May 26, 2009

वाह ! क्या सेक्सी !

Filed under: News, Article

माइक्रो स्कर्टमा कुमारी सिनेमा हलअगाडि लिफ्ट पर्खंदै गरेकी एक युवतीलाई देखिपछि सडक छेउमा उभिएका एक युवकले भने- ‘पहिरन होस त यस्तो ।’ प्रतिक्रिया सुनेपछि युवतीले युवकतिर कर्केनजर हेर्दै मुसुक्क मुस्कुराइन् । र, बाटो लागिन् ।

युवाको नजर युवतीमाथि नपरून् पनि किन ? काठमाडौंको मुटु नै कमाउने चिसोमा कलकलाउँदा तन्नेरी माइक्रो स्कर्टमा ! जो-कोहीका पनि आँखा सोझिने भए नै । तर, मुटु कमाउने जाडोमा माइक्रो स्कर्ट ! यो कस्तो फेसन हो ? नमुना कलेज अफ फेसन टेक्नोलोजीका सहायक क्याम्पस प्रमुख जीवेश्वरलाल श्रेष्ठ भन्छन्, ‘यो फेसन होइन, फेसन भिक्टिम हो ।’ श्रेष्ठका अनुसार हरेक मान्छे पृथक् देखिन खोज्छ । त्यहीअनुसार उनीहरू पोसाक छनोट गर्छन् ।

युवाको नजर युवतीमाथि नहुन् पनि किन ? काठमाडौंको मुटु नै कमाउने चिसोमा कलकलाउादी तन्नेरी माइक्रोस्टर्कमा पोसाक छनोटमा स्वतन्त्रता हुनु आवश्यक छ । तर, पृथक् देखिने होडमा कोही मानिस अरूले पचाउन नसक्ने पोसाक लगाइदिन्छन् । ‘त्यो त फेसनको परिभाषाभित्र पर्दैन, समाजले स्वीकार गर्‍यो भने मात्रै फेसन र फेसनेबल होइन्छ,’ श्रेष्ठले भने, ‘समाजले पचाउन नसक्ने पहिरन लगाउनेलाई फेसन भिक्टिम भनिन्छ ।’ समयसुहाउँदो र शरीरको बनोटअनुसारको पोसाक लगाउनु नै फेसनेबल हुनु हो । छरितो कपडालाई आममानिसले पनि स्वीकार गर्छन् । एकजनाले नयाँ लगाउँदैमा त्यो फेसन नहुने बताउँछिन् सोही कलेजमा तेस्रो सेमेस्टरमा अध्ययनरत रितु श्रेष्ठ । नेपाली समाज पनि फेसनेबल हुँदै गएको उनको ठम्याइ छ ।

अहिले ब्रान्डेड कपडा नै खोज्ने धेरै भएका छन् । बजारमा चुज पाइन्ट, स्कर्टको माग बढी छ । छोटो ज्याकेट, लामो कोर्ट र तिनमा पनि ब्राउन र नेभी ब्लु बढी चलेको उनले बताइन् । हिजोआज धेरैजसो कलेजले युनिर्फर्म कोट-पाइन्ट राखेका छन् । तर, विद्यार्थीको माग चुज पाइन्टमा छ ।

टि्रनिटी इन्टरनेसनल कलेजमा कक्षा ११ विज्ञान संकायमा अध्ययनरत छात्रा नानु श्रेष्ठले कलेजले राखेको पोसाक लगाउनुपरेको बताइन् । ‘पाइन्ट त राम्रै छ, तर कोट मन पर्दैन,’ उनले भनिन्, ‘मन नपरे पनि लगाउनै पर्‍यो ।’
सोही कलेजकी छात्रा आङसेरी शेर्पा पोसाक छनोटमा आफूले चासो नदिएको बताउँछिन् । ‘पढ्न जाने हो, पोसाक छान्न होइन,’ उनले भनिन् । तर, चुज पाइन्ट मन पर्ने उनले सुनाइन् । कोटको सट्टा स्वेटर भएको भए खुसी हुने उनको भनाइ थियो ।
बजारमा चलेको फेसन सबैका लागि उपयुक्त नभएजस्तै चुज पाइन्टमा सबै राम्रो नदेखिने बताउँछिन् जनकपुरकी अनु केसी । उनी पनि नमुना फेसन कलेजकी छात्रा हुन् । ‘शरीरको बनोटअनुसार कपडाको छनोट गर्नुपर्छ,’ आफ्नो शरीरको ख्यालै नगरी अरूको सिको गर्नेलाई उनको सुझाव थियो । जसलाई जे लगाउँदा उपयुक्त हुन्छ त्यो लगाउने हो, ‘एउटालाई सुहाएको कपडा अर्कालाई राम्रो नदेखिन पनि सक्छ,’ उनले भनिन् ।

