadiko.
    Aba chupchap lagera madhesh chodau ani Pahad lagau keto.
    Madhesh chuttai rajya banchha ani Pahad pani chuttai rajya banchha ,Deshko naam chahi yeutai rakhaula “Nepal”
    Timi Pahade pani khush ma Madheshi pani khush.

    Comment by Shankar Karna — March 27, 2007 @ 5:46 am

  4. I must say that this article is absolutely right. This Paramendra Bhagat sends unnecessary junks in others mailbox which are totally useless. I don’t know what does he wants form Nepal and its people.

    Comment by Suraj Giri — October 1, 2007 @ 12:06 pm

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.