December 11, 2007

“What do use for washing dishes?”

Filed under: News

“What do use for washing dishes?”
“Oh, I tried many things but found my husband best.”

Judge: Why did you hit your husband with a chair?”
Wife: “I couldn’t lift the table.”

“Has there been any insanity in your family?”
“Yes, doctor. My husband thinks he’s the boss.”

“Why don’t you give your husband a divorce?”
“What, I have lived with him for ten years and now I should make him happy?”

डाउनटाउनको बूढो

Filed under: News

थर थर काम्दै सुस्तरी
आयो डाउनटाउनको बुढो
चिसोले पटपट फुटेको छाला
खोच्याउदै हिँडछ घुँडो

पलाष्टिकको पोको हातले च्याप्दै
नसकेर रोकिदै लामो सास हाफ्दै
ठिंग उभियो थेगिएर बल्ल
के गरुँ कसो गरुँ भयो अलमल्ल

अन्डरग्राउन्ड तल रेल स्टेशन
एक्जष्ट फ्यानको बाहिर मेशिन
च्याप्प टाँसियो मेशिनको हावामा
सहारा त्यो सधैँ कठ्याङग्रीने जाडोमा

फुड स्ट्याम्प छ कि छैन त्यो सँग
काम गर्न खोजेन कि पाउँदै पाएन
अमेरीका जस्तो देशमानि दुबै हात पसार्ने
अलपत्र छ गन्हाएर विचरो भो मर्ने

फाट्ट फुट्ट देखिन्छन् उ जस्तै साथी
डङरé लड्छ दिउँसो होस् या राती
औषधी गर्न नसकी मन पो विग्रियो कि
बेकम्मा भै जमिन मै रही उ थेग्रियो कि

“भूलेर पनि मलेसिया नआउँनु”

Filed under: News, Article

कृष्ण केसी मलेसिया
chhalkri@yahoo.com

कसलाई पो रहर हुन्छ र परदेशी भूमिमा आफ्नो रगत पसिना सित्तैमा बगाउने, तर बाध्यता अनि विवशताले गर्दा जे जस्तो परिस्थिति पनि सहनु पर्ने रहेछ। दलालले देखाउने विभिन्न प्रलोभनले मलेसिया आएका नेपालीहरुको पीडा भने निकै दयनीय छ । यहाँ काम गर्ने 80% नेपाली श्रमिकहरु आफू मलेसिया आएकोमा निकै दुःखी छन् । राम्रो तलब,सुविधा अनि राम्रो काम पाउने आशा र भरोसामा आएका अधिकांश नेपाली मलेसियाको विमानस्थलमा पाइला टेकेदेखि नै दुःख कष्टको जीवन थाल्न बाध्य हुन्छन्। विमानस्थलमा नै उनीहरुले चरम दुःख अनि मलेसियाका पुलिसहरुको चर्को दमन सहनु पर्छ । सम्बन्धित रोजगारदाता नआइकन विमानस्थलबाट बाहिर जान पाइन्न। रोजगारदाता नआए तीन चार दिनसम्म पानी पनि नखाइकन विमानस्थलमा बस्न बाध्य हुनुपर्छ ।

यहाँ कामको लागि आउने अधिकांश नेपालीहरु मध्यम वर्गीय परिवारका छन्। दाङका भीमबहादुर आफ्नो पीडा सुनाउँदै भन्छन्- देशमा केही गरौँ त रोजगार छैन, विदेशमा राम्रो कमाई हुन्छ भनेर मलेसिया आएको, तर पाँच हजार नेपाली रुपैयाँ बचाउन पनि मुस्किल पर्छ। साहुको ब्याजले आकाश नाघिसक्यो होला। एक वर्ष भइसक्यो, ६० हजार मात्र पठाएँ- उनले निकै भावुक हुँदै आफ्नो समस्या पोखे ।

मलेसियामा काम गर्ने हरेक नेपालीहरुको समस्या भिन्दाभिन्दै छ। यहाँ काम गर्ने अधिकांश नेपालीहरुले भुलेर पनि आफ्नो आफन्तलाई मलेसियामा आउन नदिने प्रतिज्ञा गर्छन् ।
इलेक्ट्रोनिक कम्पनीमा १५ हजार कमाई हुन्छ भनेर दलाललाई १ लाख २० हजार तिरेर यहाँ आएको, तर यहाँ त मुस्किलले ८ हजार बचाउन पनि सकिँदैन, १२ घण्टा काम गर्नुपर्छ, उडुसले घेरेको कोठामा सुत्‍नुपर्छ, महोत्तरीका महेश चौधरीको कथन थियो ।

