November 9, 2009

राष्ट्र विप्लवकारी संघीयता विवादमा

Filed under: Article

केडिबी राउत

सात सालको परिवर्तन पश्चात् भद्रकाली मिश्र, बेदानन्द झा, डा।पिताम्बर झा, नागेश्वरप्रसाद सिंह, गजेन्द्रनारायण सिंह प्रवृत्तहरूले तर्राई कांग्रेसको नामबाट मधेस स्वायत्तताको नारा लगाए । अहिले यिनका अनुयायीहरू बढेर १०९ भन्दाबढी सशस्त्र समूहहरू नेपाल राष्ट्र विप्लवका निम्ति निशाना सा?धिरहेका छन् । सो प्रयोजनका निम्ति भारतीय कतिपय नेताहरूको प्रत्यक्ष परोक्ष सहयोग जारी छ ।

निर्दलीय पंचायतीकालरात्रीमा सिरिथेवे लिम्बु एवं खगेन्द्रजंग गुरूङले उठाएको जातीय, क्षेत्रीय स्वशासनको नारा २०४७ सालपछि काजीमान कन्दङ्वाले स्थापना गरेको जनजाति पाटीले पहिलोपटक उठाएको संघात्मक राज्य र समानुपातिक प्रतिनिधित्वको नारा अहिले पूर्वी नेपालमा कुमार लिङ्देनहरूले लिम्बुवान-खुम्बुवानका नाममा घनीभूत रूपमा उठाइरहेका छन् । २०६५ फागुन १८ मा स्वायत्तताका निम्ति हस्ताक्षर पनि गराइसकेका छन् । मधेश पृथकतावादीले चाहिं २०६४ फागुन १६ गते नै कोइराला सरकारलाई औंठा छाप गराए । लिम्बुवान-खुम्बुवानमा २९ वटा समूह स्वायत्तताका निम्ति आन्दोलित छन् ।

तर्राई कांग्रेस र जनजाति पाटीको झिनो स्वरलाई माओवादी पाटीको दश वर्षिय सशस्त्र जनयुद्धकालमा घनिभूत पार्?यो र आफ्नो सांगठनिक संरचनालाई तदनुरूप जातीय स्वायत्त राज्यका आधारमा स्थापित गर्?यो । अरू पाटी भने रमित हेर्ने र जुहारी खेल्नेमा छन् भने माओवादी र मधेसी पाटी व्यवहारद्धारा अर्थात् जातीय प्रादेशिक आन्दोलनद्वारा जातीय प्रदेश स्थापनाको कसरत गरिरहेका छन् । माओवादीले ३ भाषिक, २ भौगोलिक र ८ जातीय प्रदेशको अभ्यास गरिरहेको थियो । अहिले फेरि ११ जातीय प्रदेश र ७० जातीय इलाकाको नौटंकी गरेको छ । मधेस पृथकतावादीले भने एक मधेश एक प्रदेशको दावी जारी राखेका छन् । उपराष्ट्रपति झाले भाषिक आन्दोलनको आवरणमा एक मधेश एक प्रदेशको राजनीति गरेका छन् जुन आपत्तिजनक छ ।
मधेश पृथकतावादीको कथन छ-ूहामी मधेशीलाई राष्ट्रियता नभएको, राष्ट्रियता, भाषा, संस्कृति, र्सार्वभौमिकताप्रति नकारात्मकता राख्ने पहाडिया धारणा छ, त्यसैले छुट्टै मधेश देश बनाउ?छौं, अंशवण्डा लगाउ?छौं लगाउ?छौं ।ू

