November 9, 2009

राष्ट्र विप्लवकारी संघीयता विवादमा

Filed under: Article

केडिबी राउत

सात सालको परिवर्तन पश्चात् भद्रकाली मिश्र, बेदानन्द झा, डा।पिताम्बर झा, नागेश्वरप्रसाद सिंह, गजेन्द्रनारायण सिंह प्रवृत्तहरूले तर्राई कांग्रेसको नामबाट मधेस स्वायत्तताको नारा लगाए । अहिले यिनका अनुयायीहरू बढेर १०९ भन्दाबढी सशस्त्र समूहहरू नेपाल राष्ट्र विप्लवका निम्ति निशाना सा?धिरहेका छन् । सो प्रयोजनका निम्ति भारतीय कतिपय नेताहरूको प्रत्यक्ष परोक्ष सहयोग जारी छ । (more…)

संविधानसभा भंग गरी राष्ट्रपति शासन लगाउन कांग्रेसको प्रस्ताव

Filed under: News, Article

रामशरण बजगाईं

संविधानसभा भंग गरी राष्ट्रपति शासन लागू गर्ने गोप्य प्रस्ताव सत्तारुढ कांग्रेसले एमालेसमक्ष राखेको छ । एमाले उपाध्यक्ष अशोक राईले कांग्रेसले औपचारिक छलफलमा नै यस्तो प्रस्ताव ल्याएको खुलासा गरेका छन् । (more…)

कुबेतमा श्रम सम्बन्धी नयाँ कानुन, नेपालीहरुको अबस्था भने जस्ताको त्यस्तै

Filed under: News, Article

आर बि बुढाथोकी

कुबेत सरकारले प्रबासी कामदारहरुका लागि श्रम सम्बन्धी नयाँ कानुन घोषणा गरेको छ। कुबेतका बिभिन्न संचारमाध्यामद्वारा प्रकाशित समाचार अनुसार बिभिन्न कम्पनीमा कार्यरत कामदारहरुलाई सुबिधाको लागि भनेर तीन बर्ष निरन्तर एउटै कम्पनीमा काम गरेर कम्पनीको सम्झौता पुरा गरेपछी आफुखुसी अन्य कम्पनीमा भिसा सारेर जुनसुकै कम्पनीमा जान पाउने नियम प्रकाशित भएको छ। नयाँ नियम अनुसार कम्पनीले रिलिज नदिएको खण्डमा कामदार आँफैले सुन कार्यालयमा गएर पुरानो कम्पनी छाडेर नयाँ कम्पनीमा सर्नको लागि निबेदन दिन पाउने प्रबधान गरेको छ। साथै आफ्नो सम्झौता पुरा भएपछी आफ्नै भिसा लगएर स्वतन्त्र रुपमा काम खोजेर गर्न पनि सकिने छ। कम्पनीले समयमा तलब भत्ता दिनु पर्ने, बस्ने घर सुबिधा सम्पन्न हुनुपर्ने, डिउटी आवर तोकिनु पर्ने जस्ता नियमहरु पनि समाबेश गरिएको छ। विस्व बजारमा हरेक खाद्यन तथा दैनिक उपभोग्य बस्तुहरुको भाउ आकाशीएकोले कम्पनीहरुलाई कामदारको तलब भत्ता बढाउन पनि निर्देशन पत्र कटिएको जनाएको छ।

तर यहाँ सोचनिय कुरा के छ भने कुबेतमा कार्यरत कयौ कामदारहरुको तलब भत्ता बर्षाउदेखी नबढाएको र एउटै कम्पनीमा लामो समय सम्म काम गर्नु पर्ने कम्पनीको आ-आफ्नै प्रबधान छ बिशेष गरी कुबेतका फास्ट फुड कम्पनीहरुमा कार्यरत नेपालीहरुको बेथा आफ्नै छ। बिसौ बर्ष सम्म एउटै कम्पनीमा काम गर्दा पनि एउटै तलब भत्तामा काम गर्नु पर्ने बाध्यता छ अनी अन्य कम्पनीमा सर्नको लागि पनि निकै कठिन रहेको कामदारहरु बताउछन।

