भोका तथा तिर्खाग्रस्तबाट शौखिन वर्गमा परिणत नेपाली अनुहारको विकासमा अमेरिका नेपाल सोसाइटी सफल
-बिवेक बजगाई
नेपाल अमेरिका सोसाइटी (एएनएस) ले गत हप्ता ऐतिहासिक बनभोज कार्यक्रम सम्पन्न गर्यो । अमेरिका आएर नव कुलिनवर्ग बन्दै गएका केही धनाड्य ब्यक्तिहरुको अग्रसरतामा बनभोज कार्यक्रमको नाउमा अनावश्यक ष्पर्धा र कुलिनता प्रदर्शन गर्ने काम त्यहाँ भएको थियो । जन्म नेपालमा र धनार्जन अमेरिकामा गरेर कुलिन तथा शौखिन समुदाय निर्माण हुँदै गएको वासिङ्गटन डि। सी। वरपरका पूर्व नेपालीहरुलाई कहाँ जाने र कसरी पैसा सिध्याउने भन्ने चिन्ता बढ्दै जानुका पछाडि उनीहरुका साथमा डलरको खात बढ्दै गएकाले हो भन्दा कसैले चित्त दुखाउने बाटो नरहला नै । सन् १९९० पछि अमेरिका आई धनोपार्जन गरेका छिमेकी गाउँ, मनासस, लोर्टन, मकलिन, एनानडेल, बर्क, आर्लिङ्गटन, फल्र्सचर्च, भियना, अलेक्जेन्डि्रया लगायतका भर्जिनियाका सम्पन्न नेपाली मूलका मान्छेहरुको जीवन पद्धति अहिले र्सवसाधारण नेपालीहरुको जस्तो छदै छैन । वासिंगटन डि। सी। मेरिल्याण्ड, डेलावर र पेन्सिल्भानियाका नेपालीहरुको पनि बेजोडको कुलिनता बनभोजमा देखिन्थ्यो । नवधनाड्य बर्गका यि मान्छेहरुमा ५ दिन कमाएको पैसा दुइ दिनमा खर्च गर्ने बानी बस्दै गएको छ, त्यसको पछाडि उनीहरुमा “यो अमेरिका हो नेपाल होइन” भन्ने दम्भ, धाक, शान र रवाफ कारण बनेको छ ।
हुन पनि हो नेपाली धरतीमा जन्म लिएपनि अनेक रुप र स्वरुपमा अमेरिका प्रवेश गरेका, २१ पटक काठमाण्डौस्थित अमेरिकी दुतावासमा भिसाका लागि अन्तर्वार्ता दिएर पाउनुसम्म दुख पाएका, त्यतिमात्र होइन् भिसा रद्द भएपछि एक्काइसै पटक भक्तपुरस्थित जिल्ला प्रशाशन कार्यालयका सहायक सि। डि। ओ। लाई प्रतिपटकको १५ हजारका दरले नजराना बुझाई हरेक पटक प्रतिलिपि बनाई बल्लबल्ल बाइसौं पटक अमेरिकी भिसा लिन सफल हाम्रा एक मित्रकी श्रीमती समेत सोसाइटीको बनभोजमा भारतको लखनउमा बनेको जापानी सारी ढल्काएर जापानकै टोकियोमा बनेको २००८ मोडेलको टोयोटा क्याम्रीको अघिल्लो सिटबाट ओर्लिएर ठमठम हिड्दै बनभोजस्थलको खानपान गृहतर्फअगाडि बढ्दा यो बबुरो भारतको हरियाणा राज्यको ताम्रगढ निवासी जय शर्माको दुकानमा मेक्सिकोको क्यानकुनमा बनेको कोरोना एक्स्ट्रा वियर र ताको चिज एवं मन्ट्री ज्याक ताक्युतो बेच्दै थियो । मेरा मित्रकी श्रीमतीको चालामाला नेपालमा कस्तो - अमेरिका आएपछि कस्तो - म छक्क परेँ । मेरा मित्रकी श्रीमतीको माइती घर झापाको सुखानी हो । कुनै वेला नेपालको गन्धे