मतपेटिका लैजादै गर्दा आक्रमण
-नारायण पंगेनी
नेकपा माओवदीका बरिष्ठ नेता डा. बाबुराम भटराइ उठेको जिल्ला गोर्खामा मतपेटिका सदरमुकाम लैजादै गर्दा बीच बाटो मै आक्रमण भएको थियो । गोरखाका घ्याम्पेसालबजारमा सदरमुकामतिर मटपेटिका लैजाँदै गर्दा तरुण दलका कार्यकर्ताहरूले साँझ ६ बजेतिर प्रहरी र नेपाली सेनाकोबीचमै आक्रमण गरेका थिए । घ्याम्पेसालमा जम्मा भएका तरुण दलका कार्यकर्ताको खुकुरीले आक्रमण गर्दा पोखरामा सञ्चालित रेडियो गण्डकी एफएमका स्टेसन मेनेजर लोकप्रसाद बञ्जाडा सख्त घाइते हुनु भएको माओवदी सूचना ब्यूरोले जनाएको छ ।
यो क्षेत्रमा ताजा समाचार अनुसार डा बाबुराम भट्टर्राई भार बिहुमतले विजयी हुनु भएको छ ।