April 22, 2007

पकलन्ठुको “पोएम”

Filed under: Literature

कसले कठै भन्ने भो र डाँको छोडी रुँदाखेरी,

देशकै याद आउँदो रैछ सागर पारी हुदाखेरी ।।

आँखाभरी आइराख्छ आफ्नै प्यारो गाउँघर ,

चट्ट छाडी हिँड्नुपर्‍यो साढेसातले छुदाखेरी ।।

मोती सरी हिउँचुली, नागबेली नदिनाला,

लाली गुराँस, बेली, चम्पा अन्य फूल सेता काला ।।

सबैसँग रमाउँदै खेल्थेँ चिसो सिरेटोमा…

अहिले त्यहि याद आउँछ, तातो रापले छुदाखेरी ।।

मख्ख पर्थे फूलझैँ ऊनी सुवास छरी मुस्काउँदा,

दंग पर्थिन् मनका भाव कथासरी सुनाउँदा ।।

छुट्ने बेला आँखाभरी टलपल मोती रसाएको…

अहिले त्यहि याद आउँछ, चिनो रुमाल धुदाखेरी ।।

-उत्सुक-वैशाष, ९, २०६४






















Thank you for visiting my blog.