May 26, 2009

सरकार तीन महिनामा ढल्दैन : प्रधानमन्त्री

Filed under: News

काठमाडौं, ११ जेठ प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो सरकार कसैकसैले -माओवादीले) भनेजस्तै तीन महिनामा नढल्ने दाबी गरेका छन् । राष्ट्रपति डा.रामवरण यादवबाट शपथ लिएलगत्तै उनले दुईजना मन्त्रीलाई शपथ दिलाए, कार्यभार सम्हाले र दाबी गरे, ‘कसैले भनेजस्तो यो सरकार तीन महिनामा ढल्दैन, नयाँ संविधान नबनेसम्म र शान्तिप्रक्रिया टुंगोमा नपुगेसम्म सरकार चल्छ,’ उनले भने, ‘कसैले यसले पाँच वर्ष खान्छ भन्ने डर मानेका होलान्, त्यो पनि होइन, लक्ष्यसम्मका लागि मात्रै यो सरकार हो ।’ आपmनो नेतृत्वको सरकार नयाँ संविधान र शान्तिप्रक्रिया तार्किक निष्कर्षमा नपुगेसम्म नढल्ने दाबी पनि प्रधानमन्त्री नेपालले गरे ।

प्रधानमन्त्री नेपालले तत्कालका लागि एमाले नेताद्वय सुरेन्द्र पाण्डेलाई अर्थ र विद्यादेवी भण्डारीलाई रक्षामन्त्रीमा नियुक्त गरेका छन् । उनी कांग्रेसलगायतका २२ दलको समर्थनमा शनिबार प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । शपथ लिएलगत्तै कार्यभार सम्हाल्न सिंहदरबारस्थित कार्यालय पुगेका प्रधानमन्त्री नेपालले शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने र तोकिएको समयभित्र नयाँ संविधान निर्माण गर्नु आपmनो प्रमुख दायित्व भएको बताए । आपmनो नेतृत्वको सरकारले चाँडै सर्वदलीय स्वरूप पाउने विश्वास पनि उनले व्यक्त गरे । माओवादीलाई पनि सरकारमा सहभागी गराउन आपmनो प्रयत्न रहने प्रधानमन्त्री नेपालले बताए । सरकार ढलाएर नयाँ सरकार बनाउने खेलले कसैलाई पनि फाइदा नपुग्ने उनले बताए । सरकारले चाँडै नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रधानमन्त्री नेपालले जानकारी दिए । ‘सबै दलको सहमतिमा नीति तथा कार्यक्रम र बजेट तयार गरिन्छ,’ उनले भने ।

यसअघि, बिहान १०ः५० मा प्रधानमन्त्री नेपाल पत्नी गायत्रीका साथ पद तथा गोपनीयताको शपथ लिन राष्ट्रपतिभवन शीतलनिवास पुगेका थिए । सेतो दौरा-सुरुवाल, खैरो कोट र कालो भादगाउँले टोपीमा सजिएर नेपाल शपथ लिन पुगेका थिए । दिउँसो १२ः१२ मा उनी सरकारी सुविधासहित बा.१झ५४५६ नम्बरको गाडीमा पत्नी गायत्रीलाई राखेर शीतलनिवासबाट बाहिरिएका थिए । निर्धारित समयभन्दा १० मिनेट ढिला गरी ११ः१२ मा प्रधानमन्त्री नेपालले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवास नेम्वाङ, प्रधानन्यायाधीश मीनबहादुर रायमाझी, विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक निकायका प्रमुख, राजनीतिक दलका नेता, सभासद्, विशिष्ट कर्मचारीहरूको उपस्थिति थियो । कार्यक्रममा माओवादी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता बाबुराम भट्टराईको उपस्थिति रहेको थिएन । उपस्थित माओवादी संसदीय दलका नेता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री नेपाललाई बधाई दिन नगए पनि नेता कृष्णबहादुर महराले भने बधाई दिए । विवादमा रहेका प्रधानसेनापति रुक्मांगद कटवाल शपथग्रहण समारोहमा १०ः४१ मा राष्ट्रपतिभवन पुगेका थिए । बलाध्यक्ष कुलबहादुर खड्का १९ः३४ मिनेटमा नै राष्ट्रपतिभवन पुगेका थिए । कटवाल शपथ हुँदा मञ्चको ठीकपछाडि उभिएका थिए भने खड्का दर्शकदीर्घाम्ाा बसेका थिए । शपथग्रहण समारोहमा उपस्थित प्रधानमन्त्री नेपालका ९३ वषर्ीय पिता मंगलप्रसाद उपाध्यायले पनि लाइनमा बसेर छोरालाई बधाई दिए । यसैबीच, नवनियुक्त रक्षामन्त्री भण्डारी र अर्थमन्त्री पाण्डेले पनि सोमबार नै आ-आपmनो कार्यभार सम्हालेका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/05/26/p512/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.