पार्टर्ीीमालेका पुज्य शहीद रत्नकुमार बान्तवाको जीवन पद्धतिमाथि अध्ययनको सिलसिलामा सुखानी पुग्दा वहाँ भारतकै लखनउमा बनेको हिरो साइकलको पछाडि क्यारिएरमा घैया धानको विटा बाँधेर हेटौडा कपडा उद्योगले बनाएको खद्दरको मैलो धोतीमा सजिएकी हुनुहुन्थ्यो । भक्तपुरका आइमाइले बनाएको ढाकाको चोलो र तिब्बतको खासामा बनेको २ रुपैयाँ जाने चप्पल लगाएर साइकल चढेर माइततर्फलाग्दै गर्दाको वहाँको ुबाबु तपाई पनि यहाँु भन्ने बोली भित्रको मिठास अव अमेरिकामा एकाएक बदलिँदै जाने कुरा मैले बताइरहनै पर्दैन् । त्यहि सारीमा पनि धन्न धन्न मैले देखिहालेँ, कुन दिन तिनै आइमाइलाई मैले भारतबाटै निकासी भइ आएको र्सट र पेन्टमा सजिएको र चीनको हाङजाउ प्राप्तमा बनेको रंगीन सनग्लास र इण्डोनेसियाको बालीमा बनेको हिल भएको चप्पलमा देख्नु पर्छ । त्यहि वेला नेपालको संस्कृति र परम्पराको पर््रवर्द्धनमा दत्तचित्त अमेरिका नेपाल सोसाइटीलाई सम्झनु पर्ने हुन्छ । सोसाइटीले नेपाली साहित्य, कला, संस्कृति, रितिरिवाजलाई पर््रवर्द्धन गर्ने मात्रै हो उसले नेपाली पोशाक र नेपाली खानपानलाई पर््रवर्द्धन गर्ने कुरो उसको मिसन स्टेटमेन्टभित्र पर्दैन् । पर्ने भईदिएको भए बनभोजमा अधिकांस नेपालीहरुले दौरा सुरुवाल र आइमाइले धोती चोलो लगाई हाल्थे नि । अनि नेपाली दालभात तरकारीको मेलोमेसो हुन्थ्यो त्यहाँ तर त्यसो भएन । सोसाइटीका बडेमानका मान्छेहरुलाई लाग्दो हो बनभोजमा पनि कसैले दौरासुरुवाल लाउँछ र दालभात खान्छ - कसैलाई पागल बन्नु छ र - भन्ने जस्ता वहाँहरुको मगजमा फर्ुछ होला । वहाँहरुले पनि बुझ्न जरुरी छ, बनभोज नेपाली परम्परा र संस्कृति नै हो । अहिले पनि यो कार्यक्रम विशेषगरेर बैशाख महिनापछि नेपालका पचहत्तरै जिल्लामा आ-आफ्नो हिसावले सवैले मनाउँछन् ।
दौरा सुरुवाल त नेपालका महामहिम राजदुतले त लगाउनु भएको छैन् । लाग्छ वहाँ पहिलो नेपाली राजदुत हुनुहुन्छ जसले अमेरिका आउँदा दौरासुरुवाल ल्याउनु भएको छैन् । वहाँ अघिका शाही कार्यबाहक राजदुत रुद्र नेपाललाई पनि दौरा सुरुवाल लगाउन अप्ठ्यारो लाग्थ्यो । रुद्र नेपाल भन्दा अघिका शाही राजदुत केदारभक्त श्रेष्ठ त नेपाली पोशाकको विरुद्धमा नै उभिई सक्नु भएको थियो । सन् २००५ को मे मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका कलाकारहरुको एउटा टोली प्रशिद्ध गीति नाटक मालती मंगलेलाई अमेरिकामा विर्सजन गर्न आउनु भएका बखत राजदुत श्रेष्ठले रात्री भोजको आयोजना गर्नु भएको थियो । उक्त भोजमा मालती