घरेलु कामदार नेपाली चेलीहरुको बेथा झन दर्दनाक छ। सबै देशहरुले आफ्ना देशका कामदारहरुलाई तोकिएको तलब भत्ता नदिए कामदार नपठाउने अडान राखेपछी नेपाली चेलीहरु सस्तो तलबमा अत्यधिक मात्रमा भित्रिन थालेका छन। यसमा नेपाल सरकारले पनि कुनै पनि चासो नदेखाएपछी कामदार आँफैले के नै गर्न सक्छन र । कुबेतमा झन्डै २०-२२ हजार कामदार रहेको तथ्यांक देखाए पनि वास्तबिक आकडा भने कसैसँग छैन।

कयौ नेपाली कामदारहरुलाई कुबेतबाट ईराकमा लगेर जोखिमपूर्ण काम लगाएका छन यहाँका कम्पनीहरुले तर यसको लेखाजोखा कसैले गर्दैन। केही बर्ष पहिला १२ नेपाली कामदारहरुको ईराकमा गरिएको बिभत्स हत्या अनी उर्लिएको नेपालीहरुले गरेको आन्दोलन अब नेपाल सरकारले बिस्तारै बिर्सदै गएको छ।

बिगत एक बर्ष देखी बन्द रहेको नेपालीहरुको लागि कुबेत आगमन भिसा खोल्नको लागि नेपाल सरकारको तर्फबाट कुबेत सरकारसँग कुनै पनि प्रयास नगरिएको देख्दा लाग्छ नेपालमा सरकारनै छैन।

कुबेतमा नेपाली कामदार अत्याधिक मात्रमा माग हुने बिगतमा हाल बिस्तारी कम्पनीहरुमा नेपालीहरु रितिदै छन। इजराइल हुँदै दुबइसम्म आइपुगेका श्रम मन्त्री कुबेतमा किन छिरेनन् ,यहाँ नेपालीहरुले भोगेको समस्यालाई थोरै पनि अबाज उठाएनन यो भने सोचनिय छ। अब नेपाली कामदार आँफै जागरुक हुने बेला आएको छ कुबेतमा।

नेपाली घरेलु कामदार दिनहु रुपमा कुबेत भित्रिएको देख्दा कुबेतमा पुरुष भन्दा महिला कामदार बढी हुनुपर्छ भन्ने अनुमान सजिलै गर्न सकिन्छ। नेपाल सरकारले नेपाली महिला कामदार खाडी देशमा पठाउन रोक होइन ब्यबस्थित गर्नु जरुरी छ अनी सम्भन्धित सरकारसँग निडर तरिकाले अरु देशहरुले जस्तै श्रमको मुल्यलाई बुझेर श्रम सम्झौता गर्नु पर्ने सबैको माग छ।

कती नेपाली चेलीहरु तलब नपाएर,मालिकको अत्याचार सहन नसकेर घर छोडेर अबैद रुपमा बिना पासपोट अरुको शरणमा बसेका छन। प्राय हरेक बर्ष रमदानको अबसर पारेर कुबेत सरकारले आफ्नो मुलुक फर्कने सुबर्ण अबसर प्रदान गर्दै आएको थियो तर यो बर्ष कुनै नाम निसानै छैन। कयौ नेपाली चेलीहरु सम्मान पूर्वक आफ्नो देश फर्कनको लागि यही अबसर पर्खेर बसेका छन् ।

बिभिन्न सपनाहरु गुनेर यहाँ छिरेका नेपाली चेलीहरु यहाँको वास्तविक बुझेपछी आफ्नै मुलुक फर्कन चाहन्छन। कुवेतमा नेपाली दुतावास खुल्ने भनेको पनि हाती आयो-हाती आयो फुस्सा भएको छ । नेपाल सरकारको कमजोर निती तथा निकम्मा स्वभाबले गर्दा दुताबास महिनै नपुगी तुहिने सम्भाबना देखीसकिएको छ ।

