August 26, 2009

संसार बिचित्रको छ

Filed under: Literature

अर्जुन दाहाल

संसार विचित्रको छ

चित्रभित्र तस्वीरको इतिहास

जहाँ हेर्यो त्यहीँ तस्वीर

छ भनेर हर्ेने हो भने

कसैले आँखा छोपेर हर्ेलान्

कसैले मज्जाले धित् मारेर हर्ेलान्

किनकि,

त्यहाँ एउटा अश्लील आकृति कुँदिएको छ ।

म्ाानिसलाई एसी, टिभी, फ्रीज चाहिएको छ

आलिशान भवन र विलासिता चाहिएको छ

एस.एल.आर., न्यूक्लियर, आणविक, जैबिक बम बनाइएको छ

म शक्तिशाली हो भन्ने होडबाजी चलिरहेको छ

राष्ट्र बचाउने ख्याल नै रहेनछ

आफैं र विश्वलाई ध्वस्त पार्न कति हतार

किनकि,

पृथ्वी बचाइराख्ने प्राकृतिक शक्ति ओजोन पातलिंदै छ

समाज पनि विचित्रको

जोसँग बुद्धि छैन, ऊ बुद्धिबहादुर

जो सधैँ गरीब छ, ऊ धनपति

जो सधैँ पराजीत छ, ऊ अजय अनि विजय

जो कमजोर छ, ऊ बलबहादुर

यस्तै भएर होला,

जो साहित्य सृजना गर्दैन,

ऊ साहित्यकार अनि साहित्यिक संस्थाका प्रमुख

यी सवै विचित्रताले र्स्वर्ग पनि हल्लियो

पृथ्वीमा साहित्यलाई बचाउन भानुभक्तलाई पठाइयो

भानु आए नेपालै, खोज्न थाले घाँसीलाई

लागेछ १० वर्ष १३ हज्जार घाँस काट्न घाँसीलाई

भेटे घाँसीलाई भानुले जनयुद्धको भेषमा

बल्ल थाहा पाए गणतन्त्र आएछ देशमा

लागिपरेछ घाँसी गरीब र पीडितको उत्थानकालागि

अनि जनजाति, दलित र शोषित वर्गका लागि

१९५० को राष्ट्रघाती सन्धी खारेज गर्दै राष्ट्रको मुहार फर्ेन

शाही शासन राजतन्त्र समाप्त पार्दै जनवादी गणतन्त्र ल्याउन

मेरो एक दशक बित्यो जनयुद्ध हेर्दै

तर कुनै हेक्का भएन,

१३ हजारको पीडा र रगतको छाल

बेदना र चित्कार सकिएन लेख्न

पछि पो थाहा पाएँ १३ हजार कविता बन्ने रहेछ

घाँसी दर्रि्र घरको तर बुद्धि कस्तो

म भानुभक्त र्स्वर्ग गर्एइकन नेपालमा भयो यस्तो

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/08/26/p521/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.