प्रत्यक्षमा माओवादी बहुमततर्फ
सञ्जय न्यौपाने/दुर्गा खनाल
काठमाडौं, चैत ३० - संविधानसभामा नेकपा -माओवादी) सबैभन्दा ठूलो दल बन्ने स्पष्ट संकेत देखिएको छ । मतगणनाको हालसम्म प्राप्त नतिजा र गणनाक्रम हर्ेदा प्रत्यक्ष्ँतर्फप्रस्ट बहुमत प्राप्त गर्ने दिशामा माओवादी अघि बढिरहेको छ ।
कांग्रेस र एमाले दोस्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।
शनिबार मध्यरातसम्म घोषणा भएका ५१ स्थानमध्ये माओवादी ३२ स्थानमा विजयी भएको छ । एमाले ९ र कांग्रेसले ७ ठाउ“मा चित्त बुझाउनुपरेको छ । फोरमले पनि एक स्थानमा जितेको छ ।
हाल गणना भइरहेका १ सय २० स्थानमध्ये माओवादी ६५ ठाउ“मा अघि छ भने कांग्रेस २५ र एमाले २३ स्थानमा मात्र अगाडि छन् । मधेसी जनअधिकार फोरम र तर्राई-मधेस लोकतान्त्रिक पार्टर्ीी केही क्ष्ँेत्रमा अग्रता कायम गरिरहेका छन् ।
मतगणनाको अन्तिम परिणाम र गणना भइरहेको क्ष्ँेत्रमा कायम गरिरहेको अग्रताका आधारमा सबैभन्दा ठूलो दल बन्नबाट उसले कसैले रोक्न नसक्ने अवस्था सिर्जना भएको हो । प्रत्यक्षतर्फपराजित भएका क्ष्ँेत्रमा पनि माओवादीले प्रतिस्पर्धी मत हासिल गरेको छ ।
६ सय १ सदस्यीय संविधानसभामा प्रत्यक्षतर्फबिहीबार २ सय ३९ सिटका लागि मतदान भएको थियो । समानुपातिकबाट दलका ३ सय ३५ सदस्य संविधानसभामा पुग्नेछन् । मन्त्रिपरिषद्ले २६ जना मनोनीत गर्ने व्यवस्था छ । काठमाडौं-१ मा प्रत्यक्ष्ँतर्फमाओवादीले ४ हजार ८ सय ३६ मत मत पाएको थियो । तर समानुपातिकतर्फ६ हजार ३ सय मत पाएको छ । यस्तै प्रवृत्ति अरू क्ष्ँेत्रमा पनि देखिएको छ । समानुपातिकको मतगणना भइरहेको क्ष्ँेत्रमा पनि माओवादीको मत प्रत्यक्ष्ँभन्दा बढी देखिएको छ र अन्य दलको मत संख्याको अनुपात पनि माओवादीको भन्दा कम छ ।
माओवादी कमजोर रहेको ठानिएका तर्राईका जिल्लामा पनि उसले पाएको मतले यो अनुमानलाई अझ बल मिलेको हो । प्रत्यक्षभन्दा समानुपातिकमा केही बढी मत माओवादीले पाएको अनुमानसमेत छ ।
तर्राई आन्दोलनको प्रभाव रहेका सुनसरी, मोरङ, धनुषा, महोत्तरी, रौतहट, नवलपरासी, कपिलवस्तु, कैलालीजस्ता तर्राई जिल्लाका केही क्षेत्रमा पनि माओवादीको उपस्थिति बलियो देखिएको छ । कतिपय ठाउ“मा अगाडि छ भने प्रायः सबैमा राम्रै उपस्थिति देखिएको छ ।
माओवादी कांग्रेस र एमालेका परम्परागत किल्ला भत्काउन सफल देखिएको छ । राजधानी उपत्यका, पर्ूर्वी पहाडमा यसअघि एमालेको वर्चस्व थियो ।
दाङ, बर्दिया, चितवन, कैलाली, कञ्चनपुरजस्ता कांग्रेसले सधै“ जित्दै आएका जिल्लाहरू यसपल्ट माओवादीका पोल्टामा पुगेका छन् । एमालेको वर्चस्व रहेको झापामा समेत माओवादीले चुनौती दिएका छन् ।
माओवादीलाई जनताले अनपेक्षित रूपमा मतदान गरे पनि संविधानसभामै बहुमत ल्याउन सक्ने अवस्था भने निकै न्यून छ ।
प्रत्यक्षतर्फविजयी हुन नसके पनि कांग्रेस र एमालेले समानुपातिकतर्फल्याउने मतका कारण माओवादीले संविधानसभामा भने बहुमत स्थापित गर्न भने नसक्ने अवस्थ्ाा छ । तर्राईमा उदाएका नया“ क्ष्ँेत्रीय दल पनि प्रत्यक्ष र समानुपातिकबाट छानिने भएकाले माओवादीलाई संविधानसभामै बहुमत ल्याउन कठिन छ ।
प्रत्यक्ष्ँ २ सय ४०, समानुपातिकका ३ सय ३५ र मनोनीत २६ गरी कुल ६ सय १ सिटमा बहुमत ल्याउन ३ सय २ सिट हासिल गर्नुपर्छ ।