आवाजको पछुतो काभ्रेमा
काभ्रे, ८ मार्चर आवाज समूह नेपाल,कोटेश्वरले जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलको प्रायोजनमा शुक्रबार र शनिवार काभ्रेका विभिन्न ठाउँहरुमा जनचेतनामुलक सडक नाटक प्रदर्शन गरेको छ । गत शुक्रबार काभ्रे जिल्ला देशभूमि बालुवा गाविस-२ स्थित भुवनेश्वर प्रावि प्राङ्गगण औलो रोग सम्बन्धी जनचेतनामूलक सकड नाटक ‘पछुतो’ प्रदर्शन गर्यो ।
भुवनेश्वरी प्राविका प्रधानाध्यापक गोविन्द पौडेलको प्रमुख अतित्थ तथा संस्थाका अध्यक्ष मदनकृष्ण सिलवालको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम स्थानीय स्वास्थ्यकर्मी, शिक्षक तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यसैबीच, शनिवार समूहले काभ्रेकै महादेवस्थान गाविस-८, कुन्ताबेसीमा र पनौतीनगरपलिकाको व्यस्त बजारमा समूहले एचआइभी एड्स रोकथाम सम्बन्धी जनचेतनामूलक सडक नाटक ुपछुतोु पर््रदर्शन गरेको छ ।
स्मरण रहोस्, “विकासको निम्ति युवा आवाज” भन्ने मूल नारालाई आत्मासाथ गर्दै यस संस्थाले युवा वर्गहरूलाई परिचालन गरी दुर्गम तथा ग्रामीण क्षेत्रमा पिछडिएका एवं विपन्न समुदायमा लक्षित गरी विभिन्न कार्यक्रमहरू संचालन गर्ने लक्ष्य राखेको छ ।