मङ्गलेका कलाकारहरु दौरा सुरुवाल र सारीमा सजिएर राजदुतावासको भोजमा सामेल हुँदा कलाकार लक्ष्मी श्रेष्ठ र कृष्णमुरारी ढुंगेललाई महामहिमले झपार्नु भएको थियो नेपाली पोशाकमा आएकोमा । वहाँ हुनुहुन्थ्यो नेपालको कला, संस्कृति र भेषभुषाको प्रतिनिधि अमेरिकाका लागि । नेपालले अमेरिकाको वासिंगटन डि। सी। र वासिंगटन डि। सी। को ड्यूपोन्ट र्सकलमा नेपालको झण्डा त्यसै फहराएको होइन, महामहिमलाई घुम्ने मेचमा चारै तिरवाट पङखा चलाएर निदाउन ल्याएको पनि होइन्, नेपाली संघ संस्थाहरुको नाममा यहाँ कसैले आयोजना गर्ने दिन रातका भोज भतेर र कार्यक्रमहरुको उद्घाटन गर्न खटाएको पनि होइन्, यहाँका सञ्चार माध्यमहरुमा धाउने पद्धति निर्माण गर्न पठाएको पनि होइन् र नेपालबाट आएका हग्ने पाध्ने नेताहरुको सम्मानमा भोजको आयोजना गर्ने र जेठाजुको धन फुपुको श्राद्ध गर्न खटाएको पनि होइन् । महामहिमले बुझ्नु पर्ने हो, नेपाल र नेपालीको वर्तमान अवस्था र नेपालको पर््रवर्द्धन अमेरिकामा बसेर कसरी गर्ने भन्ने बारे - नेपाली राजदुतले अमेरिकामा नेपालका लागि अमेरिकी राजदुत मोरियार्टर्ीर्ेेे झैं दिनरात राजनीतिक दल अझ विशेषगरी राष्ट्रपतिको ह्वाइट हाउसमा धाउनु पनि पर्दैन । युरोपेली राष्ट्रका राजदुतहरु, भारतीय राजदुत र चिनियाँ राजदुतले झैँ कसरी नेपालमा आर्थिक कुटनीति गरिरहेका छन्, त्यसलाई मात्रै मध्यनजर राखे पुग्छ । भारतले नेपालको राजनीति र आर्थिक मामलामा प्रत्येक्ष सरोकार राजदुतावास मार्फ राखिरहेको छ । किन भारतले आफ्नो हात माथि राखेको छ - महामहिमलाई बताइरहनु पर्ला - नेपाली राजदुतावासले अमेरिकामा पनि आर्थिक कुटनीतिमा जोड दिने हो । महामहिमलाई थाहै होला विगतमा वेलायतका राजदुत रोनाल्ड पिटर नासले वेलायती ऊन नेपाली गलैंचामा प्रयोग गराउन भरमग्दुर प्रयास गरे र नेपाल तथा वेलायत दुवैलाई फाइदा पुग्ने हिसावले नेपालमा वेलायती ऊनको प्रयोगको बानी बसाली दिए । अहिले उनै महामहिम दुवै देशका ऊन तथा गलैचा ब्यापारीहरुका पुज्य छन् । नेपालमा साना जलविद्युत परियोजना संचालन हुन सक्ने सम्भावनालाई ध्यान दिई फिनल्याण्डका तत्कालिन राजदुत इशा हर्ुर्तिगले साना जलविद्युतको विकासमा जोड दिए । अहिले उनै महामहिम हर्ुर्तिग नेपालका विकासवादीहरुको पुज्य छन् । विश्व कुटनीतिक क्षेत्रका महामहिमहरुको भूमिकालाई नेपालका महामहिमहरुले बुझ्न सकेको अहिलेसम्मको इतिहास नै छेन् । तर इतिहास बनाउने यो सुअवसर पनि हो । अमेरिका जस्तो देशमा आएका नेपालका महामहिम यहाँका नव