कृष्ण प्रर्साई
बिहानै ढोका खोलेर हेर्दा बाहिर हिउँ परिरहेको थियो । अधिल्लो दिन परेको हिउँ अझैसम्म पग्लिएको थिएन । आज पनि मैले आफ्नो वरन्डाबाट बाहिर निस्कने भर्याङ्ग र हिड्नुपर्ने बाटाको हिउँ बढार्ने र सफा पर्ने काम गरे । (more…)
कृष्ण प्रर्साई
बिहानै ढोका खोलेर हेर्दा बाहिर हिउँ परिरहेको थियो । अधिल्लो दिन परेको हिउँ अझैसम्म पग्लिएको थिएन । आज पनि मैले आफ्नो वरन्डाबाट बाहिर निस्कने भर्याङ्ग र हिड्नुपर्ने बाटाको हिउँ बढार्ने र सफा पर्ने काम गरे । (more…)
-शेखर ढुङेल
मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
जन्मदा घिउ चिनी को सट्टा
खोर्सानी को धुलो , रिठ्ठा को झोल
पिलाए छन कि क्या हो (more…)
कसले कठै भन्ने भो र डाँको छोडी रुँदाखेरी,
देशकै याद आउँदो रैछ सागर पारी हुदाखेरी ।।
आँखाभरी आइराख्छ आफ्नै प्यारो गाउँघर ,
चट्ट छाडी हिँड्नुपर्यो साढेसातले छुदाखेरी ।।
मोती सरी हिउँचुली, नागबेली नदिनाला,
लाली गुराँस, बेली, चम्पा अन्य फूल सेता काला ।।
सबैसँग रमाउँदै खेल्थेँ चिसो सिरेटोमा…
अहिले त्यहि याद आउँछ, तातो रापले छुदाखेरी ।।
मख्ख पर्थे फूलझैँ ऊनी सुवास छरी मुस्काउँदा,
दंग पर्थिन् मनका भाव कथासरी सुनाउँदा ।।
छुट्ने बेला आँखाभरी टलपल मोती रसाएको…
अहिले त्यहि याद आउँछ, चिनो रुमाल धुदाखेरी ।।
-उत्सुक-वैशाष, ९, २०६४
You taught me how to laugh again
And gave me back my smile,
Restored my faith in people when
Everyone seemed vile.
You were as if the sun came up
Upon my bitter night
And bade the blackness rustle up
Some joyful morning light.
And inexplicably my heart
Rose up and twirled me round,
So sudden in its expert art
I scarcely touched the ground.
With you I am still filled with light
And all my feelings dance.
You are my song, my wings, my flight,
My truth and my romance.
आजभोली
दिन रात संगको
लुकामारी हुन्छ ।
अफिस कोठा र सुत्ने डब्बा
यि दुइ साक्षी बने
हरपलको ।
मरुभुमिको फुस्रो मुहार संग
मेरा धेरै साथीहरुले
मित लगाए ।
तातो राप, कठांग्रिने हावा
पालै पालो पाउने
साथ भए ।
घडिका र्सुइले डाक्छन
इमान्दार भई
यसको टिक टिक, टिक टिक
विहानीको भाले
बासे जस्तै भयो ।
अरु सबै शुन्य
अचानक आउने
स्मृतिका पात्रहरु पनि
इतिहास भैसकेछ
एकादेशको ।
अनुभुतिका रुपहरु
ताजा भई बास्तबिकता
खोज्छन ।
तर बिडम्बना,
भ्रमले नराम्रो हार पाउँछ ।
समयले काचुली फेरिसकेछ
साची नै , अव ति पात्रहरु
बुढा भए, जिर्ण पनि भए,
कति त हराएर
गए होला ।
सायद, शून्य मगजमा
स्मृतिको चाबी लाग्नु
मेरो दोष होइन
-भक्त बहादुर मल्ल, तनाजीव, साउदी अरेविया
मुटु भरी पीडा बोकी हाँसी रहेछु ओठमा त,
नभरीने घाउ बोकी बाँची रहेछु बाँच्न त ।
तिमी मेरो आशा नभई भरोसा नै मानेको थें,
साथ दिन्छौ पक्कै मलाई भन्ने मैले ठानेको थें ।
छोडी गयौ एक्लो पारी आशु पिएँ मैले,
एकान्तमा तिम्लाई सम्झ पागल हुन्छु कैले ।
निष्ठु त्यो तिम्रो दिल मोडी कतै गयौ,
वेसहारा मलाई एक्लै छोडी अन्तै गयौ ।
अनिल अचार्य, साउदी अरेविया
स्कूल र कलेजहरुमा खोजे जिन्दगी
जिन्दगी त केवल टाइम पास रहेछ
हाँस खेल गर्दैमा बित्दोरहेछ
शहर शहरमा खोजें जिन्दगी
जिन्दगी केवल गन्धकी रहेछ
हरदिन किनबेच मात्र हुँदोरहेछ (more…)
To,
My beloved
Sub: Application for the post in your vacant heart
Dear……………….