सा?च्चै भन्ने हो भने सशस्त्र र संसदीय अधिकांश नेता तथा कार्यकर्ताहरू नेपाल र नेपालीविरोधी मात्रै देखिन्छन् । राष्ट्रियता विरूद्ध शंकास्पद काम गर्दै रहेको अनुभूति मात्रै दिन्छन् । मधेसमा बस्ने पहाडियामूलका पनि मधेशी नै हुन्, जंगल फा?डेर बसेका ूआदिवासीू हुन, तिनलाई विस्थापित गर्ने जुन अभियान चलाए त्यहीबाट जघन्य अपराधी प्रमाणित भैसकेका छन् ।
मधेश पनि अखण्ड नेपाल हो, खसान भूमि हो । त्यहा? नेपालीको र्सार्वभौम अधिकार छ । संघात्मक व्यवस्थाको बाहना बनाएर टुक्र्याउने प्रयत्न भोलि सबै दिवास्वप्नमा परिणत हुने छन् । संघीयता विरूद्ध गाउ?गाउ?मा जनमत घनिभूत हु?दैछ । भारतले पन्जाव वा यस्तै अन्य प्रदेश टुक्रिन दिएन, श्रीलंकाले विश्व जनमत विरूद्ध दिनमा दर्ुइहजार पटक गोली बषर्ाएर भएपनि श्रीलंकाको र्सार्वभौमिकता रक्षा गर्?यो भने नेपालले पनि रक्षा गर्ने साहस राख्दछ । देश नै नरहने भएपछि कुनै दिन नेपाली लेण्डुप दोर्जेहरूको बध जनताले गर्ने छन् । राष्ट्रियताको र्सार्वभौमिक रक्षा र जातीय हिंसाको आन्दोलन पनि प्रलयकारी नै हुन्छ । माओवादी र मधेशी विल्कूल जातिवादी संर्घषमा लिप्त भएको हु?दा यसले यिनलाई यसैपटक पतन गराउ?छ ।
माओवादी, मधेशी र जनजाति जातीय स्वायत्त संर्घषका कारण सिद्धान्ततः संघीयता मुलुकको मूलधार बनिसकेको छ । अन्तरिम संविधानमा पनि कोड भैसकेको छ ।

तर यी तीन थरी बाहेक अरू पाटीका नेताहरू व्यक्तिगत रूपमा संघीयता पक्षधर छैनन् । त्यसैले उनीहरू संघीयता उडाउने आन्दोलनरूपी बाढीको इन्तजारमा छन् । राष्ट्रघाती-राष्ट्रविप्लवकारी सशस्त्र संगठनहरू रह?दासम्म बनेको कुनै पनि प्रयत्न र नामको संविधान निरिह भएर त्यसले झन् संकट निम्त्याउने हु?दा संघीयता र संगठित हतियारको विवाद व्यवहारद्वारा नटुग्यांउ?दासम्म संविधान बनाउन नहतारिए हुन्छ । विवादस्पदकालमा उत्पन्न संविधानको रक्षक र पालक कोही हुन्नन् ।
संसारमा रहेका दुइसय देश मध्ये २८ वटामा मात्रै त्यो पनि छुट्टाछुट्टै स्वतन्त्र राज्यहरू भएका कारण संघीय व्यवस्था छ । लोकप्रिय र उपयोगी व्यवस्था भएको भए किन त्यतिमै सीमित रह्यो त - नेपालको सर्न्दर्भमा त यो पूरै राष्ट्रघाती समाजघाती व्यवस्था हो । आर्थिक विषयमा छलफल भएकै छैन, आर्थिकरूपमा त यो देश विकाउ व्यवस्था हो । त्यसैले प्रकारन्तरले संविधान र संघीयता दुवै नबन्ने -नबनाउने सवारीमा नेताहरू सवार भैसकेका छन् । एक मधेश एक प्रदेश भन्ने परमानन्द झाहरू र माओवादीहरू पनि लगत्तै बन्चरो उज्याउ?दैछन् । दिल्लीका बादशाहहरू पनि आ?खा सन्काउ?दैछन् ।

त्यसैले विकेन्द्रिकरणयुक्त स्वशासन सहितको एकात्मक राष्ट्र कायम गरिनु नै व्यवहारमा राष्ट्र प्रेम हो । पराधिन चिन्तन, परमुखापेक्षी प्रभाव, परावलम्बी आचरण र परतन्त्रमा नसिकताले राष्ट्रियताको रक्षा हुन सक्दैन । त्यसैले देशभक्तहरू स्पष्ट भएर खरो उत्रने दिन आएको छ । संघीयता खारेजी विना देश बा?च्दैन ।

source: www.nepalarab.com

Comments »

The URI to TrackBack this entry is: http://chij.blogsome.com/2009/11/09/p534/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Thank you for visiting my blog.