नम्रता, अश्लीलता र नयाँ सोच

Filed under: News, Article

टीकाराम राई
नेपालमा नवनायिका नम्रता श्रेष्ठ तातो चर्चाको विषय भएकै दिन असोज ४ गते भारतमा प्रख्यात सितारवादक शिवशंकरकी छोरी अनुष्का समाचार बनिन् । नम्रता नग्न भिडियो क्लिपले गर्दा चर्चामा आइन् भने ठगहरूले एक लाख अमेरिकी डलर नदिए उनको निजी फोटो सार्वजनिक गर्ने धम्की अनुष्कालाई दिएको उजुरी परेपछि सञ्चारमाध्यममा उनी छाइन् । (more…)

August 26, 2009

Inside story of Modeling (Documentary review in Nepali)

Filed under: News, Article

एउटी सुन्दर युवती भिडियो क्यामेराको अगाडि बसेकी छिन् । उनको नाम हो सिना केच । उनी मोडल हुन् । कुनै विख्यात फोटोग्राफरसँग उनी कास्टिङ गर्दै छिन् । केहीबेर फोटो खिचेपछि ऊ सिनालाई लुगा खोल भन्छ । उनी फोटोग्राफरको निर्देशनअनुसार लुगा खोल्दै जान्छिन् । सिना पहिरनमुक्त भएपछि फोटोग्राफर पनि आफ्नो सबै लुगा खोल्छ । र, सिनालाई भन्छ- ‘ए मैयाँ, केही सेक्सी हरकत गर न !’ फोटोग्राफरको सहयोगी सिनालाई फोटोग्राफरले भनेबमोजिम गर्न इसारा गर्छ । (more…)

May 26, 2009

वाह ! क्या सेक्सी !

Filed under: News, Article

माइक्रो स्कर्टमा कुमारी सिनेमा हलअगाडि लिफ्ट पर्खंदै गरेकी एक युवतीलाई देखिपछि सडक छेउमा उभिएका एक युवकले भने- ‘पहिरन होस त यस्तो ।’ प्रतिक्रिया सुनेपछि युवतीले युवकतिर कर्केनजर हेर्दै मुसुक्क मुस्कुराइन् । र, बाटो लागिन् ।

युवाको नजर युवतीमाथि नपरून् पनि किन ? काठमाडौंको मुटु नै कमाउने चिसोमा कलकलाउँदा तन्नेरी माइक्रो स्कर्टमा ! जो-कोहीका पनि आँखा सोझिने भए नै । तर, मुटु कमाउने जाडोमा माइक्रो स्कर्ट ! यो कस्तो फेसन हो ? नमुना कलेज अफ फेसन टेक्नोलोजीका सहायक क्याम्पस प्रमुख जीवेश्वरलाल श्रेष्ठ भन्छन्, ‘यो फेसन होइन, फेसन भिक्टिम हो ।’ श्रेष्ठका अनुसार हरेक मान्छे पृथक् देखिन खोज्छ । त्यहीअनुसार उनीहरू पोसाक छनोट गर्छन् ।

युवाको नजर युवतीमाथि नहुन् पनि किन ? काठमाडौंको मुटु नै कमाउने चिसोमा कलकलाउादी तन्नेरी माइक्रोस्टर्कमा पोसाक छनोटमा स्वतन्त्रता हुनु आवश्यक छ । तर, पृथक् देखिने होडमा कोही मानिस अरूले पचाउन नसक्ने पोसाक लगाइदिन्छन् । ‘त्यो त फेसनको परिभाषाभित्र पर्दैन, समाजले स्वीकार गर्‍यो भने मात्रै फेसन र फेसनेबल होइन्छ,’ श्रेष्ठले भने, ‘समाजले पचाउन नसक्ने पहिरन लगाउनेलाई फेसन भिक्टिम भनिन्छ ।’ समयसुहाउँदो र शरीरको बनोटअनुसारको पोसाक लगाउनु नै फेसनेबल हुनु हो । छरितो कपडालाई आममानिसले पनि स्वीकार गर्छन् । एकजनाले नयाँ लगाउँदैमा त्यो फेसन नहुने बताउँछिन् सोही कलेजमा तेस्रो सेमेस्टरमा अध्ययनरत रितु श्रेष्ठ । नेपाली समाज पनि फेसनेबल हुँदै गएको उनको ठम्याइ छ । (more…)






















Thank you for visiting my blog.