यहाँ आउने धेरै नेपालीहरुलाई नेपालका दलालहरुले राम्रो कामको प्रलोभन दिएका हुन्छन्। इलेक्ट्रनिक कम्पनीमा भनेर आएकाहरु फलाम कम्पनीमा आफ्नो रगत बगाउन बाध्य छन्। रिसोर्टमा भनेका आएकाहरु सडक पेटीका फोहर फाल्न बाध्य छन्। एग्रिमेन्ट अनुसारको तलब सुविधा पाउने नेपालीहरु मलेसियामा निकै न्यून छन् । एउटा कामको लागि भनेर एग्रिमेन्ट पेपर देखाएर यहाँ आएर निकै गार्‍हो काम गर्नुपर्ने बाध्यता छ ।

२० हजार तलब अनि खान बस्नको सुबिधा छ भनेर आएको तर यहाँ त ८ घण्टादेखि काम दिँदैन कम्पनीले कोठा, पानी ,बिजुली सबैको पैसा काट्छ। महिनामा ९००० पनि मुस्किलले तलब पाइन्छ त्यसैमाथि खानामा खर्च गर्नुपर्ने। ५ हजार पनि बचाउन गार्‍हो छ- क्लासिकमा काम गर्ने नेपालीको कथन छ। दलाललाई फोन गर्‍यो, तिमीहरु तुरुन्त फर्केर आइज, सबै पैसा फिर्ता दिन्छु भन्छ तर कम्पनीले नेपाल जानको लागि २५०० मलेसियन रिङ्गेट माग्छ। यत्रो पैसा कहाँबाट जम्मा गरेर दिने उनीहरुले सामूहिक रुपमा प्रश्न राखे।

अहिले मलेसियामा करिब चार लाखको हाराहारीमा नेपाली कामदारहरु छन्। ती मध्ये अधिकांश नेपालीहरुले निकै दुःख कष्ट सहेर बसेका छन्। कम्पनीमा केही बोल्यो कि त गुण्डा अनि पुलिस लगाएर कुटाउँछ। जस्तो भए पनि सहेर बस्नु पर्छ- गुल्मीका आकाश भण्डारीले आफ्नो दुस्ख पोख्दै भने ।

यहाँ कतिपय कम्पनीहरुले दलाललाई नै सबै जिम्मा दिने हुँदा नेपालीहरुको हकहितका लागि कोही नेपालीहरु पनि बोल्न सक्तैनन् । कम्पनीमा केही कुरा राख्यो भने तेरो एजेन्टलाई गएर भन् भन्छ। तिमीहरु एजेन्टको मान्छे हो, हामीले काम मात्र दिने हो भनेर कम्पनी उम्कने प्रयास गर्छ। एजेन्टलाई फोन गर्‍यो, फोन उठाउँदैनन्। जस्तो भए पनि बाँच्नको लागि भए पनि काम गरेर खान पर्ने बाध्यता छ । मलेसियामा हरेक हप्ता द्ध जना नेपाली श्रमिकको मृत्यु हुने गर्दछ। त्यसको बारेमा न त नेपाल सरकारलाई कुनै चासो छ न त सम्बन्धित रोजगारदातालाई नै। कम्पनीले कम्पनीभित्र मृत्यु भएमा मात्र शव नेपाल पठाउन सहयोग गर्छ। यदि कुनै दुर्घटना वा अन्य कुनै कारणले मृत्यु भएमा शव नेपाल पठाउन निकै कठिन हुन्छ। त्यसको लागि हरेक मान्छेबाट चन्दा उठाउन बाध्य हुनुपर्छ । कुनै कारणले यहाँ बिरामी परे पनि कम्पनीको लापरवाहीका कारण यहाँ धेरै नेपालीहरुको मृत्यु हुने गरेको छ ।

कम्पनीमा काम गर्दा कम्पनी मालिकको भनाई, अनि बाटोमा हिँड्दा होस् या कामबाट फर्केर रुममा जाँदा- यहाँका स्थानीय गुण्डाहरुको पिटाई अनि लुटाई खेप्न बाध्य हुनुपर्छ। यति मात्र नभएर यहाँ कामको अवधि पूरा गरेर नेपाल फर्कँदा समेत प्लेनमा अनावश्यक झन्झट अनि एयरहोस्टेजहरुको गाली खानुपर्छ। यहाँबाट फर्कने प्रायः नेपालीहरुको एउटै भनाई हुन्छ- अब कहिले पनि मलेसियामा फर्केर आउँदिन।

