April 13, 2008

साउदीमा फष्टाउँदो हृदयघात

Filed under: News

लाखौं रुपैया तिरेर खाडी मुलुकमा बाध्यतावश काम गर्न आउँने नेपालीहरुको संख्या वृहत छ । यहाँ राजनैतिक स्थिरता वलियो भएको मानिए पनि लगातार फष्टाउँदो हृदयघातले भने आम विदेशिकरुपमा रोजगारी गर्ने नेपालीहरुलाई प्रत्यक्ष असर गरेको छ । वेलुकी खाना खाइ, हाँसखेल खेल्दै सुतेको मानिस विहान पत्तै नपाइ संसार छोडेको कुरा सुन्दा अचम्म लाग्ने गर्दछ नै । त्यसमाथि पनि भर्खरको लक्काजवान माथि यस्तो घडी आउँनु पत्याउँनु गाह्रो पर्ने हुन्छ तर साउदी अरेवियामा वारम्बार यस्ता घटना दोहोरिने तेहरिने गर्दछ ।
इलाम जिल्ला इभाङ्ग गा बि स निवासी राज कुमार राईले चैत्र २८ गतेको विहानी देख्न पाएनन । हिजो राती अर्थात बुधबार वेलुकी सकुशल सुतेका उनी विहान कहिल्यै नउठने गरी चीर निन्द्रामा समाहित भए । मध्ये रातमा अलि ठूलो आवाज निकालेका थिए रे तत्कालै साथीहरुले के भयो भनि सोध्दा उनी वोलेनन भन्दछन् उनका रुममेटहरु । उसो त साउदी अरेवियाको प्रोजेक्ट एरियामा काम गर्ने कामदारहरु एउटै पोर्टएवल नामक रुममा ४ देखि ८ जना समेत रुम शेयर गरेर वस्ने गर्दछन् । त्यसपश्चात राती अस्पताल लगियो तत्कालै डाक्टरले मृत्यु भएको घोषणा गरिदिएछन् । उनी अरवियन फाल कम्पनी अन्तरगत उदेलिया प्रोजेक्टमामा कार्यरत थिएँ लगभग सात महिना मात्र भएको छ उहाँको परदेशको यो वर्साई ।
स्मरणरहोस यस अघि पनि उधेलियमा नै एस जि वि कम्पनीमा कार्यरत राम बहादुरको पनि हृदयघातले नै मृत्यु भएको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2008/04/13/p453/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.