April 13, 2008

प्रत्यक्षमा माओवादी बहुमततर्फ

Filed under: News

सञ्जय न्यौपाने/दुर्गा खनाल
काठमाडौं, चैत ३० - संविधानसभामा नेकपा -माओवादी) सबैभन्दा ठूलो दल बन्ने स्पष्ट संकेत देखिएको छ । मतगणनाको हालसम्म प्राप्त नतिजा र गणनाक्रम हर्ेदा प्रत्यक्ष्ँतर्फप्रस्ट बहुमत प्राप्त गर्ने दिशामा माओवादी अघि बढिरहेको छ ।
कांग्रेस र एमाले दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
शनिबार मध्यरातसम्म घोषणा भएका ५१ स्थानमध्ये माओवादी ३२ स्थानमा विजयी भएको छ । एमाले ९ र कांग्रेसले ७ ठाउ“मा चित्त बुझाउनुपरेको छ । फोरमले पनि एक स्थानमा जितेको छ । (more…)

मतपेटिका लैजादै गर्दा आक्रमण

Filed under: News

-नारायण पंगेनी
नेकपा माओवदीका बरिष्ठ नेता डा. बाबुराम भटराइ उठेको जिल्ला गोर्खामा मतपेटिका सदरमुकाम लैजादै गर्दा बीच बाटो मै आक्रमण भएको थियो । गोरखाका घ्याम्पेसालबजारमा सदरमुकामतिर मटपेटिका लैजाँदै गर्दा तरुण दलका कार्यकर्ताहरूले साँझ ६ बजेतिर प्रहरी र नेपाली सेनाकोबीचमै (more…)

देशव्यापी माओवादीको जनलहर

Filed under: News

नेपालको र इतिहासमै पहिलोपटक भएको संविधानसभाको चुनावमा नेकपा माओवादीले अहिले सम्म धेरै स्थानमा विजयी हासिल गरि बहुमत ल्याउँने पक्कापक्की भइसकेको छ । हिजो अवेरसम्मको मतगणनामा हामीले पाएको रिपोट अनुसार नेकपा माओवादीले २७ सिट आपनो पोल्टामा हालिसकेको छ । अहिले विहानसम्म नेकपा माओवादीले ५५ सिटमा अग्रपंक्तीमा लिडिङ गरिराखेको छ भने, काग्रेस एमाले २०, २२ मात्र सिमित रहेको देखिन्छ । देशभर नेकपा माओवादी प्रति जनताको लहर छाएको छ । (more…)

साउदीमा फष्टाउँदो हृदयघात

Filed under: News

लाखौं रुपैया तिरेर खाडी मुलुकमा बाध्यतावश काम गर्न आउँने नेपालीहरुको संख्या वृहत छ । यहाँ राजनैतिक स्थिरता वलियो भएको मानिए पनि लगातार फष्टाउँदो हृदयघातले भने आम विदेशिकरुपमा रोजगारी गर्ने नेपालीहरुलाई प्रत्यक्ष असर गरेको छ । वेलुकी खाना खाइ, हाँसखेल खेल्दै सुतेको मानिस विहान पत्तै नपाइ संसार छोडेको कुरा सुन्दा अचम्म लाग्ने गर्दछ नै । त्यसमाथि पनि भर्खरको लक्काजवान माथि यस्तो घडी आउँनु पत्याउँनु गाह्रो पर्ने हुन्छ तर साउदी अरेवियामा वारम्बार यस्ता घटना दोहोरिने तेहरिने गर्दछ । (more…)

