मेरो कलम को थुतुनो
-शेखर ढुङेल
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
जन्मदा घिउ चिनी को सट्टा
खोर्सानी को धुलो , रिठ्ठा को झोल
पिलाए छन कि क्या हो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
सुन्दर सैलिमा नेता का
प्रससा र भजन लेख्नु को साटो
पाइलै पिच्छे तिन्का गल्ती को
उछ्छीत्तो गरी लेख्ने भो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
महानता को लेपन् पोती
स्तुती को दोसल्ला ओढाउनु को साटो
कटाक्ष अलोचना अनी
कमजोरी को चर्चा मात्र लेख्ने भो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
फुल को सुगन्ध र
रङ को बर्णन को साटो
पेचिला काडा अनी
अस्थिर पत्ता को
तथ्य मात्र देख्ने भो
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
माथि माथि पुग्न आफ्नै
भविष्य सोच्नु को साटो
समाज का अभाब , बिक्रिती को
भडास ओकल्ने मात्र भो
खोइ किन किन
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
अफनै सुख र संसार मा
नरमाइ देश र समाज को
लागि हित चिताउछु
भन्दा भन्दै
तित्रा को मुख जस्तै रे
सबै को बैरी र छुच्चो पो भो