धनाढ्यहरुको पञ्जामा भासिएर बिहान वेलुकाको छाक र्टार्नमा मात्रै पिछलग्गु बन्ने हो भने मानव अधिकारको नारा बोकी हिड्ने पर्ूव शाही राजदुत मुरारीराज शर्माको पछि लाग्न अनुरोध छ । अमेरिका नेपाल सोसाइटीको कार्यक्रमहरुमा एक पछि अर्को गरी महामहिम अतिथि मात्रै बन्ने होइन्, सोसाइटीका धनपति, कुलिनवर्ग र सभ्रान्त मानिसहरुको पैसा नेपालको आर्थिक विकास र विस्तारमा खर्च गराउने र दुइतर्फी फाइदा बढाउने सोच बनाउने तर्फध्यानाकर्षा हुन जरुरी छ । नेपालको आर्थिक मेरुदण्डको रुपमा रहेका गलैंचा, तयारी पोशाक, धातुका बस्तुहरु, पर्यटन जस्ता उद्योगहरुको जानकारीमूलक पर््रदर्शनीहरुको ब्यबस्था गर्न राजदुतकोषको पैसा खर्चिनु बुद्धिमानी होला न कि १५ वर्षा बहुदलीय तानाशाहहरु र ३० वर्षा निरंकुश पञ्चहरुले जगाएको भूतको सिकार भएर रोइरहेका नेपालीहरुको जीवन पद्धतिमा बुट बजार्नेहरुको रात्रीभोजमा खर्च गरेर बुद्धिमानी होला । हुन त महामहिमलाई सोसाइटीका नव धनाढ्यहरुले कहिले बेलुकाको छाक, कहिले बिहानको छाक टार्नेगरी आयोजना गरिरहेका भोजभतेरको प्रमुख अतिथि बन्दा बडोमजा आइरहेको होला ।
पाँचथरको च्याङथापुमा जन्मेका हुन या सिन्धुलीको कपिलाकोटमा, झापाको हरेँचामा जन्मेका हुन या धनगढिको अत्तरियामा, सिन्धुपाल्चोकको महाँकालमा जन्मेका हुन या रामेछापको मालुखोलामा, प्युठानको र्स्वर्गद्वारीमा जन्मेका हुन या बाजुराको हुनैनाथमा, काठमाण्डौको बौद्धमा जन्मेका हुन या काभे्रपलाञ्चोकको तीनपिप्लेमा, नेपालीको कुन रुप र गति हुन्छ भन्ने कुरा नेपाली मूलका सवैलाई अमेरिकामा जानकारी भएकै छ । कस्तो खान्थे र कस्तो हग्थे भन्ने कुरा सवैले जानेकै कुरा हो । ओखल्ढुङ्गा जिल्लाको चार्खुका पोखरेलहरु मकैको ढिडो मन पराउने मान्छे भित्र पर्छन र बाध्यताबस ढिंडो खानेहरुको संख्या पनि कम छैन् । मकैको ढिडो खाने तर ए च्याई च्याई भन्दै भातको एक गाँस बोकेर बाहिर हात चुठ्न आउने चार्खुका पोखरेलहरुको परम्परा थियो । कुकुरलाई भात बोकेर आएको देखाउने त्यो उनीहरुको लोकाचारका लागि फुस्रो कुलिनता थियो । सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, ललितपुरका गाउँ बस्तीका तामाङ्गहरुको बसार्ँइ सर्राई २०४७ सालपछि काठमाण्डौमा बढ्न थालेपछि विशेषगरी बौद्धमा उनीहरुको चाप पर्यो । बौद्ध वरपरपर ठूला पाटाबारी र खेतहरुमा काला गुँइठाजस्ता लिण्डाको संख्या पनि त्यत्तिकै बढ्न थाल्यो । किनकी त्यहाँ चर्पीको ब्यबस्था खासै थिएन् । उल्लेखित जिल्लाका मानिसहरुको मुख्य पेशा कोदो