August 26, 2009

Inside story of Modeling (Documentary review in Nepali)

Filed under: News, Article

एउटी सुन्दर युवती भिडियो क्यामेराको अगाडि बसेकी छिन् । उनको नाम हो सिना केच । उनी मोडल हुन् । कुनै विख्यात फोटोग्राफरसँग उनी कास्टिङ गर्दै छिन् । केहीबेर फोटो खिचेपछि ऊ सिनालाई लुगा खोल भन्छ । उनी फोटोग्राफरको निर्देशनअनुसार लुगा खोल्दै जान्छिन् । सिना पहिरनमुक्त भएपछि फोटोग्राफर पनि आफ्नो सबै लुगा खोल्छ । र, सिनालाई भन्छ- ‘ए मैयाँ, केही सेक्सी हरकत गर न !’ फोटोग्राफरको सहयोगी सिनालाई फोटोग्राफरले भनेबमोजिम गर्न इसारा गर्छ । (more…)

May 26, 2009

वाह ! क्या सेक्सी !

Filed under: News, Article

माइक्रो स्कर्टमा कुमारी सिनेमा हलअगाडि लिफ्ट पर्खंदै गरेकी एक युवतीलाई देखिपछि सडक छेउमा उभिएका एक युवकले भने- ‘पहिरन होस त यस्तो ।’ प्रतिक्रिया सुनेपछि युवतीले युवकतिर कर्केनजर हेर्दै मुसुक्क मुस्कुराइन् । र, बाटो लागिन् ।

युवाको नजर युवतीमाथि नपरून् पनि किन ? काठमाडौंको मुटु नै कमाउने चिसोमा कलकलाउँदा तन्नेरी माइक्रो स्कर्टमा ! जो-कोहीका पनि आँखा सोझिने भए नै । तर, मुटु कमाउने जाडोमा माइक्रो स्कर्ट ! यो कस्तो फेसन हो ? नमुना कलेज अफ फेसन टेक्नोलोजीका सहायक क्याम्पस प्रमुख जीवेश्वरलाल श्रेष्ठ भन्छन्, ‘यो फेसन होइन, फेसन भिक्टिम हो ।’ श्रेष्ठका अनुसार हरेक मान्छे पृथक् देखिन खोज्छ । त्यहीअनुसार उनीहरू पोसाक छनोट गर्छन् ।

युवाको नजर युवतीमाथि नहुन् पनि किन ? काठमाडौंको मुटु नै कमाउने चिसोमा कलकलाउादी तन्नेरी माइक्रोस्टर्कमा पोसाक छनोटमा स्वतन्त्रता हुनु आवश्यक छ । तर, पृथक् देखिने होडमा कोही मानिस अरूले पचाउन नसक्ने पोसाक लगाइदिन्छन् । ‘त्यो त फेसनको परिभाषाभित्र पर्दैन, समाजले स्वीकार गर्‍यो भने मात्रै फेसन र फेसनेबल होइन्छ,’ श्रेष्ठले भने, ‘समाजले पचाउन नसक्ने पहिरन लगाउनेलाई फेसन भिक्टिम भनिन्छ ।’ समयसुहाउँदो र शरीरको बनोटअनुसारको पोसाक लगाउनु नै फेसनेबल हुनु हो । छरितो कपडालाई आममानिसले पनि स्वीकार गर्छन् । एकजनाले नयाँ लगाउँदैमा त्यो फेसन नहुने बताउँछिन् सोही कलेजमा तेस्रो सेमेस्टरमा अध्ययनरत रितु श्रेष्ठ । नेपाली समाज पनि फेसनेबल हुँदै गएको उनको ठम्याइ छ । (more…)

May 16, 2009

मैले चिनेका माधव नेपाल

Filed under: News, Article

-हरि रोका

माधवकुमार नेपाल सानो परिवार, सुखी परिवारमा विश्वास राख्ने अत्यन्त सरल देखिने, तर जटिल व्यक्तित्व हुनुहुन्छ । नेपाली, भोजपुरी, हिन्दी भाषामा पारखी नेपाल अंग्रेजी भाषामा राम्रै दख्खल राख्नुहुन्छ । एमालेभित्र सर्वाधिक सक्रिय नेता नेपालको राजनीतिक स्थिरता र अस्थिरताबारे कुरा गर्दा भने मलाई उहाँको जुँगाको ‘कट’ सम्झना हुन्छ । उहाँ कहिले जुँगालाई स्टालिन पारामा मुठार्नुहुन्छ, कहिले माथिल्ला ओठका दुई छेउ सिनित्त पारेर बीचमा एउटा फुल्को छोडिदिनुहुन्छ । कहिले ओठमाथिको बोझ हलुका पार्न सिनित्तै पारेर रातो माटोले पोतेको घरको पेटीजस्तो सफा देखिन्छ । हप्ताका सात दिनमा कुनचाहिँ दिन उहाँका जुँगा कुन साइजमा रहेका होलान् भनेर सितिमिती कसैले अड्कल काट्न सक्तैन । नेपाल आफ्ना अस्थिर जुँगाका साइजजस्तै राजनीतिक कार्यनीति पनि अल्प अवधिमै फेरिरहनुहुन्छ ।

नेपाली राजनीतिमा उहाँ सर्वाधिक सक्रिय व्यक्तित्व हुनुहुन्छ भन्ने कुरामा शंका छैन । हामी सबै, नेपाली समय भनेर डेढ-दुई घन्टा जसलाई, त्यसलाई कुराइदिन्छौँ र आफू पनि कुर्छौं । नेपाल समयको पक्का हुनुहुन्छ, घन्टा त कुरै नगरौँ, एक मिनेट पनि आफूलाई तलमाथि पार्नुहुन्न । उहाँलाई भेट्न घन्टौँ कुर्नुपर्दैन । समय लिन र छलफल गर्न मन लाग्दा उहाँलाई सजिलै प्राप्त गर्न सकिन्छ । उहाँ भाउ खोज्नुहुन्न । र, उहाँ साँच्चिकै मुडमा हुनुहुँदो रहेछ भने घन्टौँ कुरा सुन्न र सुनाउन सकिन्छ । त्यति मात्र होइन, उहाँलाई कोही व्यक्तिमाथि रिस उठेको छ भने फोन गरेर बोलाउने र सामुन्ने राखेर धित मरुन्जेल सीधा-सीधा झाँको झार्ने र पछि अलि धेर पो भो कि भन्ने लागेपछि आइन्दा त्यसो नगर्नुहोला, आउँदै गर्नुहोला भनेर पठाउनुहुन्छ ।

‘सादा जीवन, उच्च विचार’ माधव नेपालको जीवनमा कति मात्रामा पाइएला भन्नेबारे नाप-जाँच त्यत्ति धेरै भएजस्तो लाग्दैन । उहाँ कुनै प्रकारको नसा सेवन गर्नुहुन्न । र, अरूले गरेको पनि मन पराउनुहुन्न । साधारण पहिरन, आफूले गर्नुपर्ने कार्य आफैँले गर्ने र परनिर्भर नहुने सादा जीवनभित्र पर्ने कुरा हुन् । जहाँसम्म उच्च विचारको प्रश्न छ, त्यहाँ प्रशस्त शंका गर्ने ठाउँ छन् । शंकाका अनेकन् सम्झनाबीच घोत्लिँदा एउटा प्रसंग अहिल्यै घटेजस्तो लाग्छ । (more…)

साहसी लिओरा - एक सम्झना

Filed under: News, Article

गोल्भ्सार त महान थियो नै जस्ले आफ्नो देश को लागि ज्यान गुमायो तर लिओरा तिमी कम महान छैनौ त्यो सपुतलाई साथ दिने र कर्तव्य बोध गराउने गोल्भसार लेब्ननीको बन्धक भएपछी

Click here to read full story

May 5, 2009

अंक गणितीय राजनीति दुर्घटना सन्निकट

Filed under: News, Article

एकीकृत नेकपा माओवादी नेतृत्वमा बनेको सरकारलाई ९ महिनापछि संवैधानिक तथा असंवैधानिक घेराबन्दीपछि सरकारबाट बाहिरिन बाध्य बनाएपछि नेपाली राजनीतिक २०४६ सालको परिवर्तनपछि कोइराला सरकारको राजीनामा र मध्यवधि निर्वाचनपछिको अवस्थामा पुगेको छ। जुन अवधि राजनीतिमा अत्यन्त घृणित र जनताविरोधी राजनीतिका रुपमा विकास भएको थियो ।

राष्ट्रपतिबाट बैशाख २६ गतेभित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान भइसकेको छ। नेपाली कांग्रेसले नेकपा एमालेलाई अघि सारेर सत्ता समीकरणको खेल पनि सुरु गरिसकेको छ। यता सत्ताबाट बाहिरिएको भोलिपल्टै एकीकृत नेकपा माओवादीले सदन चल्न नदिने बताइसकेको छ। जुन सदन यसअघि नेपाली कांग्रेसले चल्न दिएको थिएन । अहिले स्थिति ठिक उल्टो भएको छ।

माओवादी सरकार ढालेपछि सहज रुपमा सत्तारोहण गर्न आँतुर एमाले र कांग्रेस नेताहरु मधेसी जनअधिकार फोरमले स्पष्ट जवाफ नदिएपछि चित खाएका छन् । विगतमा एमाले र कांग्रेसलाई सुर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दहरुले घोडा चढेजस्तै अब नेपाली राजनीतिमा उनीहरु नै सतहमा देखिएका छन् । जो नेपालमा परिवर्तन र गणतन्त्र स्थापना भएको हेर्न चाहँदैन।

वर्तमान त्यतिबेला २० सिट रहेको राप्रपाले एमाले र कांग्रेसको नेतृत्व गरेको थियो । अहिले राप्रपा र जनशक्तिको ११ सिट वा फोरमको ५३ सिटले नेतृत्व गर्ने बेला आएको छ। अन्यथा एमाले र कांग्रेसको सरकार बनिहाले पनि धेरै दिन टिक्ने अवस्था छैन । बढी टिकेको खण्डमा १ सय दिन भन्ने राजनीतिक पण्डितहरु बताइरहेका छन् ।

यता सेनापति प्रकरणमा राष्ट्रपति रामवरण यादवविरुद्ध माओवादीले महाभियोग लगाउने तयारी गरिरहेको बताइएको छ। सेनापति प्रकरणमा राष्ट्रपतिको कदमलाई असंवैधानिक बताइरहेको एमालेले त्यसमा माओवादीलाई साथ दिने वा गठबन्धनको कांग्रेसलाई भन्ने स्थिति आउने देखिएको छ।

यसले नेकपा एमाले यतिबेला आधा सच्चिएको प्रतिगमनकै अवस्थामा पुगेको छ। सत्तामा नजाउ भने मुखैमा छ, जाउ भने हालत पत्ला हुने सम्भावना प्रवल छ।

यता नेपाली कांग्रेस एमालेको काँधमा बन्धुक राखेर शिकार गर्ने रणनीतिमा लागेको छ। संविधानसभामा १ सिटदेखि २३८ सिटसम्म सदस्य संख्या रहेका २५ दल छन् । संविधानसभामा जम्मा ६०१ सदस्य छन् । जसमा एमाले, कांग्रेस र फोरम को सदस्य जोड्दा जति हुन्छ त्यो भन्दा बढी माओवादी एक्लैको सदस्य संख्या रहेका छन् । तर, यही हालमा माओवादी र फोरम मिल्ने हो भने सदनमा २९१ सदस्य हुन्छन् जब कि एमालेको सत्ता समीकरणमा लाग्दा तीन दलको जोड्दा मात्र २७६ सदस्य मात्र पुग्ने अवस्था छ। यसमा साना दलहरुको अर्थात मालेको ८, तपलोपाको २१ जोड्दा पनि २९५ मात्र पुग्ने अवस्था छ।

यसमा राप्रपा र जनशक्तिको ११ सिट जोड्ने हो भने ३०६ पुग्नेछ । जुन सरकार गठनका लागि पर्याप्त छ। यसरी हेर्ने हो भने एमाले नेतृत्वमा बन्ने सम्भावित गठबन्धन सरकार एमाले-१०९, कांग्रेस-११४, तराई मधेस लोकतान्त्रिक पार्टी-२१, मधेसी जनअधिकार फोरम-५३, नेकपा माले-८, राप्रपा-८ र जनशक्ति-३ मिलाएर सरकार गठन हुन सक्नेछ । सरकार ७ दल मिल्दा नयाँ समीकरण खडा हुन सक्छ । तर, माओवादी-२३८, फोरम-५३, नेकपा संयुक्त-५, सद्भावना सरिता गिरि-३ जोड्ने हो भने २९९ सिट संख्या पुग्नेछ । यसमा दुई जना अन्य दलबाट लिने हो भने माओवादी नेतृत्वमा बहुमत पुग्ने देखिन्छ ।

यो त गणितीय अवस्था हो । तर, सरकार गठनका लागि सदन सुचारु हुनु आवश्यक हुनेछ । यता माओवादीले राष्ट्रपतिको असंवैधानिक कदम नसच्याएसम्म सदन चल्न नदिने निर्णय गरिसकेको छ। यता राष्ट्रपतिले ५ दिन अर्थात बैशाख २६ गते शनिबारसम्म सरकार गठन गरिसक्न आव्हान गर्नु र माओवादीले सदन चल्न नदिने निर्णय गर्नुले अर्को संवैधानिक संकट आउने पक्का छ। त्यसो भए के होला ? विगतमा संविधानमा बाधा अड्का फुकाउने अधिकार तत्कालीन राजासँग थियो । तर, अहिले त्यो अधिकार मन्त्रिपरिषदमा छ। तर, मन्त्रिपरिषद कामचलाउ अवस्थामा छ। कसले फुकाउछ बाधा अड्काउ ?

