April 7, 2007

नसोचेको देश र अनौठो भोजः

Filed under: News

साँच्चै हामी वाँचेको परिवेशभन्दा भिन्नै जामातमा जव पाइला टेकिन्छ तव मात्र थाहा हुन्छ संसारमा हामी जसरी वाँचेका छौं त्यही परिवेश सवैतिर हुदैन भन्ने कुरा । सानो छँदा लाग्ने गर्दथ्यो, संसार केवल मेरो गाउँ र आँगनमा मात्र सीमित छ । गाउँबाट नजिक देखिने डाँडा भन्दा पर केहि छैन, आकाशले छाना जस्तै त्यो डाँडामा छाएको छ । वस यस्तै यस्तै कुरा ।
Photo Sharing and Video Hosting at Photobucket
मान्छे जन्मनु, वढ्नु र अन्तमा मर्नु पर्छ भन्ने भनक थिएन । त्यतिमात्र कहाँ हो भोक लागेको समेत थाहा नहुँदो रहेछ । भोक लागेको ह्दोुरहेछ, तव निकै रोइन्थ्यो, आमाले बनाएर दिनु भएको खाजा खादाँखाँदै निदाउँन पुगिदोरहेछ कहिलेकाही त । यिनै परिवेशभन्दा टाढा सोच्ने क्षमता सायद विकास भइसकेको रहेनछ त्यतिवेला । पहिलोपल्ट घर छोडेर पढ्न चितवन वस्दाको मानसिक वात्सल्य पीडा पनि कम रहस्यमय छैनन । समयसँगै परिवेशहरु वदल्नेक्रममा घर छाडेर परदेश पलायन भएको पनि झन्डै पाँच वर्षको हाराहारीमा पुग्न लागेको छ । यि पाँच वर्षको अवधिमा भोगेका अनुभव गरेका धेरै चिजहरु आज सम्झदा हाँसो उठ्ने गर्दछ । आफैले सोधेका प्रश्नहरु कति त निकै फितलो लाग्ने गर्दछ । आजकल भने कति साथीहरुले हामी माझ राखेका प्रश्नहरुले मलाई उहि मेरो पुरानो विद्यार्थी जीवनमा लगेर ठड्याइ दिन्छ कहिलेकाही ।

कहिले पनि नसोचेको र कहिले पनि कल्पना नगरेको देशमा मेरो वसाइ पाँच सालतिर लम्बिने क्रम अनवरतरुपमा बढिरहेको छ । यो देश मैले कहिले नसोचेको देश भित्र पर्दछ । परदेश, विदेश भन्ने वित्तिकै सयौं तल्ला भएका महलहरु अनि अति व्यस्त सडकहरु दिमागमा सानै देखि नाँच्ने गरेको थियो । टिभी, पठनपाठनका कितावहरु र अन्य सैद्धान्तिक परिवेशहरुले त्यस्तो कल्पना उजागर गर्दथ्यो नै तर प्रयोगात्मक भने हुन वाँकी नै थियो । आज प्रयोगात्मक हुने क्रममा एउटा छुटै परिवेशमा आफूलाई पाउँदा अलिकति कता कता नमिले झैं लाग्दोरहेछ तर वास्तविकता त यही नै हो ।
अनि मनमा यू एस ए को भूत वोकेर दौडदा दौड्दै भाग्यले भनुया प्राक्टिकलरुपमा के एस ए छिरियो । तर पछाडीका दुइ अक्षर मिलाइदिएकोमा उपरवालालाई धन्यवाद त भन्ने पर्ने हो । तर कन्जुस्याइ गरियो कि, भनिन्छ नि, नहुनु मामा भन्दा कानो मामा निको । यिनै परिवेशमा थुप्रै अफिसियल आरामको पाटीहरुमा भाग लिइयो । अरवियनहरुको पाटी देख्दा अचम्म लाग्नु स्वभाविक नै हो । हाम्रो परिवेशमा साना साना प्लेटहरुमा निकै मसिना टुक्रा पारिएका चिकेन मटन सजाएर कुसी टेवलमा वसी खाइन्थयो भने यहाँ वेग्लै परिवेश छ । साना पाटीहरुमा समेत १० जनालाई पुग्ने खानेकुरा एउटै ठूलो किस्तीमा राखेर चारजनाले खाने गरेको पनि अनुभव छ भने कहिले माथिको चित्रमा देखाइए जस्तो सयौं मानिसलाई पुग्ने खाना यसरी पस्केर भूइमा पलटी कसेर खाने गरेको देख्दा नेपालमा कुनै समयमा धान झाटेर खलामा थुप्रयाए झैं लाग्दछ । सिंगै खसीलाई टुक्रै नपासी कवाफ वनाउँदछन् । कयै किलोका माछा सिंगो पकाउँने गर्दछन् ।
यहाँ वीस प्रतिशत खाना युटिलाइज हुन्छ होला वाँकी सवै रद्धीको टोकरीमा । पहिले पहिले देख्दा त अनौठो लाग्नु स्वभाविक नै हो । पाटीमा भाग लिन गएपछि भूइमा सजाएर राखिएको खाना तुर्नु पर्ला कि भन्ने लाग्दथ्यो तर यहाँ यसो होइन दश जनाललाई पुग्ने खानामा राउन्ड प्लेटमा कहि एक कहि २ त कहि चारले छताछुल्ल पारेर खाने गर्दछन् । ठूला पाटीहरुमा भने सयौंको संख्यामा एकसाथ खान मिल्ने गरी भोजन तयार गरिएको हुन्छ ।






















Thank you for visiting my blog.