खेती हो । बौद्ध वरपर बर्साई र्सदा उनीहरुले ल्याएको कोदोको पिठोको ढिँडो खाएपछि त्यहाँको पाटा बारिहरुमा कालाम्य देखिने लिण्डाको संख्या बढ्नुमा आर्श्चर्य मान्नु पर्ने केही थिएन । गाउँका मान्छेहरुको लिण्डामा बौद्ध शहरका मान्छेहरुको लिण्डा पनि मिसिएको थियो तर उनीहरु आफुलाई शहरिया र कुलिन ठान्थे । त्यहि शहरीयाहरुको अहिले अमेरिकामा पनि हाली मुहाली बढिरहेको छ नेपाली मुलका मान्छेहरुको हुलमा । उ जमानामा त आफुलाई कुलिन ठान्नेहरु अहिले कस्ता भए होलान् - कोदोको ढिँडैजस्तो चिज बारीको पाटामा देखेपछि तरकारी बेच्न आउने भारतीय मदिसेले त्यसवेला भनेको थियो - “जैसा खाया वैसा आया फिर खाया तो गनाया”। यहि चालचलनलाई बोकेर आएका मान्छेहरुको हुल सोसाइटीमा पसेका भए तिनले अन्यलाई कस्तो ठान्दा हुन - अचम्म लाग्छ । हलो जोत्ने परम्पराको बारेमा अमेरिकामा जन्मेका बाहेक सवैलाई थाह होला । छोराछोरी अमेरिकामै जन्माउने कतिपय बाबुहरुका छेपारीमा अझैपनि हलो जोत्दाको खत र हातका औलाहरुमा ठेला कायम नै होला तर दिमाग भने सोसाइटीको नव धनाढ्य पद्धतिबाट सञ्चालित हुँदै गएको छ ।
लुम्बिनी अञ्चलको बुटवलमा ट्याक्सी चलाइरहेका एक जना मित्रलाई डि। भि। चिट्टा पर्यो र उनी अमेरिका आए । पुलिस, ड्राइभर र खलासी जाँड र राँड भनेपछि भुतुक्कै मर्ने प्राणी हुन । खै किन हो कसैलाई थाह छैन् । उनीपनि सोसाइटीको बनभोजमा गए, त्यहाँ उनले दुनियाँका छोरीवेटी राम्री सुन्दरी भएर आएको त भेटे तर जाँड चाँही भेटेनन् । उनले जाँड आफैले गाडिमा राखेका थिए र सोसाइटीको बनभोज सम्झदै घर र्फकने वेलामा प्लाष्टिक कपमा हालेर पिउँदै रमाउँदै गुन्गुनाउँदै थिए । तरुनी फकाउन माहिर अर्का एक जना गुल्मिका पुलिसलाई लिएर उनी त्यहाँ गएका थिए । पुलिस र ड्राइभर दाजुभाई हुन, काम र खानपान तथा ब्यबहारले । पुलिस र पकेटमारा पनि दाजुभाई हुन, त्यहि कारणले । नेपाली पत्रकार र पुलिस पनि त्यहि कारणले दाजुभाई हुन । पत्रकार अर्काको गुह्य कुरो खोतल्ने, पुलिस कानून हातमा लिएर कमाउने र पत्रकारलाई पाल्ने । पत्रकार कस्ता हुन भन्ने कुरा पुलिसको जागिर खाँदा खाँदै अमेरिका आएका भर्जिनियाका गुरुंग, वैदवार, श्रेष्ठ र पराजुली थरका पर्ूव पुलिस हाकिमहरुलाई सोधे बताउने छन् । पर्ूव पुलिसहरुको पनि बनभोजमा सहभागिता थियो र अर्काकी सुन्दरी छोरी देख्दा कलकल मुखमा पानी आयो होला उनीहरुको पनि । सोसाइटीले बनभोज आयोजना गरेर छाता र कमण्डलु बोकेर हिड्ने बेला भएका तन्नमभोगी नेपालीहरुलाई अहिले