संविधानसभामा दलहरुको हैसियत

एकीकृत नेकपा माओवादी २३८
नेपाली कांग्रेस ११४
नेकपा एमाले १०९
फोरम ५३
तमलोपा २१
सद्भावना ९
राजमो ४
नेमकिपा ५
नेकपा माले ९
राप्रपा ८
जनशक्ति ३
नेकपा संयुक्त ५
एकीकृत २
सद्भावना आ. ३
जनमुक्ति २
संघीय लोकतान्त्रिक मञ्च २
नेपाली जनता दल २
समाजवादी प्र. जनता पार्टी १
दलित जनजाति पार्टी १
नेपाल परिवार दल १
चुरे भाव र एकता पार्टी १
नेपाः राष्ट्रिय पार्टी १
लोकतान्त्रिक समाजवादी पार्टी १
स्वतन्त्र २

Source: freenepal

March 31, 2009

Sex badaune……….(2)

Filed under: News, Information, Article

(ङ) अर्कै आसनमा यसरी उभिनुस् कि तपाईंका नितम्बहरू (चाक) को किनाराको मासु आपसमा टाँसियोस्। फेरि सास तानेर गुदालाई माथितिर तानेर राख्नुस् र साथसाथै लिङ्गोत्पादक पेशीहरूको सहाराले लिङ्गलाई माथिरित सासद्वारा तानी रहनुस्। गुदा र लिङ्गको यस प्रकार आंकुचित राख्दै लामो र विस्तारै सास लिएर पेटलाई जतिसके फुलाउने र खुम्च्याउने गरे त्यत्ति नै राम्रो हुन्छ। यस क्रियालाई उभिएर या सुतेर दुवै विधिद्वारा अभ्यास गर्नुहोस्। यी क्रिया रोजै बिहान र बेलुकी ५ मिनेटबाट सुरु गरेर १५-२० मिनेट गर्ने अभ्यास गर्नुपर्छ। जब यस क्रियामा राम्ररी नियन्त्रण गरी लिनुहुन्छ भने यस क्रियालाई खुट्टाको औँलाहरूको बलले उभिएर गर्नुपर्छ र साथै तिम्राको मांसपेसीहरूमा पनि संकोचन गर्ने अभ्यास गर्नुपर्छ।

(च) स्त्री सहवासमा जब वीर्यपातको समय आउने जस्तो लागेमा, जब सम्भोगको बेला लिङ्गमा फरफराए जस्तो महसुस भएमा यो सम्भिmनुपर्छ कि वीर्य विचलित भइरहेको छ, वीर्य स्खलन हुनेवाला छ। यस प्रकार जब लिङ्गद्वारा पुरुषलाई स्त्रीको योनीमा फरफराउने जस्तो आभास भएमा यो सम्झनुपर्छ कि स्त्री स्खलित भइरहेकी छिन्। त्यसबेला दीर्घ सास लिएर वीर्यलाई बलपूर्वक माथि तान्नुस्। यसो गर्नाले वीर्य आफ्नो स्थानमा फर्केर आउँछ। अतः जहिले पनि सम्भोग समयमा लिङ्गमा धड्कन जस्तो महसुस भएमा तुरुन्त नै सम्भोग रोकेर दीर्घ सास लिएर वीर्यलाई आकर्षण गरिहाल्नुस्। यसो गर्नाले पुरुष त स्खलित हुँदैन तर स्त्री अवश्य पनि पटक-पटक स्खलित हुन्छिन् र पुरुषको लिङ्ग नरम पनि हुँदैन। याद राख्नुस्, स्त्रीलाई पहिलो पटक स्खलित हुनलाई बढी समय लाग्छ तर दोस्रो, तेस्रो पटक छिट्टै-छिट्टै स्खलित हुन्छिन्।

(छ) सम्भोगको समयमा पुरुषले दीर्घसास लिने बानी बसाल्नुपर्छ। नाकबाट नै सास लिने र फाल्ने गर्नुपर्छ। सम्भोगको समयमा मुखले सास लिएमा तुरुन्त वीर्यपतन हुने सम्भावना हुन्छ। सम्भोगको समयमा पुरुषको सास जति विस्तारै र दीर्घ (लामो) हुन्छ, त्यति नै सम्भोगकाल बढेर जान्छ। यदि यस किसिमको प्राणायमको विधिबाट सम्भोग गर्नुहुन्छ भने पुरुषमा स्तम्भन शक्ति बढेर जान्छ र थकाइ पनि लाग्दैन।

(ज) लिङ्गलाई योनीमा प्रवेश गराएपछि एक्कासि घर्षण सुरु गर्नुहुँदैन। २ सेकेन्ड विश्राम लिएर स्त्रीको स्तनको मुन्टोलाई सुम्सुम्याउँदै मनमनैले १ देखि २० सम्म गन्ती गर्दै आफ्नो सास बेस्सरी तानेर साथै चाकलाई खुम्च्याएर सास रोक्नुपर्छ। यसको १/२ महिना अभ्यास गरेपछि पुरुष आफ्नो लिङ्गबाट स्त्री योनीमा प्रबलतम धक्का लगाउन सक्छ र त्यसको स्तम्भन शक्ति पनि बढेर जान्छ।

सेक्स शक्ति बढाउने अचुक उपाय

Filed under: Information, Article

धेरैजसो मामिलाहरूमा नपुंसकताको सुरुवात शीघ्रपतन अर्थात् वीर्य समयभन्दा पहिले स्खलित भइदिनाले हुन जान्छ। वास्तवमा यो यसको पहिलो खुड्किलो हो। यौन दुर्बलताको यो पहिलो खुड्किलो दाम्पत्य सुखको जगमा लागेको यो क्यान्सर रोगजस्तै हो, जुन सम्पूर्ण ढाँचालाई नै तहस-नहस गरिदिन्छ।

(more…)

September 4, 2008

विदेशबाट फर्किएका महिलाहरुको अवस्था दयनीय

Filed under: News, Article

khadi
घरमा साँझबिहान के खाउँ, के खाउँ को समस्याबाट गुज्रिरहेकी गुलरिया नगरपालिका-६ बर्दीयाकी देविसरा गिरी विदेश गएर छोटो समयमै मोटो रकम कमाइन्छ भन्ने दलालको आश्वासनपछि काम गर्नका लागि २ वर्षअघि खाडी मुलुक कुवेतमा गइन् । कुवेत जानुअघि साँझ बिहान हातमुख जोड्नका लागि भारतको बोर्डरबाट दाउरा लिएर बेच्नुपर्ने बाध्यता थियो उनलाई । शारदा वेगम नामकी दलालले विदेशमा राम्रो काम र थुप्रै पैसा पाइने भनी बुढा र आफूलाई फकाएपछि विदेश जाने निर्णय गरेको उनले बताइन् ।

Rest of article

नेपालीनारीहरुको महान चाड तीज र बिदेशिएका चेलीहरुको अनुभव

Filed under: Article

चाड-बाड अनि धर्म र संस्कृतिको धनी देश नेपालमा अहिले तीजको रम-झमले छोएको छ।सबै चेलीहरु माइतिघरमा जाने अनि मिठो दर खाने र मनमा लागेका दुख-सुखका कुराहरुलाई गीतको माध्यामबाट पोखि आफ्ना साथी-संगीहरुसंग रमाइलो गरि तिजको रहर आयो बरिलै भन्दै नाच्ने चाड हो यो।साथै बिबाहित महिलाले आफ्नो पतिको दिर्घायु,अबिबाहितले राम्रो पति पाउने आशामा अनि बिधुवा महिलाले आफ्नो स्वर्गिय पतिको चिरशान्तिको कामनाको लागि ब्रत बस्ने परम्परा रहेको छ। रजश्वला भएका नारीहरुले आफुले जानि-नजानि गरेका गल्तिको लागि ऋषिपन्चमिमा नुहाउने चलन पनि रहेको छ।

Rest of the article

बुवाको प्यारो अनुहार

Filed under: Article

बाबु अर्थात र्सवशक्तिमान, जसलाई सबै समस्याको हल थाहा छ । बाबु अर्थात हाम्रो सुरक्षा कवच जसले हामीलाई घामपानी, धूवाधूलो, डरलाग्दो रात अनि हावाहुरीबाट सजिलै बचाउन सक्छन् । बाबु अर्थात हाम्रो घरको ‘रिसोर्स पर्सन’ जसले हाम्रा आवश्यक्ता पूरा गर्छन् । बाबु अर्थात एक बलवान, बुद्धिमान र बलियो मान्छे । बाबुको यो परिभाषा सही पनि छ तर यो आकृतिलाई हामी यति धेरै मान्छौं कि बाबुका अरू पाटा छाया पर्छन् ।

Rest of the article

कलेज कलेजमा बन्दैछ अश्लिल भिडियो

Filed under: Article

एउटा कलेजको सिडिमा कलेज ड्रेसमा एक युवती देखिन्छिन्। उनी कामुक मुस्कान छर्दै सीडिमा एकाएक टाइ, सर्ट, पेन्ट, जुक्ता खोल्छिन्। भित्रि कपडामा मात्र मुस्कुराउँदै अंग्रेजीमा उत्तेजित शब्द बोल्छिन्– ‘कमन ह्यान्डसम, ….मि।’ केटा मान्छेको हात उनको शरिरमा सलबलाउँछ। युवती ठूलो स्वरमा हाँस्दै भन्छिन्–’काउकुति लाग्यो।’ एकाएक भित्रि कपडा पनि खोल्दै युवती कामुक सुस्केरा हाल्न थाल्छिन्।
Rest of article

March 16, 2008

प्रकृतिको आँखामा आँशु, गाजावालाको रुष्टपनाले पराकाष्ठा नाघ्यो

Filed under: News, Article, Own WOrds

नेपाली मूलकी छोरी प्रकृति गिरीलाई हिजो शनिवार को कार्यक्रममा जुरीले निकै तल्लो दर्जामा राखेर मार्किङ गरे, उनलाई मध्यम दिइयो । मध्यम भनेको फेल हो, उनीहरुको भाषामा । टप थ्रीको लेवलमा पुग्ने प्रकृतिको गायन कला नभएकै हो त ? पक्कै होइन । उनलाई जुरीले राम्रो नम्वर नदिनुको एउटै कारण छ, उनी नेपाली मूलकी छोरी हुन । बारम्बार व्यापक भोटले लिडिङ गरिराखेकी प्रकृतिसंग जुरीहरु डराएर उनलाई प्रतियोगिताबाट बाहिर निकाल्न बहुत प्रयासहरु पहिले पनि नभएका होइनन, हिजो त उनीहरुको यो सौतेलोपनले पराकाष्ठा नै नाघ्यो । more

March 11, 2008

प्रकृति टप फोरमा

Filed under: News, Article

हिजो शनिवारको कार्यक्रममा गित गाउँदा गाउँदै उनको स्वर रोकियो । गेष्ट सलमान खानको ठूलो सपोटका कारण उनलाई २ अत्तिउत्तम एक सवोत्तम प्राप्त भयो । उनको दोश्रो performance को आधारमा जजमेन्ट गर्न सलमान खानले अनुरोध गरेपछि जुरीहरुले यो स्कोरिङ गरेका हुन् । अवको प्रतिस्पर्धा अझ टफ हुने भएकोले उनको आशा किरण भनेको दर्शकहरुको व्यापक भोट नै हो । (New update on 03-09-2008) more

December 11, 2007

“भूलेर पनि मलेसिया नआउँनु”

Filed under: News, Article

कृष्ण केसी मलेसिया
chhalkri@yahoo.com

कसलाई पो रहर हुन्छ र परदेशी भूमिमा आफ्नो रगत पसिना सित्तैमा बगाउने, तर बाध्यता अनि विवशताले गर्दा जे जस्तो परिस्थिति पनि सहनु पर्ने रहेछ। दलालले देखाउने विभिन्न प्रलोभनले मलेसिया आएका नेपालीहरुको पीडा भने निकै दयनीय छ । यहाँ काम गर्ने 80% नेपाली श्रमिकहरु आफू मलेसिया आएकोमा निकै दुःखी छन् । राम्रो तलब,सुविधा अनि राम्रो काम पाउने आशा र भरोसामा आएका अधिकांश नेपाली मलेसियाको विमानस्थलमा पाइला टेकेदेखि नै दुःख कष्टको जीवन थाल्न बाध्य हुन्छन्। विमानस्थलमा नै उनीहरुले चरम दुःख अनि मलेसियाका पुलिसहरुको चर्को दमन सहनु पर्छ । सम्बन्धित रोजगारदाता नआइकन विमानस्थलबाट बाहिर जान पाइन्न। रोजगारदाता नआए तीन चार दिनसम्म पानी पनि नखाइकन विमानस्थलमा बस्न बाध्य हुनुपर्छ ।

