एक हप्ता भित्र सहमती हुने प्रचण्डको विश्वास
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले एक हप्ताभित्र राजनीतिक सहमति हुने विश्वास व्यक्त गर्नुभएकॊ छ । सहमतिका लागि सकारात्मक छलफल भईरहेकाले सहमतिको संभावना वढेको उहाँले वताउनु भयो । मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपाल क्रान्तिकारीको एकता राष्ट्रिय सम्मेलनका क्रममा वीरगंज पुग्नुभएका प्रचण्डले वर्तमान सरकारका मन्त्रीहरुले सेना परिचालन र संविधान सभा विघटन गर्छु भन्नु शान्ति प्रकि्रया भाड्ने खेल भएको बताउनुभयो ।
उहाँले माधवकुमार नेपालको सरकार राष्ट्रिय सहमतिको सरकार हुन नसक्ने स्पस्ट पार्दै यो सरकारलाई विघटन गरी राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभयो ।
संसद अवरोध आफुहरुको चाहना नभएको वताउदै अध्यक्ष प्रचण्डले दलहरुसंग वार्ता गरी सहमतिका साथ सदन खोल्न आफुहरु तयार रहेको वताउनु भयो । शान्ति प्रकि्रयामा संयुक्त राष्ट्रसंघको भूमिका सकारात्मक रहेको बताए स्पस्ट पार्दै उहाँले राष्ट्रसंघले शान्ति प्रकि्रयाको पक्षमा बोल्दा उसको आलोचना गर्नु भनेको शान्तिको विरोध गर्नु सरह हुने बताउनु भयो ।भारतीय माओवादीलाई नेपालबाट हतियार आपुर्ति गरिएको भन्ने आरोपको समेत अध्यक्ष प्रचण्डले खण्डन गर्नुभयो