त्यस्तै कपडा छनोट मौसमअनुसारको हुनुपर्नेमा उनले जोड दिइन् । ‘जाडोमा डार्क कलर गर्मीमा लाइटकलरको राम्रो म्याच गर्छ,’ समय-समयमा बुटिकहरूको भ्रमण गरेर फेसनका बारेमा परामर्शसमेत दिने गरेको उनले सुनाइन् ।
‘छोटो स्कर्टको फेसन पनि राम्रै जमेको छ,’ अध्ययनका क्रममा आठ किसिमका स्कर्टको अध्ययन गरेका मीनभवनका सजी श्रेष्ठले भने । उनी नमुना फेसन कलेजमा स्नातकतह अन्तिम सेमेस्टर अध्ययन गर्दै छन् ।
आठ इन्चको मिनी स्कर्ट, त्यसभन्दा सानो माइक्रो स्कर्ट, एबभ नि, बिलो नि, एङ्कल स्कर्ट, बिलो एङकल आदि । ‘गर्मीमा केटीहरूका लागि स्कर्ट पनि राम्रै हुन्छ,’ उनले भने, ‘तर साइज भने शरीरअनुसार फिट हुने चाहियो ।’

पोसाकले मानिसलाई आकर्षक बनाउँछ । अपोजिट सेक्सले हेरोस्, त्यसमा पनि राम्रोले हेरोस् भन्ने चाहना सबैमा हुन्छ । पोसाकले केटालाई ‘परिपक्व’ देखाउने बताउँछन् सहायक क्याम्पस प्रमुख श्रेष्ठ । ‘पुरुषको कसिएको सुगठित शरीरमा फिटिङ कपडा बढी आकर्षक देखिन्छ, लुज कपडामा केटीहरू बढी सेक्सी देखिन्छन्,’ श्रेष्ठले भने, ‘सुटमा भन्दा साडीमा महिला बढी सेक्सी देखिन्छन् ।’

फेसनका हिसाबमा नेपाली समाज युरोपेली संस्कृतिबाट बढी प्रभावित भएको उनको ठहर छ । तर, सीधै युरोपेली डोमिनेटेड नभई चीन डोमिनेटेड भएको पनि उनले स्पष्ट पारे । ‘चाइनिज मार्केट र युरोपेली मार्केटमा खासै भिन्नता छैन, युरोपेली मार्केटमा एउटा फेसन आउनेबित्तिकै त्यसकोे आधिकारिक विक्रेता वा उत्पादक चाइनिज उद्योग भइदिन्छ र हाम्रो बजार त्यसैले भरिन्छ,’ उनले सुनाए । तर, सामाजिक उत्सव, पार्टी, र भेटघाटमा भने भारतीय संस्कृतिको प्रभाव छ ।

त्यस्तै बैंक र वित्तीय संस्थाका औपचारिक कार्यक्रममा पनि भारतीय संस्कृतिको पोसाकको माग बढी छ । ‘भोज, चाड र पार्टी सिजनमा लगाइने पोसाक इन्डियन मोटिभेटेड छ, टिन एजरहरू युरोपेली बजार मोटिभेटेड र मिडिल एजकाहरूले क्याजुयल वेयर लगाउँछन्,’ सनिजले सुनाए । त्यस्तै केटीको लहेङ्गा, वान पिस, इम्ब्रोइडरी, सितारा भरेको कुर्ता सलवार, सेतो साडीको माग पनि धेरै छ । केटामा भने थि्र पिस सुट ‘टु बटन कोट, सेरवानी, स्कार्फलगायतको माग छ । यस्ता कपडा औपचारिक कार्यक्रममा बढी लगाइन्छन् ।
कपडा आफ्ना लागि उपयुक्त हुने छान्ने हो । दौरा-सुरुवालको माग त न्यून रहेको बताउँछन् फेसन डिजाइनिङमा स्नातक तह अन्तिम वर्ष अध्ययन गर्दै गरेका ताप्लेजुङका जगत खपांगी ।

नेपाली समाज फेसनेबल हुँदै गए पनि फेसन डिजाइनिङ अध्ययन गर्ने केटाको संख्या भने न्यून छ । नमुना फेसन कलेजमा अध्ययन गर्दै गरेका २८ जना विद्यार्थीमा तीनजना मात्र केटा हुनुले पनि यसलाई पुष्टि गर्छ । यस्तो हुनुमा केटाहरू सबै ठाउँ घुम्नसक्ने, जुनसुकै काम गर्न सक्ने र हठी हुनाले त्यसो भएको सहायक क्याम्पस प्रमुख श्रेष्ठले भने । ‘केटाहरू शारीरिक परिश्रम पनि गर्न सक्छन् । अरूलाई थर्काएर काम लगाउन सक्छन् । तर, केटीहरूको स्वभाव त्यस्तो हुँदैन,’ उनले भने । फेसन डिजाइनिङ सिलाइसँग सम्बन्धित रहेकाले केटीकोे त्यतातिर बढी झुकाव देखिएको उनको ठम्याइ छ ।

अर्जुन पौडेल

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/05/26/p510/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.