यहाँ कामको लागि आउने अधिकांश नेपालीहरु मध्यम वर्गीय परिवारका छन्। दाङका भीमबहादुर आफ्नो पीडा सुनाउँदै भन्छन्- देशमा केही गरौँ त रोजगार छैन, विदेशमा राम्रो कमाई हुन्छ भनेर मलेसिया आएको, तर पाँच हजार नेपाली रुपैयाँ बचाउन पनि मुस्किल पर्छ। साहुको ब्याजले आकाश नाघिसक्यो होला। एक वर्ष भइसक्यो, ६० हजार मात्र पठाएँ- उनले निकै भावुक हुँदै आफ्नो समस्या पोखे ।

मलेसियामा काम गर्ने हरेक नेपालीहरुको समस्या भिन्दाभिन्दै छ। यहाँ काम गर्ने अधिकांश नेपालीहरुले भुलेर पनि आफ्नो आफन्तलाई मलेसियामा आउन नदिने प्रतिज्ञा गर्छन् ।
इलेक्ट्रोनिक कम्पनीमा १५ हजार कमाई हुन्छ भनेर दलाललाई १ लाख २० हजार तिरेर यहाँ आएको, तर यहाँ त मुस्किलले ८ हजार बचाउन पनि सकिँदैन, १२ घण्टा काम गर्नुपर्छ, उडुसले घेरेको कोठामा सुत्‍नुपर्छ, महोत्तरीका महेश चौधरीको कथन थियो ।

यहाँ आउने धेरै नेपालीहरुलाई नेपालका दलालहरुले राम्रो कामको प्रलोभन दिएका हुन्छन्। इलेक्ट्रनिक कम्पनीमा भनेर आएकाहरु फलाम कम्पनीमा आफ्नो रगत बगाउन बाध्य छन्। रिसोर्टमा भनेका आएकाहरु सडक पेटीका फोहर फाल्न बाध्य छन्। एग्रिमेन्ट अनुसारको तलब सुविधा पाउने नेपालीहरु मलेसियामा निकै न्यून छन् । एउटा कामको लागि भनेर एग्रिमेन्ट पेपर देखाएर यहाँ आएर निकै गार्‍हो काम गर्नुपर्ने बाध्यता छ ।

२० हजार तलब अनि खान बस्नको सुबिधा छ भनेर आएको तर यहाँ त ८ घण्टादेखि काम दिँदैन कम्पनीले कोठा, पानी ,बिजुली सबैको पैसा काट्छ। महिनामा ९००० पनि मुस्किलले तलब पाइन्छ त्यसैमाथि खानामा खर्च गर्नुपर्ने। ५ हजार पनि बचाउन गार्‍हो छ- क्लासिकमा काम गर्ने नेपालीको कथन छ। दलाललाई फोन गर्‍यो, तिमीहरु तुरुन्त फर्केर आइज, सबै पैसा फिर्ता दिन्छु भन्छ तर कम्पनीले नेपाल जानको लागि २५०० मलेसियन रिङ्गेट माग्छ। यत्रो पैसा कहाँबाट जम्मा गरेर दिने उनीहरुले सामूहिक रुपमा प्रश्न राखे।

अहिले मलेसियामा करिब चार लाखको हाराहारीमा नेपाली कामदारहरु छन्। ती मध्ये अधिकांश नेपालीहरुले निकै दुःख कष्ट सहेर बसेका छन्। कम्पनीमा केही बोल्यो कि त गुण्डा अनि पुलिस लगाएर कुटाउँछ। जस्तो भए पनि सहेर बस्नु पर्छ- गुल्मीका आकाश भण्डारीले आफ्नो दुस्ख पोख्दै भने ।

यहाँ कतिपय कम्पनीहरुले दलाललाई नै सबै जिम्मा दिने हुँदा नेपालीहरुको हकहितका लागि कोही नेपालीहरु पनि बोल्न सक्तैनन् । कम्पनीमा केही कुरा राख्यो भने तेरो एजेन्टलाई गएर भन् भन्छ। तिमीहरु एजेन्टको मान्छे हो, हामीले काम मात्र दिने हो भनेर कम्पनी उम्कने प्रयास गर्छ। एजेन्टलाई फोन गर्‍यो, फोन उठाउँदैनन्। जस्तो भए पनि बाँच्नको लागि भए पनि काम गरेर खान पर्ने बाध्यता छ । मलेसियामा हरेक हप्ता द्ध जना नेपाली श्रमिकको मृत्यु हुने गर्दछ। त्यसको बारेमा न त नेपाल सरकारलाई कुनै चासो छ न त सम्बन्धित रोजगारदातालाई नै। कम्पनीले कम्पनीभित्र मृत्यु भएमा मात्र शव नेपाल पठाउन सहयोग गर्छ। यदि कुनै दुर्घटना वा अन्य कुनै कारणले मृत्यु भएमा शव नेपाल पठाउन निकै कठिन हुन्छ। त्यसको लागि हरेक मान्छेबाट चन्दा उठाउन बाध्य हुनुपर्छ । कुनै कारणले यहाँ बिरामी परे पनि कम्पनीको लापरवाहीका कारण यहाँ धेरै नेपालीहरुको मृत्यु हुने गरेको छ ।

कम्पनीमा काम गर्दा कम्पनी मालिकको भनाई, अनि बाटोमा हिँड्दा होस् या कामबाट फर्केर रुममा जाँदा- यहाँका स्थानीय गुण्डाहरुको पिटाई अनि लुटाई खेप्न बाध्य हुनुपर्छ। यति मात्र नभएर यहाँ कामको अवधि पूरा गरेर नेपाल फर्कँदा समेत प्लेनमा अनावश्यक झन्झट अनि एयरहोस्टेजहरुको गाली खानुपर्छ। यहाँबाट फर्कने प्रायः नेपालीहरुको एउटै भनाई हुन्छ- अब कहिले पनि मलेसियामा फर्केर आउँदिन।

यहाँ काम गर्ने नेपालीहरु यहाँको दूतावास अनि नेपालीको हितमा काम गर्ने संस्थाहरु प्रति पनि निकै रुष्ट छन्। दूतावासका कर्मचारीले नेपालीलाई नेपालीको ब्यवहार गर्दैनन्। स्थानीय दलालहरुले यही मौकाको फाइदा उठाएका छन्। दूतावासमा केही काम लिएर गयो भने काम तत्कालै हुँदैन, बाध्यताले अर्को दिन जानु पर्छ। त्यसरी दुई तीन दिन धाइराख्नु भन्दा स्थानीय एजेण्टलाई पैसा दिएर काम गराउँदा नै फाइदा हुने यहाँका नेपालीको कथन छ । नेपाल सरकारको तलब र भत्ता खाएर बसेका यी कर्मचारीले नेपालीलाई नै दुःख दिने गरेको मलेसियामा कार्यरत नेपालीहरुको भनाई छ ।
साहुको ऋण लिएर धेरै सपना बुनेर मलेसिया छिर्ने नेपालीहरु जो कोहीले पनि नेपालका म्यानपावर कम्पनीहरुलाई दोष दिन्छन्। विभिन्न प्रलोभनमा पारेर नेपालीलाई मलेसियामा बेचेका एजेन्टहरु अझै सक्रिय भई राखेका छन् । कम्पनीमा काम नपाएपछि केही कामदारहरु अवैध रुपमा काम गर्न पनि बाध्य छन् । यहाँ काम गर्ने नेपालीहरुले नेपालका म्यानपावर कम्पनीले दिएको सम्झौता पत्र अनुसारको काम पाउँदैनन् । नेपाली दलालहरुले नेपालमा दिएको सम्झौता पत्र यहाँका दलालसँग मिलेर एअरपोर्टमा नै गायब बनाउँछन्। त्यसले गर्दा पनि काम गर्ने कम्पनीहरुमा आफ्नो कुरा राख्‍न गार्‍हो हुन्छ । यसको प्रत्यक्ष उदाहरण यहाँ पनि देख्न सकिन्छ ।

नेपालमा उत्पन्न राजनैतिक खिचातानीले गर्दा नै धेरै नेपालीहरुले यस्तो दुख भोग्नु परेको हो। नेताहरु आफ्नो आफ्नो भागको हड्डी चुस्नु पाउनु पर्छ भन्ने तर्फ छन्। देश विकासमा लाग्ने युवाले विदेशमा आई यस्तो दुःख भोग्नु परेको छ। यदि यस्तै परिस्थिति सँधै हुने हो भने देशले ठूलो नोक्सानी भोग्नुपर्छ।

अब नेपाल सरकारले विदेशमा काम गर्नसक्ने राम्रो वातावरण बनाउनु पर्छ। अनि म्यानपावरका दलालहरुले पनि अब आफ्नो ब्यवसाय चलाउन ठग्ने प्रवृत्ति अन्त्य गर्ने पर्छ । नत्र उनीहरुले ठगेका सोझा नेपालीको लाटो रिस खेप्न तयार हुनु पर्छ । अनि विदेश आउने कामदारहरुले पनि पहिला आफूले राम्रोसँग बुझेर मात्र प्रक्रिया अघि बढाउनु पर्छ। होइन भने अहिले यहाँ भएका नेपालीहरुको हालत अब आउनेहरुको नहोला भन्न सकिँदैन। त्यसैले हामीहरु नै यस कुरामा जागरुक हुन जरुरी छ ।

भगवान चाम्लिङका म्युजिक भिडियोहरु प्रदर्शित

Filed under: News, Article

बेलाएती हींउदे काठयाङ्रिने चिसो पानी र सिरेटो मिश्रित जाडोलाई बेवास्ता गर्दै शनिबार ८ डिसेम्बर का दिन थोरै तर बिशिस्ठ ब्यक्तिहरुको,सर्जक र श्रस्ठाहरुको उपस्थितिमा गाएक,गीतकार,संगीतकार भगवान चाम्लिङको नयाँ गीती एल्बम “सम्झे नजिक” भित्रका ५ वटा गीत हरुको म्युजिक भिडियो हरुको प्रीमियर शो सम्पन्न भयो। युबा कबी नबराज राइको मुक्तक र कबिताका हरफ मिश्रित मनछुने उद्घोसका साथमा सुरुभएको सो कार्येक्रमको पहिलो चरनमा संचालक द्दारा गायकको चिनारी बाट कार्येक्रम सुरु भएको थियो।गाएक ले आफ्नो गाएन र नेपाली संगीतको बारेमा आफ्नो बिचार राखीसके पछी “भाग्य कोर्ने,हङ्ग कङ्ग शहर,सम्झे नजिक्,के पो लाग्यो,र पाखै भरी “गीत हरुको म्युजिक भिडियोहरु प्रदर्शन गरिएको थियो। भिडियो हेरिसके पछी बिभिन्न बक्त्ताहरुले भिडियो र गीत को सम्बन्धमा आ-आफ्नो बिचार पोख्नु भएको थियो।जस्मा काङमाङ नरेश्,मिलन चाम्स्,इस्वर चाम्लिङ लगाएतका बक्त्ताहरु रहनु भएको थियो।जितेन्द्र चेम्जोङ्,नवल राइ,बिस्वास दिप तिगेला,हरी राइ,शान्ती राइ,एन बि राइ,स्रिश्टी राइ,नगेन्द्र घले,र भुमिराज राइ लगाएत अन्य दर्शक स्रोता हरुको उपस्थिती रहेको थियो। कार्येक्रमको अन्तमा डोल्पा काइगाउ गा बि स थापा गाउमा स्कुल निर्माण को सहयोग को निम्ती भ्रमणमा जादा खिचिएका डोल्पाका सुन्दर ठाउँ हरुको द्रीस्य समिटेर तैयार पारीएको छोटो ब्रितचित्र डोल्पा को प्रदर्शन गरिएको थियो।सो सामाजिक कार्येको अगुवाइ जितेन्द्र चेम्जोङ र नबराज राइले गरिरहनु भएको छ।स्कुल निर्माण कार्ये ८० प्रतिसत पुरा भई सकेको छ अरु केही रकम संकलन भएमा र गर्न सकिएमा स्कुलको आधार भुत आवश्यकताहरु परिपुर्तीमा सो पैसा खर्च गरिने भएको छ। दुइलाख एस् अघी नै चन्दा संकलन गरी स्कुल निर्माणको निम्ती खर्च जुटाइ सकिएको कुरा नबरज राइ र जितेन्द्र चेम्जोङ ले बताउनु भएको छ। ब्रित्तचित्र को सम्पादन र निर्देशन मिलन चाम्स्,लेखन नबराज राइ र छायांकन जितेन्द्र चेम्जोङ को रहेको छ।