यहाँ काम गर्ने नेपालीहरु यहाँको दूतावास अनि नेपालीको हितमा काम गर्ने संस्थाहरु प्रति पनि निकै रुष्ट छन्। दूतावासका कर्मचारीले नेपालीलाई नेपालीको ब्यवहार गर्दैनन्। स्थानीय दलालहरुले यही मौकाको फाइदा उठाएका छन्। दूतावासमा केही काम लिएर गयो भने काम तत्कालै हुँदैन, बाध्यताले अर्को दिन जानु पर्छ। त्यसरी दुई तीन दिन धाइराख्नु भन्दा स्थानीय एजेण्टलाई पैसा दिएर काम गराउँदा नै फाइदा हुने यहाँका नेपालीको कथन छ । नेपाल सरकारको तलब र भत्ता खाएर बसेका यी कर्मचारीले नेपालीलाई नै दुःख दिने गरेको मलेसियामा कार्यरत नेपालीहरुको भनाई छ ।
साहुको ऋण लिएर धेरै सपना बुनेर मलेसिया छिर्ने नेपालीहरु जो कोहीले पनि नेपालका म्यानपावर कम्पनीहरुलाई दोष दिन्छन्। विभिन्न प्रलोभनमा पारेर नेपालीलाई मलेसियामा बेचेका एजेन्टहरु अझै सक्रिय भई राखेका छन् । कम्पनीमा काम नपाएपछि केही कामदारहरु अवैध रुपमा काम गर्न पनि बाध्य छन् । यहाँ काम गर्ने नेपालीहरुले नेपालका म्यानपावर कम्पनीले दिएको सम्झौता पत्र अनुसारको काम पाउँदैनन् । नेपाली दलालहरुले नेपालमा दिएको सम्झौता पत्र यहाँका दलालसँग मिलेर एअरपोर्टमा नै गायब बनाउँछन्। त्यसले गर्दा पनि काम गर्ने कम्पनीहरुमा आफ्नो कुरा राख्‍न गार्‍हो हुन्छ । यसको प्रत्यक्ष उदाहरण यहाँ पनि देख्न सकिन्छ ।

नेपालमा उत्पन्न राजनैतिक खिचातानीले गर्दा नै धेरै नेपालीहरुले यस्तो दुख भोग्नु परेको हो। नेताहरु आफ्नो आफ्नो भागको हड्डी चुस्नु पाउनु पर्छ भन्ने तर्फ छन्। देश विकासमा लाग्ने युवाले विदेशमा आई यस्तो दुःख भोग्नु परेको छ। यदि यस्तै परिस्थिति सँधै हुने हो भने देशले ठूलो नोक्सानी भोग्नुपर्छ।

अब नेपाल सरकारले विदेशमा काम गर्नसक्ने राम्रो वातावरण बनाउनु पर्छ। अनि म्यानपावरका दलालहरुले पनि अब आफ्नो ब्यवसाय चलाउन ठग्ने प्रवृत्ति अन्त्य गर्ने पर्छ । नत्र उनीहरुले ठगेका सोझा नेपालीको लाटो रिस खेप्न तयार हुनु पर्छ । अनि विदेश आउने कामदारहरुले पनि पहिला आफूले राम्रोसँग बुझेर मात्र प्रक्रिया अघि बढाउनु पर्छ। होइन भने अहिले यहाँ भएका नेपालीहरुको हालत अब आउनेहरुको नहोला भन्न सकिँदैन। त्यसैले हामीहरु नै यस कुरामा जागरुक हुन जरुरी छ ।

