माओवादीप्रति जनताको अभिन्न लगाव
लामो समयसम्म द्धन्द्धमा होमिएर आपनो जीवन आहुती गर्न पनि पछि नपर्ने नेकपा माओवादी साँचै नै नेपाल र नेपालीको लागि नयाँ नेपाल निर्माणमा अग्रपंक्तिमा देखिएको छ । देशभरबाट नेकपा माओवादीलाई गरिएको सम्मान पक्कै पनि खेर जाने छैन । यस पटकको माओवादीको चुनावी चुस्त नारा सवैलाई हेरियो पटक पटक, माओवादीलाई हेरौं यस पटक अभियानले आम जनतामा सकारात्मक प्रभाव पारेको देखिएको छ । हुनत नेकपा माओवादीले जनता प्रति राखेको माया, सदभाव र परिवर्तनको विषयलाई कत्तिसम्म पूरा गर्नेछ त्यो त आउँदा दिनहरुमा हामीले अनुभव गर्न सकिने छ ।
हाललाई कसैले पनि नसोचेको यस्तो जनउभार साँच्चै नै नेपाली जनताहरुले नेकपा माओवादीलाई लामो अवधिको द्धन्द्धपछिको पुरस्कार भने मान्न सकिन्छ । अव भने माओवादीलाई आपनो कार्य क्षमता, संयमता तथा मार्गदर्शन राम्ररी सोचेर अगाडि बढ्नु पर्ने वेला आएको छ । माओवादीको वहुमततिर लम्किदै गएको यो जनउभार, यो व्यालेट वक्स क्रान्तिलाई र्सार्थक वनाउँन अव वाइसिललाई नेकपा माओवादीले संयमता अपनाइ कार्य गर्न कडा निर्देशन तथा छलफल र मार्ग निर्देशन गर्न जरुरी छ । जनताले माओवादीलाई यो मत दिनु भनेको जनताले देशमा अमनचैन पक्कै खोजेका हुन । नयाँ नेपाल निर्माणमा पक्कै पनि नयाँ अनुहारहरु चाहेका हुन ।
यस कुरालाई माओवादीले र्सार्थक वनाउँन सकोस हाम्रो यही शुभकामना छ नव वर्ष२०६५ को माओवादीलाई र अन्य दलहरुले पनि हारियो भनेर मन सानो गर्नुभन्दा पनि अवको संविधानसभालाई र्सार्थक वनाउँन विपक्षी भूमिका नै भएपनि र्सार्थक खेलेर दुख, गरिवी र अन्याय अत्याचारबाट देशलाई सदाको लायि शान्तमय, विकासशिल वनाउँन खाँचो छ । हामीलाई विश्वास छ, दलहरुले यसप्रति गम्भिर भइ सोच्नेछन् ।
-नेपालअरव डट कम