“नेपाल क्रान्तिकारी संगठन, मलेसिया” को स्थापना

Filed under: News, Article

सामन्तवाद र साम्यवादलाई अन्त्य गर्दै समाजवादी क्रान्तिमा अघि बढ्ने हेतुले यहि डिसेम्बर ३ तारिखका दिन माओवादी प्रति आस्थावानहरुको बृहत भेलाले ‘नेपाल क्रान्तिकारी संगठन, मलेसिया’ गठन गरीएको जानकारी प्राप्त भएको छ ।
नयाँ नेपाल निर्माणका लागि संघार्षगत नेपाल कम्युनिष्ट पाटी (माओवादी) को नीति तथा निर्देशनमा प्रतिबद्ध भई आफ्नो कार्यनीति तय गर्ने कुरा भएता पनि सो संगठनले नेकपा माओवादीबाट पूर्ण रुपमा र्समर्थन पाउने नपाउने कुरामा पाटी केन्द्रिय कार्यालयमा छलफल भइरहेको जानकारी आएको छ ।
औद्यगिक क्रान्तिलाई प्रमुख आधार बनाई उक्त संगठन श्रमजिवी, पीडित, मजदुरहरुको मुक्तिको लागि विभिन्न गतिविधि संचालन गर्ने र सबै प्रकारका निम्न पूँजीबादी, संक्रिर्ण राष्ट्रवादी, धार्मिक, साम्प्रदायीक एवं जातिय व्रिभमबाट मुक्त रही नेपालीहरुमाथी हुने अन्याय अत्यचार श्रमशोषण लगायत अन्य समस्याहरुको दिर्घकालिन सामधानका उपायहरु अवलम्बन गर्नेकुरा विज्ञप्तिमा जनाएको छ । उक्त भेलाले कारेड शक्तिको संयोजकत्वमा २३ सदस्य कार्यसमितिमा चयन गरेको छ । उक्त समितिमा क्रमसः संयोजक क. शक्ति, उप-संयोजक क.ब्रि्रोही, सचिव क.सन्देश, कोषाध्यक्ष क.प्रतीक, प्रवक्ता क.प्रहार, सदस्यहरु क.प्रकाण्ड, क.बल्लभ, क. जित, क.पलायन, क.अग्नी, क. मञ्जुल, क.रकेट, क.इच्छुक, क.विद्यार्थी, क.किसान, क.प्रशान्त, क.कुन्दन, क.कोटिल्य, क.विकाश, क.किरण, क.अजेय, क.अवतार र क.आकाश रहेको सोही विज्ञप्तिमा जनाएको छ ।
Response @ infokarantikari_malaya@yahoo.com

June 19, 2007

भोका तथा तिर्खाग्रस्तबाट शौखिन वर्गमा परिणत नेपाली अनुहारको विकासमा अमेरिका नेपाल सोसाइटी सफल

Filed under: News, Article

-बिवेक बजगाई
नेपाल अमेरिका सोसाइटी (एएनएस) ले गत हप्ता ऐतिहासिक बनभोज कार्यक्रम सम्पन्न गर्‍यो । अमेरिका आएर नव कुलिनवर्ग बन्दै गएका केही धनाड्य ब्यक्तिहरुको अग्रसरतामा बनभोज कार्यक्रमको नाउमा अनावश्यक ष्पर्धा र कुलिनता प्रदर्शन गर्ने काम त्यहाँ भएको थियो । जन्म नेपालमा र धनार्जन अमेरिकामा गरेर कुलिन तथा शौखिन समुदाय निर्माण हुँदै गएको वासिङ्गटन डि। सी। वरपरका पूर्व नेपालीहरुलाई कहाँ जाने र कसरी पैसा सिध्याउने भन्ने चिन्ता बढ्दै जानुका पछाडि उनीहरुका साथमा डलरको खात बढ्दै गएकाले हो भन्दा कसैले चित्त दुखाउने बाटो नरहला नै । सन् १९९० पछि अमेरिका आई धनोपार्जन गरेका छिमेकी गाउँ, मनासस, लोर्टन, मकलिन, एनानडेल, बर्क, आर्लिङ्गटन, फल्र्सचर्च, भियना, अलेक्जेन्डि्रया लगायतका भर्जिनियाका सम्पन्न नेपाली मूलका मान्छेहरुको जीवन पद्धति अहिले र्सवसाधारण नेपालीहरुको जस्तो छदै छैन । वासिंगटन डि। सी। मेरिल्याण्ड, डेलावर र पेन्सिल्भानियाका नेपालीहरुको पनि बेजोडको कुलिनता बनभोजमा देखिन्थ्यो । नवधनाड्य बर्गका यि मान्छेहरुमा ५ दिन कमाएको पैसा दुइ दिनमा खर्च गर्ने बानी बस्दै गएको छ, त्यसको पछाडि उनीहरुमा “यो अमेरिका हो नेपाल होइन” भन्ने दम्भ, धाक, शान र रवाफ कारण बनेको छ । (more…)

March 18, 2007

हृयाप्पी वर्थ डे “सफिना”

झट्ट सुन्दा साउदी अरेविया भन्ने वित्तिकै एउटा छुटै सोच वनाएर बुझ्ने गरिएको देखिन्छ । अझ सामान्यतया भन्ने हो भने केटी मानिसहरुको अनुसार नै नदेखिने देश भनेर अडकल काट्नेहरुको जमात प्रशन्तै भेटिन्छन् । अनि साउदी अरेवियामा काम गर्ने भन्दा सवैको मस्तिष्कमा उही साउदी अरेवियाको मरुभूममिमा भेडा चराउँनेहरुको जमात हो भनेर परिभाषित गर्ने मान्छेहरु समाजमा निकै पाइनछ । हुनत उनीहरुको दीर्ग्दर्शनले नभ्याएरै नै हो नत्र संसार कहाँबाट कहाँ पुगिसकेको यो अवस्था संकुचित सोच बनाएर बस्नेहरुको भीड कम हुनु पर्ने हो ।

Photo Sharing and Video Hosting at Photobucket

फोटोहरु हेर्न इच्छुक हुनुहुन्छ भने यहाँ क्लीक गर्नुहोस

जेहोस् प्रसंग वदलौं, साउदी अरेवियाको नाम चलेको एउटा शहर दमाममा थुप्रै नेपालीहरुले आफ्नो जहान ब्रच्चा साथमा लिएर व्यापार व्यवसाय तथा जागिर गरिहेका छन् । यस्ता परिवारहरु वजारमा देखिए पनि नेपाली हुन वा अन्य देशका हुन भनेर केहिबेर सोच्नुपर्ने हुन्छ । अन्य देशहरु फिलिपिन, इण्डोनेसियन, भारतीयहरु पनि लगभग नेपालीहरु जस्तै देखिने हुँदा यस्तो लाग्नु स्वभाविक नै हो ।
यिनै सर्न्दर्भमा वेला वेलामा साउदी अरेवियामा वसोवास गर्ने नेपालीहरुले आफ्ना साना छोराछारीहरुको जन्मदिन मनाउँने गरेको थुप्रै उदाहरणहरु देख्न सकिन्छ । यति मात्र होइन तिहारको अवसरमा माइती चेली वनेर टिका थापेको दृश्यले साउदी अरेवियालाई पनि नेपाल नै होकि भन्ने भान जनमानसमा पर्ने गर्दछ नै । विभिन्न समयमा विभिन्न कार्यक्रमहरु विभिन्न नेपाली संस्थाहरुले लुकेरै भएपनि सम्पन् गर्ने गरेको देखिएको छ ।
करिव २ बर्षअघि नेपाली भोजनालयको प्रोपाइटर राजु सैयदको छोरीको जन्मदिनबाट साउदी अरेवियाको दमाममा जन्मदिन मनाउँन थालिए झैं लाग्दछ तर सतप्रतिशत भने मलाई पनि हेक्का नहोला । यसरी क्रमश जन्मदिन दिन मनाउँने चलन एक पछि अर्को गर्दै नेपालीहरु माझ एउटा पर्वकै रुपमा साउदी अरवमा देखिन पुगेको छ ।
गत विहीवार पनि हाम्रा एकजना मित्र मुस्ताफा खातुन र सलिमा खातुनको जेष्ठ सुपुत्रि सफिना खातुनले ७ वसन्त पार गरि आठौ वसन्तमा टेकेको पावन अबसरमा जन्म दिनको कार्यक्रम सम्पन्न भयो । मलाई पनि निमन्त्रणा आइपुगेको थियो तर जागिरको सिलसिलामा दमामभन्दा निकै टाढा तनाजीवमा जागिरे जीवन विताइरहेको हुँदा कार्यक्रममा समावेश भइ शुभकामना दिन भने सकिन तर पनि यस्ता कार्यक्रमहरु साउदी अरेविया जस्तो देशमा नेपालीहरुमा मनाउँनु पाउँनु पककै पनि खुशीको क्षण हो ।
अन्तमा हृयाप्पी वर्थ डे सफिना खातुन
तस्विरहरु हेर्न यहाँ क्लीक गर्नुहोस् ।
- चिज कुमार श्रेष्ठ

November 25, 2006

Discover the 90/10 Principle.

It will change your life (at least the way you react to situations).

What is this principle? 10% of life is made up of what happens to you. 90% of life is decided by how you react.

What does this mean? We really have no control over 10% of what happens to us.

We cannot stop the car from breaking down. The plane will be late arriving, which throws our whole schedule off. A driver may cut us off in traffic.

We have no control over this 10%. The other 90% is different. You determine the other 90%. (more…)

November 20, 2006

To Whom it May Concern

Filed under: Literature, Article

To,
My beloved

Sub: Application for the post in your vacant heart

Dear……………….

According to some of my reliable sources, I came to know that there is a vacancy for the post in central core of your heart and I would like to apply for the same.

I’m not as handsome as Brayan Adamas not as popular as Enirque I even don’t have strong body like Salman Khan, but above all I have a soft and creamy heart, which only knows to express these words for you, “I LOVE YOU”. (more…)

November 14, 2006

Full text of the decisions of the SPA-Maoist summit meeting:

Filed under: News, Article, Jastakotastai

Respecting people’s aspiration for democracy, peace and progress expressed through repeated historic people’s movement and struggles since 1951,

Reaffirming commitments to the 12-point and 8-point agreements, and 25-point code of conduct between the seven parties and the Maoists along with other agreements, understandings, code of conducts and letter sent to the United Nations stating similar perspectives by the Maoists and the Nepal government,

Pledging for progressive restructuring of the state by resolving prevailing problems related with class, ethnicity, regional and gender differences, (more…)

August 23, 2006

जनताको प्रचण्ड विरोधका सामु सरकार पराजित

Filed under: News, Article

-महेश्वर श्रेष्ठ

हालै गरिएको मूल्यबृद्धि
जनआन्दोलन-२ को अभूतपूर्व बलमा बनेको “लोकतान्त्रिक ‘श्री ५ को’ नेपाल सरकार” ले २०६३।४।२ गते शुक्रबारदेखि लागु हुने गरी सम्पूर्ण पेट्रोलयिम पदार्थको मूल्यमा भारी बृद्धि गरी नेपाली जनतालाई पहिलो आर्थिक उपहार प्रदान गर्न खोजेको थियो । नयाँ मूल्य अनुसार र्सवसाधारणले प्रयोग र्ने प्रति लिटर पेट्रोलमा २५।३२५ ले मटितेलमा २३।३५५ र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर ११।११५ ले बृद्धि गरिएको थियो । (more…)

February 26, 2006

पूर्ण लोकतन्त्र एकमात्र विकल्प

Filed under: News, Article

-लोकनारायण सुवेदी

जनतालाई सर्बोच्च शक्ति मानिसकेपछि मुलुकलाई कसरी हाँक्ने भन्ने बिधि बिधान बनाउने कुरा स्वतः अगाडि आउँछ। यही कारणले गर्दा संबिधानसभाको कुरा गाँसिएर आएको हो। संबिधानसभा संविधान बनाउने एउटा सही प्रजातान्त्रिक प्रक्रिया हो। प्रजातन्त्रमा बिश्वास गर्ने कसैले पनि संविधानसभालाई इन्कार गर्नुपर्ने कारण छैन।

गम्भीर र अनिश्चित मोडमा अड्किएको मुलुकको वर्तमान राजनीतिले कसरी, कहिले, कस्तो निकासा पाउने हो त्यसबारेमा अहिले राजनीतिक बिश्लेषकहरु एकमत छैनन्। देशमा निर्वाध लोकतन्त्र चाहने र त्यसलाई नियन्त्रण गर्न चाहनेहरुका बीच एकमत नहुनु स्वाभाविकै हो। तर सबै लोकतन्त्रवादीहरु भने अहिले एउटै निश्कर्षमा पुगेका छन्- अब मुलुकलाई कुनै अन्यौल र सन्देहस्पद स्थितिमा रहन नदिन पूर्ण लोकतन्त्रको स्थापना गर्नुपर्छ। बरु यसको लागि कष्टपूर्ण लामो यात्रा नै तय गर्नु किन नपरोस्।