माओवादीप्रति जनताको अभिन्न लगाव

Filed under: News

लामो समयसम्म द्धन्द्धमा होमिएर आपनो जीवन आहुती गर्न पनि पछि नपर्ने नेकपा माओवादी साँचै नै नेपाल र नेपालीको लागि नयाँ नेपाल निर्माणमा अग्रपंक्तिमा देखिएको छ । देशभरबाट नेकपा माओवादीलाई गरिएको सम्मान पक्कै पनि खेर जाने छैन । यस पटकको माओवादीको चुनावी चुस्त नारा सवैलाई हेरियो पटक पटक, माओवादीलाई हेरौं यस पटक अभियानले आम जनतामा सकारात्मक प्रभाव पारेको देखिएको छ । हुनत नेकपा माओवादीले जनता प्रति राखेको माया, सदभाव र परिवर्तनको विषयलाई कत्तिसम्म पूरा गर्नेछ त्यो त आउँदा दिनहरुमा हामीले अनुभव गर्न सकिने छ । (more…)

बेल्जियममा वसन्त कवि गोष्ठी सम्पन्न

Filed under: News

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा नयाँ वर्षको पूर्वसन्ध्यामा १२ अप्रिल, शनिवार ब्रसेल्समा भब्यताका साथ वसन्त कवि गोष्ठी सम्पन्न भयो । बेल्जियममा रहनु भएका कवि तथा साहित्यकार तथा साहित्यप्रेमी महानुभावहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा बेल्जियम बाहिरका कवि तथा कवयत्रिहरुको इमेलबाट प्राप्त कविता पनि बाचन गरिएको थियो ।
उक्त कार्यक्रममा कविहरु कृष्ण बजगाईं, रमेश कँडेल, बिमल गिरी, कुम शाही, दिपेन्द्र के.सी., लिलाधर पन्त, सन्तोष खड्का, बिनिता रिमाल, रविन्द्रमान श्रेष्ठ, बालकवि निश्चल गिरी तथा कृतिस बजगाईंले आआफ्ना रचना पाठ गर्नु भएको थियो ।
इमेलबाट प्राप्त गोविन्दिसंह रावतको कविता श्रीमती देवी गौतमले रमेश पल्लवको कविता प्रकाश कार्कीले वाचन गर्नु भएको थियो । उक्त गोष्ठीमा कवयित्री यशोदा अधिकारी तथ सञ्जु नेपालको कविता पनि पाठ गरिएको थियो ।
अनेसास बेल्जियमका अध्यक्ष कृष्ण बजगाईंको सभापतित्वमा सम्पन्न उक्त गोष्ठिमा कार्यक्रमका अतिथि एन आर एन आइसिसि सदस्य तथा कवि रविन्द्रमान श्रेष्ठले अनेसास बेल्जियमको अर्धवार्षिक साहित्यक प्रकाशन शब्दाञ्जली विमोचन गर्नुभएको थियो ।
उहाँले विदेशमा रहेर पनि नेपाली भाषा तथा साहित्यको लागि पत्रिका प्रकाशन तथा कवि गोष्ठि आयोजना गरेर अनेसासले सह्रानिय काम गरेकोछ भन्नु भयो ।
सभापतिको आशनबाट बोल्दै कृष्ण बजगाईंले यस्तो कवि गोष्ठीले साहित्य क्षेत्रमा नयाँ प्रतिभाको आगमन हुने तथा विदेशमा पनि नेपाली साहित्य प्रति धेरैको रुचि बढाउनमा सहयोग पुर्याउने आशा ब्यक्त गर्नु भयो । उहाँले बेल्जियममा यस्तो खालको गोष्ठी पहिलो भएको बताउँदै आगामी दिनमा पनि नेपाली साहित्य सम्बन्धी बिभिन्न समारोह आयोजना गरिने कुरा बताउनु भयो । पत्रिकाको सम्पादक समेत रहनु भएका बजगाईंले प्रकाशनमा सहयोग पुर्याउने साहित्यकार तथा विज्ञापनदाता सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो ।
अनेसासका सदस्य बिनिता रिमालको कुशल उदघोषणमा सचालित उक्त कार्यक्रममा महासचिव रमेश कँडेलले स्वागत भाषण गर्नु भएको थियो ।






















Thank you for visiting my blog.