November 9, 2009

कुबेतमा श्रम सम्बन्धी नयाँ कानुन, नेपालीहरुको अबस्था भने जस्ताको त्यस्तै

Filed under: News, Article

आर बि बुढाथोकी

कुबेत सरकारले प्रबासी कामदारहरुका लागि श्रम सम्बन्धी नयाँ कानुन घोषणा गरेको छ। कुबेतका बिभिन्न संचारमाध्यामद्वारा प्रकाशित समाचार अनुसार बिभिन्न कम्पनीमा कार्यरत कामदारहरुलाई सुबिधाको लागि भनेर तीन बर्ष निरन्तर एउटै कम्पनीमा काम गरेर कम्पनीको सम्झौता पुरा गरेपछी आफुखुसी अन्य कम्पनीमा भिसा सारेर जुनसुकै कम्पनीमा जान पाउने नियम प्रकाशित भएको छ। नयाँ नियम अनुसार कम्पनीले रिलिज नदिएको खण्डमा कामदार आँफैले सुन कार्यालयमा गएर पुरानो कम्पनी छाडेर नयाँ कम्पनीमा सर्नको लागि निबेदन दिन पाउने प्रबधान गरेको छ। साथै आफ्नो सम्झौता पुरा भएपछी आफ्नै भिसा लगएर स्वतन्त्र रुपमा काम खोजेर गर्न पनि सकिने छ। कम्पनीले समयमा तलब भत्ता दिनु पर्ने, बस्ने घर सुबिधा सम्पन्न हुनुपर्ने, डिउटी आवर तोकिनु पर्ने जस्ता नियमहरु पनि समाबेश गरिएको छ। विस्व बजारमा हरेक खाद्यन तथा दैनिक उपभोग्य बस्तुहरुको भाउ आकाशीएकोले कम्पनीहरुलाई कामदारको तलब भत्ता बढाउन पनि निर्देशन पत्र कटिएको जनाएको छ।

तर यहाँ सोचनिय कुरा के छ भने कुबेतमा कार्यरत कयौ कामदारहरुको तलब भत्ता बर्षाउदेखी नबढाएको र एउटै कम्पनीमा लामो समय सम्म काम गर्नु पर्ने कम्पनीको आ-आफ्नै प्रबधान छ बिशेष गरी कुबेतका फास्ट फुड कम्पनीहरुमा कार्यरत नेपालीहरुको बेथा आफ्नै छ। बिसौ बर्ष सम्म एउटै कम्पनीमा काम गर्दा पनि एउटै तलब भत्तामा काम गर्नु पर्ने बाध्यता छ अनी अन्य कम्पनीमा सर्नको लागि पनि निकै कठिन रहेको कामदारहरु बताउछन।

घरेलु कामदार नेपाली चेलीहरुको बेथा झन दर्दनाक छ। सबै देशहरुले आफ्ना देशका कामदारहरुलाई तोकिएको तलब भत्ता नदिए कामदार नपठाउने अडान राखेपछी नेपाली चेलीहरु सस्तो तलबमा अत्यधिक मात्रमा भित्रिन थालेका छन। यसमा नेपाल सरकारले पनि कुनै पनि चासो नदेखाएपछी कामदार आँफैले के नै गर्न सक्छन र । कुबेतमा झन्डै २०-२२ हजार कामदार रहेको तथ्यांक देखाए पनि वास्तबिक आकडा भने कसैसँग छैन।

कयौ नेपाली कामदारहरुलाई कुबेतबाट ईराकमा लगेर जोखिमपूर्ण काम लगाएका छन यहाँका कम्पनीहरुले तर यसको लेखाजोखा कसैले गर्दैन। केही बर्ष पहिला १२ नेपाली कामदारहरुको ईराकमा गरिएको बिभत्स हत्या अनी उर्लिएको नेपालीहरुले गरेको आन्दोलन अब नेपाल सरकारले बिस्तारै बिर्सदै गएको छ।

बिगत एक बर्ष देखी बन्द रहेको नेपालीहरुको लागि कुबेत आगमन भिसा खोल्नको लागि नेपाल सरकारको तर्फबाट कुबेत सरकारसँग कुनै पनि प्रयास नगरिएको देख्दा लाग्छ नेपालमा सरकारनै छैन।

कुबेतमा नेपाली कामदार अत्याधिक मात्रमा माग हुने बिगतमा हाल बिस्तारी कम्पनीहरुमा नेपालीहरु रितिदै छन। इजराइल हुँदै दुबइसम्म आइपुगेका श्रम मन्त्री कुबेतमा किन छिरेनन् ,यहाँ नेपालीहरुले भोगेको समस्यालाई थोरै पनि अबाज उठाएनन यो भने सोचनिय छ। अब नेपाली कामदार आँफै जागरुक हुने बेला आएको छ कुबेतमा।

नेपाली घरेलु कामदार दिनहु रुपमा कुबेत भित्रिएको देख्दा कुबेतमा पुरुष भन्दा महिला कामदार बढी हुनुपर्छ भन्ने अनुमान सजिलै गर्न सकिन्छ। नेपाल सरकारले नेपाली महिला कामदार खाडी देशमा पठाउन रोक होइन ब्यबस्थित गर्नु जरुरी छ अनी सम्भन्धित सरकारसँग निडर तरिकाले अरु देशहरुले जस्तै श्रमको मुल्यलाई बुझेर श्रम सम्झौता गर्नु पर्ने सबैको माग छ।

कती नेपाली चेलीहरु तलब नपाएर,मालिकको अत्याचार सहन नसकेर घर छोडेर अबैद रुपमा बिना पासपोट अरुको शरणमा बसेका छन। प्राय हरेक बर्ष रमदानको अबसर पारेर कुबेत सरकारले आफ्नो मुलुक फर्कने सुबर्ण अबसर प्रदान गर्दै आएको थियो तर यो बर्ष कुनै नाम निसानै छैन। कयौ नेपाली चेलीहरु सम्मान पूर्वक आफ्नो देश फर्कनको लागि यही अबसर पर्खेर बसेका छन् ।

बिभिन्न सपनाहरु गुनेर यहाँ छिरेका नेपाली चेलीहरु यहाँको वास्तविक बुझेपछी आफ्नै मुलुक फर्कन चाहन्छन। कुवेतमा नेपाली दुतावास खुल्ने भनेको पनि हाती आयो-हाती आयो फुस्सा भएको छ । नेपाल सरकारको कमजोर निती तथा निकम्मा स्वभाबले गर्दा दुताबास महिनै नपुगी तुहिने सम्भाबना देखीसकिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/11/09/p524/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.