बारम्बार आफ्नो प्रजातान्त्रिक हक अधिकार खोसिएका र प्रतिगमनको झट्काले तर्साएका नेपाली जनता र पूर्ण लोकतन्त्र चाहने राजनीतिक दलहरुसँग बिगतका कटु अनुभवहरू छन् र अब पुनः त्यस्तो प्रतिगामी स्थिति आउनुको कुनै आधार नै रहन दिनुहुन्न भन्ने कुरामा उनीहरू दृढ बन्दै गएका छन्। त्यसैले उनीहरु अब जनताको सार्वभौमिकता र राजकीय सत्ताको मूल्यमा कुनै किसिमको सम्झौता नगर्ने कुरामा दृढ भएर अघि बढ्ने सुर कसेका छन्। अहिले नै बिचलित भएर कसैसँग कुनै वार्ता गर्नु आवश्यकता नरहेको र अब सबै कुराको छिनोफानो संयुक्त जन आन्दोलनले नै गर्छ भन्ने वार कि पारको स्थितिमा उनीहरु एकिकृत हुन थालेका छन्।

उता अत्तालिएको शाही सत्ता भने एकातिर नागरिकहरुको हत्या, दमन र धरपकड गरिहेको छ भने अर्कोतिर चारैतिरवाट एक्लिएर सुर-बेसुरको नौटंकी देखाइरहेको छ। माओवादीले युद्धबिराम गर्दा त्यसलाई वेवास्तामात्रै होइन, उनीहरूलाई युद्धमा आउन उक्साएर युद्ध बिराम भङ्ग गर्न बाध्य पारेको शाही सत्ता माओवादीले पुनः सशस्त्र हमलाहरु शुरु गरेपछि त्यसको दोष भने सात दललाई लगाउन पनि पछि परेन। सात दल र माओवादी बीच भएको १२-बुँदे समझदारीअनुसार माओवादीले सशस्त्र हमला गरेको भन्ने हास्यास्पद कुरा उसले बारम्बार दोहोर्‍याउने गरेको छ। वास्तवमा त्यो १२-बुँदे समझदारीको मुख्य कुरा नै लोकतन्त्र र शान्तिका निमित्त शान्तिपूर्ण जनआन्दोलनबाहेक अरु केही हुँदै होइन र छँदै छैन। नत्रभने त्यो समझदारीलाई संयुक्त राष्ट्र संघ, युरोपेली संघ र भारत समेतका अन्तर्राष्ट्रिय समुदायले किन समर्थन गर्थे? सरकार कतै अन्तर्राष्ट्रिय समुदायलाई पनि माओवादीलाई जस्तै आतंककारीको संज्ञा दिन चाहेको पो हो कि?

अन्तर्राष्ट्रिय समुदायले कथित नगर निर्वाचनको हास्यास्पद नाटकलाई “अर्थहीन, अविश्वसनीय र खोक्रो अभ्यास” भनेर आफ्नो अभिमत स्पष्टरुपमा दिएको छ। यसवाट अत्तालिएको शाही सत्ता फेरि कथित “राष्ट्रिय सार्वभौमिकता र आन्तरिक मामिला”को सहारा लिन पुगेको छ। जनतालाई अधिकारबिहीन तुल्याएर राष्ट्रिय सार्वभौमिकता र अखण्डताको रक्षा र सम्बर्द्धन कदापि हुन सक्तैन भन्ने यथार्थतामाथि शाही सत्ता अझै भ्रमको पर्दा हाल्दै छ।

संसदवादी-माओवादी बीच भएको समझदारीलाई तोड्नमा शाही सत्ता आफ्नो सारा बलबुत्ता लगाएर लागेको छ। त्यो समझदारी कायम रहिरहेमा त्यसले अन्ततः प्रतिगमनको अन्त्य र पूर्ण लोकतन्त्रको बहाली हुने कुरा उसले राम्रोसँग बुझेको छ। त्यसैले त्यो समझदारीलाई तोड्न अनेक जालझेल र प्रपञ्च गर्न कम्मर कसेर लागेको छ। उसलाई के राम्ररी थाहा छ भने माओवादीले सशस्त्र गतिविधिहरु गर्न सात दललाई न हिजो सोध्नुपरेको थियो न आज नै सोध्नुपरेको छ। सात दलले सशस्त्र संघर्षलाई राष्ट्रिय अन्तर्राष्ट्रिय परिप्रेक्षमा असामयिक र असान्दर्भिक छ भन्ने कुरा प्रष्टसँग राख्दै आएका हुन् र अहिले पनि उनीहरुको कुरा त्यही नै हो। यस कुरामा उनीहरुले पुनर्विचार गर्नु आवश्यक नै छैन। बरु शाही सत्ता वार्ताद्वारा निकास दिन तत्पर छ भने माओवादीलाई हतियार बिसाएर बार्ताको टेबुलमा ल्याउन सात दलले दवाव दिन सक्छन् र उनीहरुको उद्देश्य पनि राजनीतिक निकासद्वारा माओवादीलाई शान्तिपूर्ण प्रकृयामा ल्याउने नै हो।

यो यथार्थता अन्तर्राष्ट्रिय समुदायले पनि राम्रोसँग बुझिसकेको छ। त्यो उद्देश्य पूर्ति गर्नकै लागि वास्तवमा सात दल र माओवादीबीच मंसिर ७ गते १२-बुँदे समझदारी भएको कुरा जगजाहेर छ। त्यो समझदारीको आधारभूत कुरा जनतालाई सर्बोच्च मान्ने तथा जनताको निर्णयलाई अन्तिम निर्णय मान्ने रहेको छ। प्रजातन्त्रका लागि चाहिने सबैभन्दा मूल कुरा नै जनताको सर्वोपरी र निर्णायक भूमिका हो।

जनतालाई सर्बोच्च शक्ति मानिसकेपछि मुलुकलाई कसरी हाँक्ने भन्ने बिधि बिधान बनाउने कुरा स्वतः अगाडि आउँछ। यही कारणले गर्दा संबिधानसभाको कुरा गाँसिएर आएको हो। संबिधानसभा संविधान बनाउने एउटा सही प्रजातान्त्रिक प्रक्रिया हो। प्रजातन्त्रमा बिश्वास गर्ने कसैले पनि संविधानसभालाई इन्कार गर्नुपर्ने कारण छैन। बरु यो कसरी सम्पन्न गराउने भन्ने प्रक्रियाका बारेमा ब्यापक छलफल र परामर्श बिभिन्न राजनीतिक शक्ति र राजनीतिक दलहरुका बीचमा हुनुपर्छ।

अहिले सात दलले संसदको पुनर्स्थापनासँगै ब्यापक सहमतिको सर्बदलीय सरकारको निर्माण गर्ने र त्यसले माओवादीसँग बार्ता गरी संविधानसभामा जाने जुन प्रस्ताव अघि सारेर आएका छन्, त्यसले मुलुकमा चलिरहेको सशस्त्र द्वन्द र प्रतिगमनको अन्त्य तथा दिगो शान्ति स्थापना गर्न खोजेको छ। त्यसो गर्दा २०४६ सालको ऐतिहासिक संयुक्त जन आन्दोलनको मर्म र भावना पनि समेटिन्छ र अग्रगामी निकासको बाटो पनि खुल्छ। तर त्यसको अपब्याख्या गरेर शाही प्रतिगमन र माओवादी सशस्त्र द्वन्दलाई अझ जटील बनाउनेतिर लाग्नु भनेको जनताको भविष्यमाथि खेलवाड गर्नु हो।

तथाकथित शाही भ्रष्टचार निवारण आयोगलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि त झन् शाही सत्ता स्वयं नै असंवैधानिक र खारेजी हुनुपर्ने नजिर बनेको छ। यसको अरु कुनै अपव्याख्या गरेर प्रतिगमनविरुद्धको आन्दोलनलाई अल्मल्याउनु घातक सिद्ध हुनेछ।

समयको प्रवाह तथा राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको बिपरीत जनताका नैसर्गिक राजनीतिक हक अधिकारका बिरुद्ध जाने जो कसैले पनि इतिहासको निर्मम प्रहार व्यहोर्नुपर्ने छ। ठूलो नरसंहार गरेर स्थापना गरिएको निरंकुश जहानिया राणा शासन नेपाली जनताको अग्रगामी प्रजातान्त्रिक परिवर्तनको आकांक्षाका आगाडि टिकेन। यद्यपि जुन सामन्ती ब्यवस्थालाई समूल नष्ट गर्ने दिशामा जहानिया राणा शासन बिरोधी नेपाली जन आन्दोलनलाई अघि बढाइनुपर्थ्यो, त्यसवाट बिमुख हुँदा नेपाली जनताले २००७ सालमा प्राप्त गरेका प्रजातान्त्रिक हक अधिकार पनि २०१७ सालको प्रतिगामी शाही कदमद्वारा खोसिए। तत्पश्चात ३० बर्षम्म नेपाली जनताले सामन्ती आधिनायकवादी पञ्चायती ब्यवस्थाको बिरुद्ध निरन्तर लड्नुपरेको थियो। त्यो लडाइँ २०४६ सालको निर्णायक मोडमा आइपुग्दा पनि त्यसबेलाका सत्ताधारी महापञ्चहरु “आन्दोलनको कुहिनोले हानेर पञ्चायती पहरो फुट्दैन, बरु आन्दोलनकारीहरुको हात नै भाँचिन्छ” भनेर जनआन्दोलनको खिल्ली उडाउने गर्दथे। तर अन्ततः जीत जनताकै भयो।

तथापि त्यो जनतको जीतलाई दीर्घजीवी र सुदृढ तुल्याउन चालिनुपर्ने ठोस राजनीतिक, आर्थिक तथा समाजिक कदमहरु भएनन्। यही आधारशिलामा माओवादी सशस्त्र विद्रोहमात्र शुरु भएन, प्रतिगामी शक्तिले पनि चिहानबाट टाउको एठाएर जनताको अधिकार खोसेको तीता अनुभव हाम्रा सामु छन्। त्यसैले आजको पूर्ण लोकतन्त्र स्थापनाको आन्दोलनलाई निर्णायक बिन्दूमा पुर्‍याएर जनताको जीतलाई सुनिश्चितमात्रै होइन, कसैले कहिल्यै फेरि खोस्न नसक्ने गरी सुदृढ तुल्याउनुपर्ने आवश्यकता छ, जुन लोकतान्त्रिक गणतन्त्र नै हो। अबको लोकतान्त्रिक गणतन्त्र प्रणालीलाई दिगो पार्न जुन राजनीतिक, सामाजिक तथा आर्थिक धरातल खडा गर्नुपर्ने हुन्छ, त्यसमा पूर्ण लोकतन्त्रको बहालीसँगै ध्यान केन्द्रित गर्नुपर्छ। राजनीतिक, आर्थिक, समाजिक आधार बिनाको राजनीतिक प्रणाली टिक्न सक्दैन भन्ने अनुभव हामीले कयौं पटक गरिसकेका छौं। सौजन्यः गणतन्त्र नेपाल

February 9, 2006

एकलव्यको गन्तव्यहीन एकल-यात्रा

Filed under: Article

गत माघ १९ गते नेपालमा निरंकुस राजतन्त्रको प्रत्यक्ष हुकुमी शासन शुरु भएको एक वर्षो कष्टपूर्ण अवधि पूरा भयो । सो “उपलक्ष्य” मा मन्त्रीमण्डलका अध्यक्ष समेत रहेका राजा ज्ञानेन्द्रबाट शाही घोषणा हुने भन्ने पूर्व सूचनाबाट र्सवसाधारण मानिसहरुले २ वटा कुराको लख काटेका थिए (१) (more…)

February 5, 2006

श्रमको सम्मान

Filed under: Article

आज भन्दा करीव २८ वर्षअघि यो पंक्तिकार संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा राज्यको राजधानी ओक्लाहोमा सिटीमा थियो । एक साँझ टिभी हेर्दै गर्दा तत्कालीन राष्ट्रपति जिम्मी कार्टरको “मिट दि पिपुल” नामक एउटा कार्यक्रम प्रशारण भइरहेको थियो । त्यस दिन राष्ट्रपति कार्टर र ओक्लाहोमा सिटीका स्कुले विद्यार्थीहरुबीच साक्षात्कार हुने कार्यक्रम रहेछ । (more…)

January 26, 2006

नेपाली भाषामा व्लगको बाढी

Filed under: Article

चिज कुमार श्रेष्ठ, के.एस.ए.

