May 6, 2009

जंगी अड्डामा सेनापति विवाद चर्कँदो, दुबै पक्ष आफ्नै अडानमा

Filed under: News

काठमाडौं । राष्ट्रपतिको आदेशले पदमै निरन्तर रहन तोकिएका सेनापतिलाई मान्ने कि सरकारले बनाएको सेनापतिलाई मान्ने भन्ने विषयमा नेपाली सेनाभित्र अन्योलता बढाउँदै लगेको छ । नेपाली सेनाका परमाधिपति समेत रहेका राष्ट्रपतिको आदेशमा थमौति पाएका प्रधानसेनापति रुक्माङगत कटवालको एउटा प्यानलले सरकार ढलिसकेको अवस्थामा राष्ट्रपतिकै आदेश मान्नुपर्ने निश्कर्षनिकालेको छ भने कार्यकारी अधिकार प्राप्त सरकारको निर्ण्र्ााा सेनाको अर्को पक्ष अर्थात् जर्नेल कुलबहादुर खड्का पक्षधरहरु अडिग देखिएका छन् । यस विवादले नेपाली सेनाभित्र कसलाई सेनापति मान्ने अर्थात् कसको आदेश पालन गर्ने भन्ने विषयले अन्योलता बढाएको छ ।

स्रोतका अनुसार यसै विषयमा छलफल गर्न मंगलबार पनि दिनभरजसो जंगी अड्डामा चरण चरणमा दर्ुइ पक्षीय छुट्टाछुट्टै बैठक बसेको बताइएको छ । संस्थापन पक्षले सेनाभित्र विभाजन या गुटबन्दी सिर्जना हुने अवस्था आएकाले जर्नेल खड्कालाई राजीनामा गर्न वा घरविदामा बसेर समस्यालाई निकाश दिन दबाबमुलक प्रस्ताव गरिरहेका छन् भने खड्काले त्यो प्रस्ताव ठाडै अस्वीकार गरेको बताइएको छ । उनले आफू घर विदामा पनि नबस्ने र राजीनामा पनि नदिने भन्दै कार्यकारी अधिकारप्राप्त सरकारको निर्देशन पालना गर्ने अडानमा उभिएपछि सेनाभित्र सेनापति को भन्ने विवादले स्थान पाएको हो । यद्यपि, सेनापतिको कार्यकक्ष भने रुक्मांगत कटवालले नै प्रयोग गर्दै आएका छन् । बलाध्यक्ष रहेका कुलबहादुर खड्काले आफ्नो पूरानै कार्यकक्षमा बसेर जिम्मेवारी निभाइरहेका छन् । व्यक्तिको विषय होइन, संगठनलाई विवादमा नतानौं भन्दै आएका बलाध्यक्ष खड्काकै कार्यकलापले सेनाभित्र समस्या चर्काउने काम भइरहेको बताइन्छ । संस्थापन पक्षले कोटमार्शल वा कारवाहीको धम्की दिँदासमेत बलाध्यक्ष खड्का टसको मस नभई बस्नुलाई शंकाउपशंकाका रुपमा हर्ेन थालिएको छ ।

स्रोतका अनुसार उनलाई माओवादीले राजीनामा नगर्न र घरविदामा पनि नबस्न सुझाउ दिँदै अहिले जेजस्तो अवस्था हो, त्यसैमा अडिएर बस्न दवाव दिएको बताइन्छ भने एमालेको पनि भित्रि साथ पाएका खड्काले नयाँ सत्ता समिकरणको स्वरुप नबनेसम्म पदमा रहीरहने चाहाना पालेका हुन् । तर, बाहिरी आवरणमा सेनापति प्रकरण टंुगिएजस्तो देखिए पनि जंगी अड्डाभित्र भने उक्त प्रकरण चुलिएर जान थालेपछि राष्ट्रिय सेना दर्ुइ धु्रवमा विभाजित हुन सक्ने खतरा बढेको छ ।

यसैबीच, प्रधानसेनापति रुक्माङगत कटवाल हिजो अवेरमात्रै आफ्नो निवास फर्किएको बताइएको छ । बदलिदो राजनीतिक घटनाक्रम र सैनिक नेतृत्वको विषयमा आएको उतार चढावका कारण सेनापति कटवाल आफ्नो निकटस्थ जर्नेलहरु र विश्वास योग्य बटालियनका साथ सोमबार राती जंगी अड्डामै बास बसेको बताइएको छ । कटवाल जंगी अड्डामा नै अड्डा जमाएर बसेपनि खड्का भने कार्यालयमा हाजिर हुने र फर्किने गरेका छन् । सैन्य स्रोतका अनुसार दुबैजनाले एकअर्काको गतिविधिमा चासो पर्ूवक सुक्ष्म निगरानी राख्न थालेको बताइन्छ ।

source: khojtalsh

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/05/06/p497/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.