November 9, 2009

eDV खुल्यो अमेरिका जाने होइन त ?

Filed under: News

चिज कुमार श्रेष्ठ
अमेरिकाले सन् २०११ का लागि डाइभर्सिटी भिसा (डीभी) चिठ्ठाको अनलाइन आवेदन शुक्रबारदेखि प्रारम्भ गरेको छ । डीभी-२०११ अन्तर्गत ५० हजारलाई स्थायी बसोबास गर्न भिसा दिइने अमेरिकी विदेश मन्त्रालयको योजना रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । यो प्रक्रिया २००९ अक्टोवर २ देखि शुरु भएर २००९ डिसेम्वर १ मा सकिने जनाइएको छ। सन् २०१० का चिठ्ठा विजेताहरूको अर्न्तवार्ता लिने क्रम अक्टोवर २१ देखि शुरु हुने अमेरिकी राजदूतावासले जनाएको छ । डीभी कार्यक्रम अमेरिकामा जातिय विविधता बढाउनका लागि ल्याइएको कार्यक्रम हो।

कसरी भर्ने डिभी भनेर व्याख्या गरिरहनु भने जरुरत पर्छ जस्तो लाग्दैन मलाई । डीभी भर्न नेपालका थुप्रै साइवरदेखि लिएर विशेष डिभी भर्न कै लागि भनेर थुप्रै अफिसहरुमा होडिङ वोर्ड र व्यानर तथा तुलहरु टाँगिएका हुन्छन् । यस्ता ठाउँहरुबाट भर्दा महंगो चार्ज तिरेर भरिन्छ ।

तर विना चार्ज डिभी भर्न भने यसको अफिसियल वेवसाइटमा जानुपर्ने हुन्छ । यसको अफिससियल वेवसाइटमा जान यहाँ http://www.dvlottery.state.gov/ क्लीक गर्नुहोस् । Form भर्नु अघि Instructions लाई राम्ररी पढ्नुस त्यसमा सवै कुरा स्पष्ट लेखिएको छ । जस्तै फोटो कुन साइजको कस्तो हुनुपर्ने (http://www.dvlottery.state.gov/photo.aspx ) आदि इत्यादि ।

डिभी भरेर पनि अमेरिका जान नपाएको भनि थुप्रै आन्दोलनहरु नेपालमा वर्षपिच्छे हुने गर्दछन् । र कतिपयले डिभी परेर नै अन्तर्वार्ता दिइ अमेरिका पुगेका उदाहरणहरु पनि छन् । त्यसैले डिभी चिठा पर्नु, अन्तर्वार्ता हुनु र अन्तर्वार्तामा छानिनु सवै कुरा मिलेर नै अन्तिमरुपमा अमेरिका प्रवेश हुने गर्दछ भने कतिपयको भने प्रोसेसका क्रममा सपनाहरु सपना मै सीमित हुन जान्छ । तैपनि विना मूल्य एउटा र्फम भर्नु कुनै ठूलो कुरा होइन भाग्यमा भए अवश्य नै त्यो प्राप्त होला नै ।

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/11/09/p532/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.