September 4, 2008

विदेशबाट फर्किएका महिलाहरुको अवस्था दयनीय

Filed under: News, Article

khadi
घरमा साँझबिहान के खाउँ, के खाउँ को समस्याबाट गुज्रिरहेकी गुलरिया नगरपालिका-६ बर्दीयाकी देविसरा गिरी विदेश गएर छोटो समयमै मोटो रकम कमाइन्छ भन्ने दलालको आश्वासनपछि काम गर्नका लागि २ वर्षअघि खाडी मुलुक कुवेतमा गइन् । कुवेत जानुअघि साँझ बिहान हातमुख जोड्नका लागि भारतको बोर्डरबाट दाउरा लिएर बेच्नुपर्ने बाध्यता थियो उनलाई । शारदा वेगम नामकी दलालले विदेशमा राम्रो काम र थुप्रै पैसा पाइने भनी बुढा र आफूलाई फकाएपछि विदेश जाने निर्णय गरेको उनले बताइन् ।

Rest of article

नेपालीनारीहरुको महान चाड तीज र बिदेशिएका चेलीहरुको अनुभव

Filed under: Article

चाड-बाड अनि धर्म र संस्कृतिको धनी देश नेपालमा अहिले तीजको रम-झमले छोएको छ।सबै चेलीहरु माइतिघरमा जाने अनि मिठो दर खाने र मनमा लागेका दुख-सुखका कुराहरुलाई गीतको माध्यामबाट पोखि आफ्ना साथी-संगीहरुसंग रमाइलो गरि तिजको रहर आयो बरिलै भन्दै नाच्ने चाड हो यो।साथै बिबाहित महिलाले आफ्नो पतिको दिर्घायु,अबिबाहितले राम्रो पति पाउने आशामा अनि बिधुवा महिलाले आफ्नो स्वर्गिय पतिको चिरशान्तिको कामनाको लागि ब्रत बस्ने परम्परा रहेको छ। रजश्वला भएका नारीहरुले आफुले जानि-नजानि गरेका गल्तिको लागि ऋषिपन्चमिमा नुहाउने चलन पनि रहेको छ।

Rest of the article

बुवाको प्यारो अनुहार

Filed under: Article

बाबु अर्थात र्सवशक्तिमान, जसलाई सबै समस्याको हल थाहा छ । बाबु अर्थात हाम्रो सुरक्षा कवच जसले हामीलाई घामपानी, धूवाधूलो, डरलाग्दो रात अनि हावाहुरीबाट सजिलै बचाउन सक्छन् । बाबु अर्थात हाम्रो घरको ‘रिसोर्स पर्सन’ जसले हाम्रा आवश्यक्ता पूरा गर्छन् । बाबु अर्थात एक बलवान, बुद्धिमान र बलियो मान्छे । बाबुको यो परिभाषा सही पनि छ तर यो आकृतिलाई हामी यति धेरै मान्छौं कि बाबुका अरू पाटा छाया पर्छन् ।

Rest of the article

कलेज कलेजमा बन्दैछ अश्लिल भिडियो

Filed under: Article

एउटा कलेजको सिडिमा कलेज ड्रेसमा एक युवती देखिन्छिन्। उनी कामुक मुस्कान छर्दै सीडिमा एकाएक टाइ, सर्ट, पेन्ट, जुक्ता खोल्छिन्। भित्रि कपडामा मात्र मुस्कुराउँदै अंग्रेजीमा उत्तेजित शब्द बोल्छिन्– ‘कमन ह्यान्डसम, ….मि।’ केटा मान्छेको हात उनको शरिरमा सलबलाउँछ। युवती ठूलो स्वरमा हाँस्दै भन्छिन्–’काउकुति लाग्यो।’ एकाएक भित्रि कपडा पनि खोल्दै युवती कामुक सुस्केरा हाल्न थाल्छिन्।
Rest of article






















Thank you for visiting my blog.