भगवान चाम्लिङका म्युजिक भिडियोहरु प्रदर्शित

Filed under: News, Article

बेलाएती हींउदे काठयाङ्रिने चिसो पानी र सिरेटो मिश्रित जाडोलाई बेवास्ता गर्दै शनिबार ८ डिसेम्बर का दिन थोरै तर बिशिस्ठ ब्यक्तिहरुको,सर्जक र श्रस्ठाहरुको उपस्थितिमा गाएक,गीतकार,संगीतकार भगवान चाम्लिङको नयाँ गीती एल्बम “सम्झे नजिक” भित्रका ५ वटा गीत हरुको म्युजिक भिडियो हरुको प्रीमियर शो सम्पन्न भयो। युबा कबी नबराज राइको मुक्तक र कबिताका हरफ मिश्रित मनछुने उद्घोसका साथमा सुरुभएको सो कार्येक्रमको पहिलो चरनमा संचालक द्दारा गायकको चिनारी बाट कार्येक्रम सुरु भएको थियो।गाएक ले आफ्नो गाएन र नेपाली संगीतको बारेमा आफ्नो बिचार राखीसके पछी “भाग्य कोर्ने,हङ्ग कङ्ग शहर,सम्झे नजिक्,के पो लाग्यो,र पाखै भरी “गीत हरुको म्युजिक भिडियोहरु प्रदर्शन गरिएको थियो। भिडियो हेरिसके पछी बिभिन्न बक्त्ताहरुले भिडियो र गीत को सम्बन्धमा आ-आफ्नो बिचार पोख्नु भएको थियो।जस्मा काङमाङ नरेश्,मिलन चाम्स्,इस्वर चाम्लिङ लगाएतका बक्त्ताहरु रहनु भएको थियो।जितेन्द्र चेम्जोङ्,नवल राइ,बिस्वास दिप तिगेला,हरी राइ,शान्ती राइ,एन बि राइ,स्रिश्टी राइ,नगेन्द्र घले,र भुमिराज राइ लगाएत अन्य दर्शक स्रोता हरुको उपस्थिती रहेको थियो। कार्येक्रमको अन्तमा डोल्पा काइगाउ गा बि स थापा गाउमा स्कुल निर्माण को सहयोग को निम्ती भ्रमणमा जादा खिचिएका डोल्पाका सुन्दर ठाउँ हरुको द्रीस्य समिटेर तैयार पारीएको छोटो ब्रितचित्र डोल्पा को प्रदर्शन गरिएको थियो।सो सामाजिक कार्येको अगुवाइ जितेन्द्र चेम्जोङ र नबराज राइले गरिरहनु भएको छ।स्कुल निर्माण कार्ये ८० प्रतिसत पुरा भई सकेको छ अरु केही रकम संकलन भएमा र गर्न सकिएमा स्कुलको आधार भुत आवश्यकताहरु परिपुर्तीमा सो पैसा खर्च गरिने भएको छ। दुइलाख एस् अघी नै चन्दा संकलन गरी स्कुल निर्माणको निम्ती खर्च जुटाइ सकिएको कुरा नबरज राइ र जितेन्द्र चेम्जोङ ले बताउनु भएको छ। ब्रित्तचित्र को सम्पादन र निर्देशन मिलन चाम्स्,लेखन नबराज राइ र छायांकन जितेन्द्र चेम्जोङ को रहेको छ।

“नेपाल क्रान्तिकारी संगठन, मलेसिया” को स्थापना

Filed under: News, Article

सामन्तवाद र साम्यवादलाई अन्त्य गर्दै समाजवादी क्रान्तिमा अघि बढ्ने हेतुले यहि डिसेम्बर ३ तारिखका दिन माओवादी प्रति आस्थावानहरुको बृहत भेलाले ‘नेपाल क्रान्तिकारी संगठन, मलेसिया’ गठन गरीएको जानकारी प्राप्त भएको छ ।
नयाँ नेपाल निर्माणका लागि संघार्षगत नेपाल कम्युनिष्ट पाटी (माओवादी) को नीति तथा निर्देशनमा प्रतिबद्ध भई आफ्नो कार्यनीति तय गर्ने कुरा भएता पनि सो संगठनले नेकपा माओवादीबाट पूर्ण रुपमा र्समर्थन पाउने नपाउने कुरामा पाटी केन्द्रिय कार्यालयमा छलफल भइरहेको जानकारी आएको छ ।
औद्यगिक क्रान्तिलाई प्रमुख आधार बनाई उक्त संगठन श्रमजिवी, पीडित, मजदुरहरुको मुक्तिको लागि विभिन्न गतिविधि संचालन गर्ने र सबै प्रकारका निम्न पूँजीबादी, संक्रिर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायीक एवं जातिय व्रिभमबाट मुक्त रही नेपालीहरुमाथी हुने अन्याय अत्यचार श्रमशोषण लगायत अन्य समस्याहरुको दिर्घकालिन सामधानका उपायहरु अवलम्बन गर्नेकुरा विज्ञप्तिमा जनाएको छ । उक्त भेलाले कारेड शक्तिको संयोजकत्वमा २३ सदस्य कार्यसमितिमा चयन गरेको छ । उक्त समितिमा क्रमसः संयोजक क. शक्ति, उप-संयोजक क.ब्रि्रोही, सचिव क.सन्देश, कोषाध्यक्ष क.प्रतीक, प्रवक्ता क.प्रहार, सदस्यहरु क.प्रकाण्ड, क.बल्लभ, क. जित, क.पलायन, क.अग्नी, क. मञ्जुल, क.रकेट, क.इच्छुक, क.विद्यार्थी, क.किसान, क.प्रशान्त, क.कुन्दन, क.कोटिल्य, क.विकाश, क.किरण, क.अजेय, क.अवतार र क.आकाश रहेको सोही विज्ञप्तिमा जनाएको छ ।
Response @ infokarantikari_malaya@yahoo.com






















Thank you for visiting my blog.