कुलिनतातर्फो यात्रामा सामेल गराउँदै ल्याएको छ । सभ्रान्त समाजको विकासमा अगाडि डोर्याउँदैछ । पैसा कमाउने र यतै जोहो गर्ने उता बाबु आमा र परिवारका सदस्यहरुको हरिबिजोग कटाउने संस्कृतिको विकास पनि संगसंगै गराउँदै छ । यहाँ नयाँ नयाँ मोडेलका गाडी र महंगा घर खरिद गर्ने प्रतिष्पर्धा गराउँदै छ । बनभोजमा बनभोज पकाउने भन्दा कोलष्ट्रोल बढी भएका चिप्स र क्याफिन बढी भएका शरिरलाई हानिकारक सोडा ख्वाउने तिर सोसाइटीले जोड दिएको छ । यस्तै जोड दिने नै प्रपञ्च छ भने जर्जियाको प्रिmतो लेज र टेक्सासको कोकाकोलासंग सर्म्पर्क गरे उचित अनुचित तरिकाबाट सोसाइटीलाई कमिशन मिल्न सक्थ्यो र सोसाइटीको आय आर्जनमा योगदान पुग्न सक्थ्यो नि । मनोरञ्जनका नाउँमा अनावश्यक रुपमै नेपाली मूलका आइमाईहरुले अर्काको कुरा काटेर दिन कटाए । अनावश्यक प्रतिपष्र्धालाई बनभोजले प्रवर्द्धन गरेको कुरा सोसाइटीका पदाधिकारीहरुलाई मतलव थिएन । पार्किङ्ग लटमा भएका गाडिहरुको ताँतीमा कती महँगा गाडि थिए भनेर मानिसहरु खोजीनीति गर्दै थिए । त्यो प्रतिष्पर्धा पनि सोसाइटीकै देन थियो । सोसाइटीले बनभोजका नाममा खर्च गरेको पैसाले नेपालमा धेरै काम हुन सक्थ्यो तर पैसाले मात्तिएका र सुख र सभ्रान्तले पात्तिएका नव धनाढ्य नेपाली मूलका मान्छेहरुको दिमागमा सोसाइटीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने, ठूलो हुल बाँध्ने र अझ बढी कुलिनता थप्ने सोचाई राखेको थियो र सोसाइटीको त्यो उद्देस्य बनभोज कार्यक्रमले पुरा गरिदियो । नवकुलिनता र सभ्रान्त वर्गको निर्माणकै सिलसिलामा अमेरिका आएका कतिपय नेपालीहरुको पेशा अमेरिकी सन्तान जन्माउने रहेको पनि छ । अमेरिकी सन्तान जन्माउने भाषा भने न नेपाली न अमेरिकी । यस्ता अमेरिकी बच्चाहरुको पनि थुप्रै संख्या देखिन्थ्यो बनभोजमा । हजुरबा हजुरआमालाई तपाई हजुर भनेर सम्बोधन गर्ने नेपाली चालचलनका विरुद्धमा अमेरिकी बालबच्चा बनाउने र त्यसलाई पर््वर्द्धन गर्ने ए एन एस ले बालबच्चाहरुबाट वृद्ध हजुरआमा वा हजुरबुवालाई तेरो नाम के हो ? भनेर सोध्ने संस्कृतिको विकास पनि संगै गराउँदै ल्याइरहेको छ । बृद्ध हजुरबुबालाई दर्शन हजुर सम्म भन्न सिकाएका छैनन् तिनका बाबु आमाले । त्यसको पछाडि सोसाइटीले उनीहरुमा थप्दै ल्याएको कुलिनताको पृष्ठपोषण जिम्मेवार छैन भनेर कसले भन्न सक्छ ?
Dhari Ramro chha hai.
Comment by shyam — September 12, 2007 @ 6:05 am
teti saro ta nahola hai.
Comment by musafir — November 30, 2007 @ 6:01 am