July 8, 2009

न्यूयोर्कको सडक बडारे नेपालीले

Filed under: News

वेद प्रसाद खरेल
न्यूयोर्क,रिजउड रिजउड नेपलीज सोर्साईटीको आयोजनामा यही जुलाई फोरको अवसरमा न्यूयोर्कमा बस्ने नेपालीहरुले ‘सफा र हरियो अमेरिका’ Clean and Green America अमेरिकाको नारा सहित न्यूयोर्कको रिजउडमा सडक सफाई अभियान सुरुवात गरेका छन् । अमेरिका स्वतन्त्र भएको दिनबाट थालिएको यस अभियानलाई अफ प्रभावकारी रुपमा अझ अगाडी बढाउन थप कार्यक्रमहरुको तर्जुमा गरिने कुरा रिजउड नेपलिज सोर्साईटीका अध्यक्ष श्री पराजुलीले बताउनुभयो ।

ज्ञात रहोस रिजउड नेपलीज सोर्साईटीले रिजउडमा नेपाली बस्ती बसाल्ने अभियान अर्न्तगत यत्रतत्र छरिएर बसेका नेपालीहरुलाई रिजउडमा आउन बस्न अभ्रि्रेरित गरेपछि हाल रिजउडमा झन्डै एक हजार भन्दा बढी नेपालीहरु एकबद्ध भएर बसेका छन् । न्यूयोर्कमा गैह्र राजनितीक,सामाजी संस्थाको रुपमा स्थापति रिजउड नेपलिज सोर्साईटी नेपालीहरुका संस्थाहरु मध्ये सबैभन्दा संगठित,अनुसासित र सामाजिक भावनाले ओतप्रोत भएको संस्थाका रुपमा चिनिन्छ ।रिजउड नेपलिज सोर्साईटिका अध्यक्ष श्री पराजुलीको अगुवाईमा र संस्थापक अध्यक्ष मोहन ज्ञवाली लगायतका थुप्रै नेपालीहरुको सहभागीतामा ‘सफा र हरियो अमेरिका’ Clean and Green America आयोजित सफाई अभियान अर्न्तगत रिजउड शहरको मार्टल र वाइकफ एभेन्युका गल्लीहरु सफाई गरि कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको थियो ।

हातमा झाडु फोहर उठाउने ढस्टबिन,गारबेज व्याग सहित रिजउड नेपलिज सोर्साईसटी लेखिएको टिर्सट लगाएर हिडेका नेपालीहरुले गरेको सफाई अ.भियानलाई स्थानिय जनताले राम्रेा सुरुवात भनि स्वागत गरेका थिए । अध्यक्ष पराजुलीले कार्यक्रमबारे प्रकाश पार्दै भन्नु भयो- “जब हामी अमेरिका आयौं, यो देशले हामीलाई बस्नको लागि बास, काम मात्र होइन अशिमित सम्भाबनाका ढोकाहरु खोली दियो। यो देशले हामीलाई हामी यो देशको नागरिक नहुँदा पनि राम्रो जीवनस्तर दिएको छ। त्यसैले हामीले यो देशलाई पनि बदलामा केही गर्नु पर्छ भन्ने लागेर यो अभियान थालेका हौं।” यो र यस्तै अन्य रचनात्मक कार्यक्रमहरुलाई भबिश्यमा पनि निरन्तरता दिने बताउनु भयो।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/07/08/p514/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.