वास्तवमा व्लग नियमित रुपमा इलेक्ट्रोनिक्स अक्षररुपी सामग्री प्रस्तुत गर्ने एक प्रकारको वेवसाइट हो । व्लग एउटा यस्तो वेभ फर्म्याट पनि हो जसलाई शुरुवातमा सामान्यरुपमा इमेल एकाउन्ट खोले सरह रजिष्ट्रेसन गरी संचालनमा ल्याउन सकिन्छ ।

यसको शुरुवात सन् १९९४ मा एक अमेरिकी कलेज विद्यार्थी जस्टिन हलले गरेको भनिए पनि नेपालमा भने सन् २००३ देखि मात्र प्रयोग हुन थालेको पाइयो । तर नेपाली भाषामा युनिकोड फन्टको प्रयोग गरी २०६१ चैत्रबाट मात्र “मेरो संसार” भन्ने व्लगले शुरुवात गरेको कुरा व्लगर उमेश श्रेष्ठ दावी गर्दछन् । उनले सो व्लगको शिर्षकमा नै लेखेका छन् “नेपाली भाषाको पहिलो व्लग मेरो संसार” । त्यसपछि विस्तारै नेपाली भाषाको व्लगहरुको संख्या वढ्न थाल्यो ।

धेरैको संख्यामा नेपाली भाषाका व्लगहरु नेपालभन्दा वाहिरबाट संचालन भएको देखिन आएको छ । यस्ता व्लगहरुमा हङकङबाट कलमवीरका कलमहरु, पेरिसबाट नेपाल इन्फो, कतारबाट साहित्य सम्बन्धी व्लग सयपत्री, साउदी अरेवियावाट लाली गुराँस, प्रवासवाट, साउदीवाट, निलनको व्लग, नेपाल गल्फ न्यूज, मेरो नेपाल, राजको व्लग, चौतारी, अनेसास साउदी, अनुराग साहित्य, विनित सानु, अनेसास ज्ञान, मेरो दोमुखा आदिको व्लगिङ भइरहेको छ ।

विगत केही समयदेखि झरीमा उम्रिएको च्याउ सरह व्लगहरु यति विध्न खुलिरहेका छन् कि अव त कम्प्युटरमा बस्ने जो कोहीले व्लगलाई प्रयोग गरिहेको छ भन्दा फरक नपर्ला । अहिलेको स्थितिमा व्लग इमेल खाता जस्तो भइसकेको छ । विश्वमा हरेक २ सेकेण्डमा एउटा व्लग रजिष्टर हुन्छ रे । अझ साउदी अरेवियामा त यसको फेसन नै चलेको छ । एक दुइ हुँदाहुँदै दर्जन भन्दा माथि यसको संख्या पुगिसकेको छ । कति व्लगर साथीहरु त एक जनाले ३ भन्दा वढी व्लग रजिष्टर गरेको पनि नदेखिइएको होइन । कतिले सिक्दासिक्दै व्लग खोले र वन्द पनि गरे । कतिले व्लग साइट नाम नै मन परेकोले होला अर्को व्लग तयार पारे ।

व्लगिङ वर्ड पेष्ट भएकोले जो कोहीले यसलाई सजिलै प्रयोगमा ल्याउन सक्छन् । यिनै कारणले होला नेपाली भाषामा पनि व्लग निकै जन्मदै छ तर यसको निरन्तरता माथि भने शंका गर्ने थुप्रै ठाउँहरु छन् । एक त आफैंमा यो शंकास्पद छ । मतलव यो निःशुल्क सेवा भएकोले गर्दा यसमा धेरै समस्याहरुको मुकावला गर्नुपर्ने हुन्छ । यस्ता समस्याहरुमा आफूले भने सरह ठूलो साइजका तस्विर अपलोड गर्न नसक्नु । त्यस्तै भिडियो फाइल अपलोड नहुनु । तस्विरको साइज पनि ३०० केवी भन्दा माथिको अपलोड गर्न नसक्नु । कतिपय हेडिङलाई कलरफुल वनाउँन एच टि एम एल कोड प्रयोग गर्नुपर्ने हुन्छ । जसलाई एच टि एम एल ज्ञान छैन । उसले अक्षरको कलर, साइज, तथा अन्य आफूले चाहेको फर्म्याटमा बदल्न सक्क्तैन ।

अन्य प्राविधिक कारणहरुमा यसका एडमिनिस्ट्रेटरहरुले समय समयमा विभिन्न समस्याहरु थप्ने गर्दछन् । कहिले नयाँ र्सभर अपडेट गर्ने भनेर २४ औं घण्टा व्लगमा अपडेट गर्न नमिल्ने गरी राखिदिन्छन् भने कहिले व्लग नै नखुल्ने गरी ३, ४ दिनसम्म पनि वन्द हुने गर्दछ । यसरी व्लग नै अपडेट गर्न नसक्दा र ३, ४ दिनसम्म बन्द हुँदा निकै समस्याहरु आउँनु स्वभाविक नै हो ।

जे होस्, व्लगले आजको दुनियाँमा तहल्का पिटिरहेको कुरा निर्विवाद छ अझ भन्नु पर्दा साउदी अरेविया जस्तो कठोर शासन र मुस्लिम मौखिक, मुतुवाको आदर्शमा चल्ने कानूनन देश साउदी अरेवियाबाट पनि वर्तमान परिवेशमा हेर्दा व्लगको वाढी उर्लेको छ । यस्ता व्लगहरुमा प्रवासवाट निकै चर्चाको शिखरमा छ ।। “प्रवासवाट” “व्लगको सचित्र वैकल्पिक पत्रकारिताः व्लग” शीर्षकमा माघ १-१५, २०६२ हिमाल पत्रिकामा समेत तस्विर चर्चाको विषय वन्यो, जसका लेखक मेरो संसारका व्लगर उमेश श्रेष्ठ हुनुहुन्छ । अन्य व्लगहरु लाली गुराँस, साउदीवाट, निलनको व्लग, नेपाल गल्फ न्यूज, मेरो नेपाल, राजको व्लग, चौतारी, अनेसास साउदी, अनुराग साहित्य, विनित सानु, अनेसास ज्ञान, मेरो दोमुखा आदि छन् ।

साउदी अरेवियावाट अपडेट हुने पहिलो व्लगको रुपमा निलनको व्लगलाई विर्सन सकिदैन । त्यसभन्दा अघि साउदी अरेवियाबाट व्लगको अपडेट हुने गरेको देखिइएन तर हाल निलनको व्लग केहि समय अघि देखि संचालनमा छैन/खुल्दैन । त्यसपछि उमेरको हिसावले लाली गुराँस पर्न आउछ । जसको हाल भिजिटर संख्या १५,००० पुगेको छ । यसका व्लगरहरु रविन वानियाँ, वलराम गिरी तथा पदम अर्याल हुन् ।

साउदी अरेवियावाट निकै चर्चाको शिखरमा पुगेको व्लग भने “खाडी मुलुकबाट प्रवासी नेपालीहरुको आवाज प्रवासबाट” नै हो । यसको व्लग ठेगाना http://chij.blogsome.com हो भने सजिलोको लागि www.prawaasbat.cjb.net मा गएर पनि हेर्न सकिन्छ । यसभित्र न्यूज, आर्टिकल, समसामयिक विषयवस्तु तथा साहित्यलाई समेत सजाएर राखिएको छ । यो व्लग अक्टोवर २००५ बाट शुरु गरिए पनि पाठकहरुको निकै माया यसले पाएको छ जसको फलस्वरुप करिव ४ महिना भित्र नै यसको भिटिजर संख्या ५०,००० भन्दा माथि पुगेको छ ।

व्लग आजकल निकै चर्चाको विषय भएको छ, यसले वेभ साइटको दुनियाँमा नौलो आयाम थपेको छ । अन्य अविछिन्नरुपमा चल्ने गरेका वेभ म्याग्जिन तथा संचारीक श्रोतहरुलाई समेत यसले प्रत्यक्ष असर पारी पछाडी छोडेको हो कि भन्ने भान हुन्छ ।
यिनै सन्दर्भमा व्लगर उमेश श्रेष्ठ लेख्नुहुन्छ “कतिपय अवस्थामा मूलधारका सञ्चार माध्यमलाई समेत ब्लगले पछाडि छाडिदिएको हुन्छ र मूलधारका सञ्चार माध्यमको समाचार स्रोतसमेत ब्लग बन्नसक्छ । नेपालमा पनि मूलधारका सञ्चारमाध्यमहरूले दिन नसकेका कतिपय कुराहरूलाई ब्लगले अगाडि ल्याएका छन् । विशेषगरी अडियो र भिडियो ब्लगका कारण नेपालमा हाल जारी आन्दोल नका दृश्यहरूलाई विदेशमा रहेका नेपालीहरूले प्रत्यक्ष हेर्ने र सुन्ने मौका पाएका छन् । स्रोत साधन र प्राविधिक ज्ञानको अभाव तथा ब्लगिङलाई अरू देशमा जस्तो पेशा बनाएर जानसक्ने स्थितिमा नभएकै अवस्थामा पनि नेपालमा अडियो-भिडियो ब्लग समेत सञ्चालन हुन सक्नु महत्त्वपूर्ण मान्नु पर्दछ ।

यसको कारण के हो भन्दा व्लग कुनै संस्थागतरुपमा अथवा फाइदा कमाउने उद्देश्य स्वरुप नभइ पत्रकारिताको धर्म निभाउँने हिसावले खुलेका हुनाले यो स्वच्छ, सत्यतामा अडिग पाइएको छ । व्लग युवा पुस्ताहरुको हातमा भएकोले पनि होला । देशको राजनैतिक, आर्थिक तथा सामाजिक परिवेशलाई यसले प्रत्यक्ष असर पारेको छ । जस्तो परिवेश र आतंक वीच राज्य निसासिएको छ त्यो परिवेशलाई व्लगरहरुले प्रत्यक्षरुपमा भिडियो अडियो तथा अक्षरहरुको व्लगिङद्धारा तुरुन्तै संसार सामु राखिदिएको छ । काठमाडौंमा कर्फयू लाग्छ, पूर्वमा दोहरो भीडन्त हुन्छ, विविसीले समाचार भन्नु पहिले व्लग अपडेट भइसकेको हुन्छ ।

व्लगको दुनियाँ यति विध्न वढिसके कि अव त नेपाली भाषाका व्लगरहरुको पनि एउटा संस्था हुनु पर्ने आवश्यकता महसुस हुन लागेको छ । विदेशमा व्लगरहरुको संस्था होलान तर नेपालमा भने यसको कुनै थालनी भएको छैन ।

नेपालको परिपेक्ष्यमा व्लगिङ सेन्सरसीप वा कानुनी अड्चनबाट टाढै रहेर व्यक्तिगत डायरी लेखे जस्तो स्वच्छ पत्रकारितामाथि विश्वास गरी लेखिने गरिएको पाइएको छ । हुनत विदेशमा थुप्रै व्लगरहरु जेलमा परेको कुरा सुनिन नआएको होइन । तैपनि समग्ररुपमा व्लगीङ गर्ने व्यक्ति प्रायः त एक्लो नै हुने गरेको हुँदा आफैं न्यूज लेख्ने, वाचन गर्ने, भिजियुल खिच्ने, मिक्सिङ गर्ने र सम्पादन गर्ने भएकोले पनि यसको एकुरेसी शुद्ध भएको हो । व्लग वास्तवमा जस्तो देखियो त्यस्तै लेखिने भएकोले पनि यसको लोकप्रियता बढेको छ ।

साउदी अरेवियावाट प्रकाशित हुने नेपाली भाषाका व्लगहरु
http://chij.blogsome.com प्रवासवाट, चिज कुमार श्रेष्ठ
http://laliguras.blogsome.com लाली गुराँस, रविन वानियाँ
http://damudd.blogsome.com साउदीबाट, दामोदर ढुंगाना
http://nilan.blogsome.com निलनको व्लग, निलन कुमार थेच्वमि
http://nepalgn.blogsome.com नेपाल गल्फ न्यूज, खेमनाथ पौंड्याल
http://sdhl.blogsome.com मेरो नेपाल, लेख बहादुर श्रेष्ठ
http://rajtamu.blogsome.com राजको व्लग, युवराज गुरुङ
http://ksachautari.blogsome.com चौतारी खवरपत्रिका, चौतारी समूह नेपाल
http://inlssaudi.blogsome.com अनेसास साउदी, अनेसास साउदी अरेविया च्याप्टर
http://inls.blogsome.com अनेसास ज्ञान, अनेसास साउदी अरेविया च्याप्टर
http://romankhawas.blogsome.com मेरो दोमुखा, लिला कुमार खवास
http://binit.blogsome.com अनुराग साहित्य, बिकास मगर
http://sanu.blogger.vu/
http://nepalgulfn.blogsome.com
http://meronepals.blogsome.com

नेपाली भाषाका केही ब्लगहरू
http://merosansar.blogsome.com
http://www.bloggernepal.com.np
http://www.nepalblogs.com
http://www.hknepal.com/wp
http://nepalinfo.civiblog.org
http://ratnapark.blogsome.com
http://ramdahal.blogspot.com
http://sayapatri.blogsome.com

ब्लग खोल्न सकिने केही साइटहरू
http://www.blogsome.com
http://www.blogger.com
http://www.wordpress.com
http://www.livejournal.com
http://www.myspace.com
http://www.blogeasy.com

अडियो/भिडियो
http://www.youtube.com
http://video.google.com
http://video.download.com
http://www.blastpodcast.com
http://www.podomatic.com
http://www.vimeo.com
http://www.podbazaar.com

