देशव्यापी माओवादीको जनलहर
नेपालको र इतिहासमै पहिलोपटक भएको संविधानसभाको चुनावमा नेकपा माओवादीले अहिले सम्म धेरै स्थानमा विजयी हासिल गरि बहुमत ल्याउँने पक्कापक्की भइसकेको छ । हिजो अवेरसम्मको मतगणनामा हामीले पाएको रिपोट अनुसार नेकपा माओवादीले २७ सिट आपनो पोल्टामा हालिसकेको छ । अहिले विहानसम्म नेकपा माओवादीले ५५ सिटमा अग्रपंक्तीमा लिडिङ गरिराखेको छ भने, काग्रेस एमाले २०, २२ मात्र सिमित रहेको देखिन्छ । देशभर नेकपा माओवादी प्रति जनताको लहर छाएको छ ।
केही स्थानको विस्तृत जानकारीहरुः
काठमाण्डौ क्षेत्र नं। १० वाट माओवादी अध्यक्ष प्रचण्डले २० हजार ४ सय ९९ मत प्राप्त गरी विजयी हुनुभएको छ । काठमाण्डौ क्षेत्र नं। २ मा नेकपा माओवादीका झक्कुप्रशाद सुवेदी १३ हजार ८ सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाका निकटतम प्रतीद्धन्दी एमाले महासचीव माधव कुमार नेपाल पराजीत हुनुभएको छ ।
धनकुटा क्षेत्र नं २ मा नेकपा माओवादीका हरीराज लिम्वु विजयी हुनुभएको छ उहाले १२ हजार २ सय ११ मत ल्याई विजयी हुनुभएको होृ । उहाले राष्ट्रिय जनसक्ति पार्टर्ीी अध्यक्ष र्सर्ुय वहादुर थापालाई पराजीत गर्नुभएको हो । पाल्पाको क्षेत्र नं २ मा नेकपा माओबादीका लिला सोमै बिजयी हुनु भएको छ । माओबादी क्षेत्र न ं२ का उम्मेदवार लिला सोमैले १२ हजार ७ सय ५० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाका निकटतम प्रतिद्धन्दी एमालेका सोम प्रशाद पाण्डेले १० हजार ६ सय ६७ मत ल्याई १३ सय १ मतलेे पराजीजित हुनुभएको छ । काग्रेशका राजन प्रशाद पन्तले १० हजार ३ सय ७२ मत प्राप्त गर्नुभएको छ ।
उता मनाङ्ग जिल्लामा नेकपा माओवादीका उमेद्वार देव प्रशाद गुरुङ्गले १६५२ मत प्राप्त गरी विजयी हुनुभएको छ । ललितपुर क्षेत्र नं। ३ मा माओवादी नेतृ पम्फा भुसाल विजयी वन्नुभएको छ । भुसालले १८९३० मत ल्यायर एमालेका रघुजी पन्तलाइृ पराजीत गर्नुभएको छ । ललितपुर क्षेत्र नं। २ मा माओवादी उमेद्वार रामकाजी महर्जन विजयी वन्नुभएको छ ।
यता दाङ्ग क्षेत्र क्षेत्र नं। ३ मा नेकपा माओवादीका नेता कृष्ण वहादुर महरा विजयी वन्नु भएको छ । महराले २० हजार ४ सय ९२ मत प्राप्त गरेर विजयी हुनुभएको हो । दाङ्ग क्षेत्र नं। २ मा माओवादी उमेद्वार दामा शर्मा विजयी हुनुभएको छ । दामा शर्माले २० हजार १ सय ९४ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
त्यस्तै वर्दिया क्षेत्र नं। १ वाट माओवादीकी सरला रेग्मी विजयी वन्नुभएको छ । उहाले १७ हजार ९ सय ५५ मत लिएर विजयी वन्नुभएको हो । त्यसैगरी धनकुटा १ मा हेमराज भण्डारीले १७ हजार १ सय ९६ मत प्राप्त गरी विजयी हुनुभएको छ भने धनकुटा २ मा माओवादीका माओवादीका हरीराज लिम्वु विजयी हुनुभएको छ । वर्दिया ४ मा माओवादीका रामचरण चौधरीले २४ हजार ४ सय ४४ मत प्राप्त गर ििवजयी विजयी हुनुभएको छ । अहिले राजधानी लगाएत विभिन्न ठाउहरुमा विजयी उमेद्वारका साथमा कार्यकर्ता जनताहरुले विजय जुलुस निकाल्नुभएको छ ।
त्यस्तै नेकपा एमालेले अहिलेसम्म ४ स्थानमा विजय हासील गरेको छ ।
पाल्पा क्षेत्र नं। ३ मा एमालेका उमेद्वार कुल प्रशाद नेपाल विजयी हुनुभएको छ । पाल्पा क्षेत्र नं। ३ मा एमालेका उमेद्वार कुल प्रशाद नेपालले १२ हजार ९५० मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाका निकटतम प्रतिद्धन्दी नेपाली काग्रेशका हरी नेपालले १२ हजार ६सय १९ मत प्राप्त गर्नुभएको छ भने माओवादीका नेत्र पाण्डेले १२ हजार २ सय ३१ मत प्राप्त गर्नुभएको छ । पाल्पा निर्वाचन क्षेत्र नं। १ मा एमालेकै दल वहादुर राना विजयी हुनुभएको छ । उहाले १९ हजार १ सय ८५ मत लियर विजयी हुनुभएको हो । उता मुस्ताङ्गवाट एमालेका चन्द्रवहादुर गुरुङ्गले २ हजार ४ सय ५६ मत प्राप्त गरी विजयी हुनुभएको हो । एमालेका कास्की निर्वाचन क्षेत्र नं। ३ उमेद्वार रविन्द्र अधिकारी विजयी हुनुभएको छ ।
यसैविच नेपाली काग्रेशले अहिलेसम्म ४ स्थानमा विजयी हासील गरेको छ
काठमाण्डौ क्षेत्र नं। १ मा काग्रेशका प्रकाशमान सिंह विजयी हनुभएको छ । उहाले १४ हजार ३ सय १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यस्तै काठमाण्डौ क्षेत्र नं। ३ मा काग्रेश उमेद्वार चक्रबहादुर ठकुरी विजयी हुनुभएको हो । उहाँ १२ हजार ९६९ मत ल्याई विजयी हुनुभएको हो ।
काठमाण्डौ कै क्षेत्र नं नं ३ वाट काग्रेशकी सुप्रभा घिमिरे विजयी हुनुभएको छ । भने काठमाण्डौ कै काग्रेशका नविन्द्रराज जोसी विजयी हुनुभएको छ ।
यसैविच नेपाल मजदुर किसान पार्टर्ीी २ स्थानमा विजयी हासील गरेको छ ।
भक्तपुर निर्वाचन क्षेत्र नं। १ मा नेपाल मजदुर किान पार्टर्ीी नारायणमान विजुक्छे विजयी हुनुभएको छ भने सोही जिल्लाकै क्षेत्र नं। २ मा पनि सुनील प्रजापति वीजयी हुनुभएको छ ।
नारायण पंगेनीबाट