January 24, 2006

वर्तमान समस्याको सर्वोत्तम समाधान : जननिर्मित नयाँ संविधान, संविधान निर्माणको सर्वोत्तम प्रक्रिया : जनताको संविधान सभा

Filed under: Article

(नेपालको आन्तरिक राजनीतिक परिस्थिति र विश्व सम्बन्ध तथा विश्व जनमतमा निकै उतार-चढाव र परिवर्तन आइसकेको छ तापनि संकटको मूल मुद्धामा कुनै परिवर्तन हुन सकेको छैन । यो लेख राजा ज्ञानेन्द्रले २०५९।१०।१९ मा सम्पूर्ण राज्यसत्ता आफ्नो हातमा लिनु ठीक अघि २०६१।१०।१७ को देशान्तर र २०६१।१०।१८ को प्रकाश साप्ताहिकमा धेरै काँटछाँट सहित प्रकाशित भएको थियो । यसको सान्दर्भिकता अझै कायम रहेको मान्यता सहित पुनः जस्ताको तस्तै प्रकाशित गरिएको छ - लेखक ।)

विषय प्रवेश
आज हाम्रो देश गंभीर राजनीतिक संक्रमणबाट गुज्रिरहेको छ र हामी नेपाली जनता अत्यन्त संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको छौं । नेपाल अधिराज्यको संविधान २०४७ र त्यसले बसालेको राजनीतिक व्यवस्थाले देश र जनताको भलो गर्न सक्तैन भन्दै तिनका विरुद्ध र देशमा जनगणतान्त्रिक व्यवस्था स्थापना गर्ने उद्देश्यका साथ २०५२ साल फागुनदेखि नेकपा (माओवादी) ले सशस्त्र विद्रोह गर्दै आइरहेको छ । २०४७ सालको संविधानमा राजालाई जुन अधिकार र स्थान दिइएको छ त्यसबाट राजा ज्ञानेन्द्र सन्तुष्ट देखिंदैनन् । त्यसैले २०५९ असोज १८ गतेका दिन उनले तात्कालीन वैधानिक सरकारलाई अपदस्त गरेर समपूर्ण शासनसत्ता आपनो हातमा लिएका छन् । त्यसबाट सिमित जनअधिकार सहितको २०४७ सालको संविधान २०५९ असोज १८ गते समाप्त हुन पुगेको छ र सोही दिनदेखि नेपालमा निरंकूस राजतन्त्र सक्रिय भएको छ । यसले गर्दा नेपालको राजतन्त्रवादी र माओवादीबीच निर्मम हिसात्मक द्वन्द चर्किरहेको सबैले देखी भोगी आएकै छ ।

राजा ज्ञानेन्द्रको उपरोक्त प्रतिगामी कदमले राजा र संवैधानिक राजतन्त्र पक्षधर संसदवादी दलहरुबीचमै पनि द्वन्द सिर्जना भएको छ । त्यसको विरोधमा नेपाली काग्रेसका दुइवटै गूट, नेकपा एमाले, जनमोर्चा नेपाल, नेपाल सदभावना पाटी (आनन्दीदेवी), नेपाल मजदुर किसान पाटी जस्ता संसदवादी दलहरु २०४७ सालको संविधानलाई क्रियाशील बनाई त्यसमा संशोधन गरी राजाको अधिकारमा कटौती गर्ने, राजनीतिक अग्रगमन मार्फ माओवादी समस्या समाधान गरी देशमा शान्ति बहाली गर्ने भन्दै सडक आन्दोलन गर्दै आइरहेका थिए । राजा आपनो अधिकार बढाउन खोज्ने, ती दलहरु भने त्यसलाई सके कटौती गर्ने नसके यथास्थितिमा ल्याउन खोज्ने । राजा र ती दलहरु बीचको यस द्वन्दले गर्दा देशमा अझ धेरै अन्यौल एवं अस्तव्यस्तता थपिन पुगेको छ र देशवासीहरुले अझ बढी दुःख र कष्ट भोग्न परिरहेको छ । यसरि नेपाल र नेपालीको वर्तमान दुरावस्थाको मूल कारण राजा, माओवादी तथा संसदवादीहरु बीच चर्केको त्रिकोणात्मक द्वन्द नै हो ।

२०५९।६।१८ मा अपदस्त तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई राजा ज्ञानेन्द्रले सकभर सबै दलहरुलाई मिलाएर सरकार गठन गर्ने, देशमा शान्ति सुव्यवस्था कायम गर्ने र २०६१ सालभित्र प्रतिनिधिसभाको चुनाव आरम्भ गर्ने हुकुम सहित २०६१।२।२० मा प्रधानमन्त्री पदमा नियुक्त गरेका छन् । यसलाई देउवा काग्रेसले प्रतिगमन पूर्ण रुपमा सच्चियो भनेको छ । नेपाल कम्युनिष्ट पाटी (एमाले) ले भने यसलाई प्रतिगमन आशिक रुपमा सच्चिएको र कथित मन्त्रीपरिषद कार्यविधि नियमावली खारेज गरिएपछि प्रतिगमन पूर्ण रुपमा सच्चिएको विश्लेषण सहित राजाबाट नियुक्त मन्त्रीमण्डलमा सम्मिलित हुन पुगेको छ । यसबाट यथास्थितिवादका पक्षपोषक संसदवादी दलहरुबीच विभाजन ल्याउन राजा एक हदसम्म सफल भएका छन् तर उनीहरुलाई पूर्णरुपले निषेधै गर्न भने सकिरहेका छैनन् र यसो गर्नु सम्भव पनि छैन । विघटित संसदमा प्रतिनिधित्व गर्ने अन्य चार दलहरु गिरिजा काग्रेस, जनमोर्चा नेपाल, नेपाल मजदुर किसान पाटी नेपाल सदभावना पाटी (आनन्दीदेवी) ले प्रतिगमन सच्चिएको छैन, शेरबहादुर देउवाको प्रधानमन्त्रीमा भएको नियुक्ति प्रतिगमनकै निरन्तरता हो भन्दै सडक संघर्षलाई जारी नै राखेका छन् । तर तिनीहरुको लक्ष वा गन्तव्य भने शुरुदेखि नै अस्पष्ट रहदै आएको छ ।

अर्को तर्फआफ्ना सही नीति, सिद्धान्त तथा कार्यक्रमका कारण २०५८ साल फागुनमा दोस्रो पटक पुनर्गठन भएको एक-डेढ वर्षो छोटो अवधिभित्रै नेपालको कम्युनिष्ट तथा लोकतान्त्रिक आन्दोलनमा विशिष्ट पहिचान बनाउन र ओजपूर्ण उपस्थिति जनाउन सफल नेपाल कम्युनिष्ट पाटी (माले) ले देश र विश्व परिस्थितिको सामग्रिक एवं यथार्थपरक विश्लेषण गर्दै इतिहासको चक्रलाई उल्टो दिशामा घुमाएर प्रतिगमन टिक्न सक्तैन, समयको गतिलाई रोकेर देश यथास्थितिमा रहन सक्तैन र वस्तुगत परिस्थिति परिपक्व नहुदै थालिएको मनोगतवादी सशस्त्र विद्रोहले सफलता पाउन सक्तैन भन्दै ती तिनवटै गलत प्रवृत्ति विरुद्ध आफ्नै खाले शालीन संर्घष् गर्दै आइरहेको छ । नेकपा (माले) ले यी तिनवटै गलत प्रवृत्ति पक्षधर शक्तिहरु मध्ये कसैले कसैलाई निषेध गर्न नसक्ने अवस्था सिर्जना भएकोले यिनीहरु बीचको अन्तहीन द्वन्दले देशलाई निरन्तर विनासको भूमरीमा जाक्ने हु“दा वास्तविक अग्रगामी शक्तिहरुले आफूलाई मुलुकको चौथो राजनीतिक शक्तिको रुपमा प्रस्तुत गर्दै हस्तक्षेपकारी भूमिका खेल्नु पर्ने आवश्यकता बारे पनि जोड दिंदै आएको छ । हाल यो पाटी लोकतन्त्र र दिगो शान्तिका लागि हाम्रो अभियान, राजनीतिक अग्रगमनका लागि जननिर्मित नया संविधानको नारा दिंदै जननिर्मित नया संविधानका अन्तरवस्तु कस्तो र के के हुनुपर्छ भन्ने सम्बन्धमा केही समयदेखि देशव्यापी रुपमा र्सवपक्षीय गोलमेच अन्तरक्रिया कार्यक्रमहरुमा व्यस्त रहदै आएको छ ।

समस्याको चूरो र समाधानको कुरो
निश्चित कारण बिना कुनै पनि घटना घट्दैन, अर्थात निश्चित कारण बिना कुनै पनि समस्या उत्पन्न हुदैन । कुनै पनि समस्या समाधान रहीत पनि हुदैन, अर्थात जुनसुकै समस्याले त्यसको समाधानको उपाय पनि आफूसंगै बोकेर आएको हुन्छ । समस्याको सही पहिचान भएपछि समाधानको उपाय पनि आफै पत्ता लाग्न्छ । हामीले भोग्न परिरहेको दुखकष्ट र झेल्न परिरहेको संकटका तीनवटा कारणहरु बारे संक्षेपमा माथि नै उल्लेख भइसकेको छ । त्यस बाहेक पनि हाम्रो समाजमा एउटा अत्यन्त संवेदनशील समस्या आधुनिक नेपालको प्रारम्भदेखि नै रहदै आएको छ । नेपाली राज्यसत्ताले करीब अर्ढाई सताव्दीदेखि आजसम्म जातीय, क्षेत्रीय, लैगिक, भाषिक, धार्मिक, सामाजिक तथा सा“स्कृतिक विभेदहरु लाद्दै आएको छ । त्यसका पीडित पक्षहरुले ती अमानवीय विभेदहरुको समाप्ती, राज्यको नवसंरचना र समावेशी लोकतन्त्र स्थापनाका लागि जोडदार माग र संर्घष् गर्दै आइरहेका छन् जसलाई समयमै सही तरिकाले संबोधन नगरे देश समस्याको अर्को भुमरीमा पर्ने निश्चित छ ।

हाम्रो समाजको विद्यमान राजनीतिक तथा सामाजिक धरातलमा उभिएर विश्लेषण गर्दा के निस्कर्ष निस्कन्छ भने -वर्तमान अन्तराष्ट्रिय परिस्थितिमा नेकपा (माओवादी) को सशस्त्र व्रि्रोह घोषित लक्ष्यसम्म पुग्न सक्तैन र राज्यले सेनाको बलमा माओवादीहरुलाई समाप्त गर्न पनि सक्तैन । देश निर्माणमा लगाउनु पर्ने राज्यपक्षीय सेनाहरुको ज्यान र माओवादी योद्धाहरुको बलिदान अनाहकमा खेर गइरहेको छ । २०५९ साल असोज १८ गतेको राजाको कदम निरंकूस राजतन्त्र लाद्ने प्रतिगमनकारी कार्वाही हो । समयको गति र इतिहासको चक्रलाई उल्टो दिशामा घुमाउने दुस्प्रयत्न चियाको कपभित्र आएको आधी मात्रै हो । यो धेरै दिन टिक्न सक्तैन । जसले टिकाउन खोज्छ, उसलाई समयको भेलले बगाउने निश्चित छ । जनताबाट विधिवत अनुमोदन प्राप्त नगरिकनै लागु गरिएको र २०५९ साल असोज १८ गते मरिसकेको २०४७ सालको संविधानलाई ब्युताएर यथास्थिति कायम गर्दैमा र झिनामसिना सुधार गर्दैमा समस्याको समाधान सम्भवै छैन । देशमा सदियौंदेखि आजसम्म अन्यायपूर्वक कायम हुदै आएको जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैगिक, सामाजिक तथा सास्कृतिक विभेदहरुको पूर्णत समाप्ती, राज्यको न्यायपूर्ण नवसंरचना र समावेशी लोकतन्त्र स्थापना बिना अरु कुनै पनि सुधारले केही अर्थ राख्दैन । ठोस सामाग्रिक राजनीनितिक अग्रगमनबाट मात्र देश र जनतालाई वर्तमान संकटबाट मुक्ति दिलाउन सकिन्छ । ठोस सामाग्रिक राजनीतिक अग्रगमन भन्नुको तार्त्पर्य माथि उल्लेखित चारैवटा समस्याहरुलाई सम्बोधन गर्न सक्ने, जनताको प्रत्यक्ष एवं व्यापक सहभागितामा उनीहरुकै चाहना र भावना अनुरुप निर्मित नया संविधान नै हो र यस्तो संविधान निर्माण गर्ने सर्वोत्तम विधि भनेको संविधानसभा नै हो । तर्सथ अब देश संविधानसभामा जानु र प्रगतिशील नया जनसंविधान निर्माण गर्नुको विकल्प छैन । देशले अब संविधानसभामा जानै पर्छ र नयां जनसंविधान बनाउनै पर्छ भन्ने कुरालाई निम्न शक्ति वा पक्षहरुको माग, निर्णय धारणा वा घोषणाले थप पुष्टी गर्दछन् ।

संविधानसभा र नया संविधान पक्षधरहरु
१। नेकपा (माओवादी) ले संविधानसभालाई आफ्नो न्युनतम माग बताउदै त्यस मार्फत आउने जनआदेशलाई स्वीकार गर्ने घोषणा गरेको छ र त्यस मार्फत उसको जनयुद्धले सम्मानजनक अवतरण खोजिरहेको छ ।
२। नेकपा (माले) र सो आवद्ध संयुक्त वाममोर्चा नेपालले लामो समयदेखि वर्तमान द्वन्दको सर्वोत्तम समाधान जननिर्मित नया संविधान र संविधान निर्माणको सर्वोत्तम प्रक्रिया संविधानसभा नै हो भन्दै आएका छन् ।
३। नेकपा (एके), जनमोर्चा नेपाल, नेमकिपा र नेसपा (आनन्दीदेवी) ले पनि संविधानसभा माग गर्दै आएका छन् ।
४। नेपाली कांग्रेस (प्रजातान्त्रिक्र) ले सबै पक्ष सहमत भए संविधानसभा जान तयार रहेको बताउदै आएको छ ।
५। राप्रपाले राष्ट्रिय सहमतिको आधारमा नया संविधान निर्माणका लागि तयार रहेको धारणा घोषणा गरेको छ ।
६। नेपाली काग्रेसले पनि संकट समाधानका लागि जनमत संग्रह र संविधानसभाको बहसलाई खुल्ला गरेको छ ।
७। नेकपा एमालेले पनि संकट समाधानार्थ आवश्यक परे संविधानसभामा जान तयार रहेको घोषणा गरेको छ ।
८। राजेश्वर देवकोटाले नेतृत्व गरेको राष्ट्रवादी मोर्चाले पनि संविधानसभामा जान आपत्ति नहुने भनिआएकै छ ।
९। प्रवुद्ध बुद्धिजीविहरुको ठूलो संख्याले पनि देशले अब संविधानसभामा जान ढीलो गर्न नहुने भन्दै आएको छ ।
१०। नागरिक समाजका विविध पक्षले पनि देशमा शान्ति कायम गर्न संविधानसभामा जानु पर्छ भन्दै आएका छन् ।
११। आदिवासी जनजातिहरु, महिला तथा दलितहरु, भाषिक तथा क्षेत्रीय समूहहरु र अहिन्दू नेपाली नागरिकहरु पनि राज्यसंरचनामा आपनो अधिकार, प्रतिनिधित्व र सहभागिता सुनिश्चित गर्न संविधानसभाको माध्यमबाटै नया संविधान निर्माणको माग गर्दै आएका छन् ।
१२। द्वन्द समाप्त हुन्छ, संकट समाधान हुन्छ, शान्तिको सास फेर्न पाइन्छ र आपनो भाग्य आफै निर्धारण गर्ने संविधान आफै बनाउन पाइन्छ भने देश अविलम्व संविधानसभामा जानु पर्छ भनी सम्पूर्ण सचेत र्सवसाधारण नेपाली नागरिकहरुले भन्दै आएका छन् ।

राजा ज्ञानेन्द्र र संविधानसभा
विद्रोही नेकपा (माओवादी) ले सत्तापक्षसंगको वार्ताको बटमलाइन अथवा न्यूनतम र्सत संविधानसभा भन्दै आएको छ । तर संविधानसभा सम्बन्धी यो माग उसको आफ्नै मौलिक माग हुदै होइन । तथापि वर्तमानमा संविधानसभाको मागलाई जवरजस्त रुपमा उठाउनेमा नेकपा (माओवादी) नै अग्रपंक्तिमा पर्दछ तापनि आज यो माग नेपाललाई अस्थीर र कमजोर देख्न चाहनेहरु बाहेक सिंगो नेपाली समाजको माग बनिसकेको छ । संविधानसभाको माग कुनै नौलो माग वा विषय पनि होइन । संविधानसभा त राजा त्रिभुवनले २००७ सालमा दिल्ली स्वनिर्वासनबाट स्वदेश फर्केको लगत्तै नेपाली जनतालाई आफ्ना लागि आफैले संविधान बनाउने प्रक्रियाको रुपमा दिने कबुल गरेको शाही घोषणा हो । नेपालको राजतन्त्रले आफ्नो सो प्रतिवद्धता आजसम्म पूरा गर्न सकेको छैन । आज नेपालको राजगद्दीमा उनै राजा त्रिभुवनका माइला नाती राजा ज्ञानेन्द्र विराजमान छन् । परिस्थितिले आफ्ना पूर्खाको उक्त प्रतिवद्धता पूरा गर्ने जिम्मेवारी आज राजा ज्ञानेन्द्रको काधमा आइपरेको छ ।

राजा ज्ञानेन्द्रले केही र्सत सहित संविधानसभामा जान सकिने आसय २०५८ साल तिरै व्यक्त नगरेका पनि होइनन् । तर उनले राख्न चाहेका र्सतहरुलाई र्सार्वजनिक भने गरिएन । र्सार्वजनिक गरिएको भए तिनमाथि पनि बहस छलफल गर्न सकिन्थ्यो होला । राजा ज्ञानेन्द्रले उनको सम्मानमा देशको विभिन्न ठाउमा आयोजित नागरिक अभिनन्दन समारोहहरुमा आफू रचनात्मक राजा हुन चाहेको कुरा बताउदै आएका छन् । त्यसैले उनलाई पनि २०४७ सालको संविधान मनपरेको छैन । अर्थात उनलाई पनि नया संविधान चाहिएको छ । उनको नागरिक अभिनन्दनहरुमा बीसौं-पचिसौं हजारको संख्यामा प्रजाहरु भेला भएको देखिएकै हो । राजालाई भगवान विष्णुको अवतार मान्ने प्रजाहरु मुलुकमा अझै पनि लाखौंको संख्यामा छंदैछन् । दुबै नेपाली कांग्रेस लगायत सम्पूर्ण गैरकम्युनिष्ट पाटी संवैधानिक राजतन्त्रलाई आफ्नो आदर्श मान्दछन् । कम्युनिष्ट पाटी मध्ये आफूलाई सबभन्दा ठूलो पाटी भन्ने नेकपा (एमाले) र नेमकिपाले पनि उच्च सम्मान र र्समर्थनका साथ संवैधानिक राजतन्त्रको विकल्प नरहेको भन्दैआएका छन् । यति व्यापक जनाधार भएका, राजनीतिक दलहरुको यति बलियो र्समर्थन प्राप्त गरेका र संधै लोकसम्मति र जनभावना अनुसार चल्ने भन्ने राजाले जनभावना अनुसार निर्माण हुने नया संविधानका लागि संविधानसभामा जान डराउनु पर्ने वा र्सत राख्नु पर्ने कुनै आवश्यकता देखिंदैन ।
संविधानसभा मार्फ नया“ संविधान निर्माणको विपक्षमा केही व्यक्ति र शक्तिहरु नदेखिएका होइनन् । तर ती व्यक्ति र शक्तिहरु राजाको सहमतिको संकेत पर्खेर बसेका छन् । यस विषयमा राजा सहमत हुनासाथ उनीहरुको विरोध पनि सहमतिमा बदल्ने छ र देशमा शान्ति स्थापनाको प्रक्रियाले पनि गति लिनेछ । संविधानसभा मार्फ नया संविधान निर्माण गरी देशमा मच्चिरहेको अन्तहीन-अर्थहीन द्वन्द रुपान्तरण गर्न र शान्ति कायम गर्न सहमत हुन बाकी व्यक्ति वा शक्ति भनेको राजा मात्र हुन् । द्वन्द रुपान्तरण गरी देशमा शान्ति स्थापना गर्ने वा त्यसलाई निरन्तरता दिई देशलाई अझ ठूलो संकटको भडखालोमा पार्ने - यसको छनौट गर्ने जिम्मा पनि अब राजामा नै सिमित हुन गएको छ ।

विद्रोहीहरुको हतियार बारे
द्वन्द समाधान र शान्ति स्थापनाका हिमायती कतिपय व्यक्ति र शक्तिहरु देश संविधानसभामा जाने हो भने विद्रोही माओवादीसंग भएको हतियार बारे के गर्ने भनी प्रश्न गर्दछन्, चिन्ता व्यक्त गर्दछन् । कतिपयले त विद्रोहीहरुले आफ्नो हतियार राज्यलाई बुझाउनु पर्छ भनी सजिलै आफ्नो मत जाहेर गर्दछन् । तर विद्रोहीहरुले आफ्नो हतियार राज्यलाई बुझाउनु असम्भव छ । यसो भन्नु उनीहरुलाई आत्मर्समर्पण गर भन्नु हो । संसारमा कहिं पनि राज्यसंग बराबरीको हैसियतमा टक्कर लिइरहेको विद्रोहीहरुले यति सजिलै आफ्नो हतियार राज्यलाई नै बुझाएर आत्मर्समर्पण गरेको इतिहास छैन र हुने पनि छैन । अमेरिका, बेलायत र भारतको सैन्य सहयोग पाएर पनि राज्यपक्षले दबाउन नसकिरहेको अवस्थामा माओवादीहरुलाई हतियार बुझाउ र आत्मर्समर्पण गर भन्नु जस्तो मूर्खता अरु के होला ? पहिलो कुरा त हतियार व्यवस्थापनको कुरा संवेदनशील भइकन पनि प्रमुख कुरा हुदै होइन । हतियार व्यवस्थापनको कुरा तपसिलको कुरा मात्र हो । द्वन्द समाधान गर्न सहमत हुने कि नहुने ? यो नै प्रमुख कुरा हो । द्वन्दरत पक्षहरु द्वन्द समाधान गर्न सहमत हुन्छन् भने हतियार व्यवस्थापनको समस्या कुनै ठूलो समस्या होइन । तर त्यसको समाधान कसरि गर्ने भनेर अहिल्यै र्सार्वजनिक गर्नु समयभन्दा निक्कै अगाडि हुनेछ । द्वन्दरत पक्षहरु द्वन्द समाधानका लागि संविधानसभा मार्फत नया प्रगतिशील संविधान निर्माण गर्ने विषयमा सहमत भएर इमानदारिताका साथ त्यसलाई व्यवहारमा देखाउन्, चौथो राजनीतिक शक्ति सम्बन्धी अवधारणाको प्रणेता र त्यसको मूलधार नेपाल कम्युनिष्ट पाटी (माले) ले हतियार व्यवस्थापन सम्बन्धी समस्याको समाधान मात्र होइन, जनयुद्ध लडिरहेका जनसेनालाई व्यवस्थित गर्ने समस्याको समाधान समेत दिनेछ । सबैले ढुक्क भए हुन्छ ।

(श्री श्रेष्ठ नेकपा (माले) जिल्ला संयोजन समिति ललितपुरका सदस्य हुनुहुन्छ ।)

- महेश्वर श्रेष्ठ

January 12, 2006

एक्लेढेँडूको कथा

Filed under: Article

भएभरका उसका आफन्तलाई एकदिन उसले स्वाहा पार्‍यो र ऊ दुनियामै एक्लो बन्यो। त्यसैले उसको नामै एक्लेढेँडू रह्यो। आफ्ना बितेका कुरालाई संझेर बुढेसकालमा छातिभरि ऐठान लिएर बस्थ्यो सो बुढो एक्लेढेँडू। उसलाई निद्रा लाग्दैनथ्यो। सुतिहाले भटट र रेटेटे गर्दै घमासान घुर्थ्यो। (more…)

मुक्ति कि मृत्युको लडाइँ

Filed under: Article

फासीवादी सामन्ती शाही सत्ताले जनता मार्ने इजाजत राष्ट्रघाती शाही सेनालाई दिन कुनै कसर बाँकी राखेको छैन। मान्छेको सिकार खोज्दै हिँड्ने संसारकै सबैभन्दा निकृष्ट र बर्बर सेनाको कोटीमा नेपालको फासीवादी शाही सेना पर्न आउँछ। (more…)

January 11, 2006

मुस्लिमहरुको ५ दिन लामो वक्रिद विदा र हाम्रो खोवर यात्रा

Filed under: Article

हरेक वर्षजस्तै यसपाली पनि मुस्लिमहरुको महान् चाड वक्रिद इद एल अदा अस्तिबाट शुरु भयो । सवैलाई अस्ति देखिनै ५ दिन लामो विदा भएको छ । यो वक्रिदमा मुस्लिमहरु मक्का मदिना जुन साउदीभित्र पर्दछ त्यहाँ गएर धर्म कमाउने गर्दछन् । मुस्लिम धर्मको स्थापना पनि यही मक्का मदिनाबाट भएको कुरा मुस्लिमहरु विश्वास गर्दछन् । मक्का मदिनामा लाखौंको संख्यामा श्रद्धालुहरुको भीड लाग्ने गर्दछ । त्यहाँ साउदी अरेवियाबाट मात्र नभएर संसारका धेरै देशहरुबाट भक्तजनहरु आउने गर्दछन् । जसलाई हज यात्रा भनेर चिन्न सकिन्छ । (more…)






















Thank you for visiting my blog.