According to some of my reliable sources, I came to know that there is a vacancy for the post in central core of your heart and I would like to apply for the same.
I’m not as handsome as Brayan Adamas not as popular as Enirque I even don’t have strong body like Salman Khan, but above all I have a soft and creamy heart, which only knows to express these words for you, “I LOVE YOU”. (more…)
म त यस्तो भएँ
सवैभन्दा सस्तो भएँ
परदेसिएको पलछिनर्मै
जनै पनि फालि दिएँ कतै
कन्दनी त यस्तै उस्तै
हरि ओम् जप पनि हरायो कतै
एक्कासौ शताब्दीको परिवेशमा
आफ्नोपन पनि हराएछु सायद कतै
यिनै परिवेशमा लामो लामो पारिहाले दारी
कपाल चाँहि धुजा धुजा पारें बेसरी
चश्माको स्टाइल पनि निकै फेरियो
मुतुवा वन्ने जमर्कोमा सलाम वालेकुममा झरियो
खै को नै छ र परदेशमा सम्झाउँने
जति छुद्र भयो उत्ति नै साथीहरु रमाउँने
विग्रिएर यस्तै भो चाला
अव त परदेशमै सायद जीवन जाला
===== x =======
अरबिक सागरमा आएछ छाल
छालको खबर पुगेछ नेपाल
त्यो खबरले गरेछ कमाल
छोरो आयो अरबियन फाल
यहाँ आउँदा ठिक छैन चालमाल
खान बस्न सुर न ताल
गर्मि त्यस्तै दुख्छ कपाल
सम्झना आउँछ आफ्नै नेपाल
तै पनि बस्नै छ तीनसाल
आशा छ कमाउने माल
बिछोडको पिडामा मायालुको बेहाल
यहाँ चै केटिलाई हेर्दा मात्र पनि आउँछ रे काल
कुन्दन पराजुली, साउदी अरेविया
एकान्तमा क्षितिज पारी जिउनु पर्ने भयो आज
तिम्रो नासो आशु संगै पीउनु पर्ने भयो आज ।
तिमी मेरो समीप हुदा धर्ती सुन्दर स्वर्ग हुन्थ्यो ।
घायल मुस्कान, प्यासी नजर मुटु भित्र कति छुन्थ्यो ।
एक्लो जीवन कुहीरो पारी जिउनु पर्ने भयो आज
तिम्रो नासो आशु संगै पीउनु पर्ने भयो आज ।
तिमी बोल्दा फूलैफूलको प्यासी साउन वर्षाद हुन्थ्यो
पाएल झङ्कार, आशीक मिलन दिल भित्र कति चुम्थ्यो ।
कोरा जीवन बेथासंगै जिउनु पर्ने भयो आज
तिम्रो नासो आशु संगै पीउनु पर्ने भयो आज ।
Chandra Pun, KSA
जदौं सदा झे सबैलाई शुभ प्रभात
के लेख्ने होला सोच्नै सकिन म त
जे भए पनि पढ्नु होला मेरो सपना
लाग्थ्यो कुनै थियो जस्तै बिपना
सपनीमा नै मैले एउटी केटी देखे
उनीलाई हतपत एउटा चिठी लेखे
नाम तिनको थिइन रे रमीला
हेर्दै लाग्थ्यो कि साच्चै र्सर्मिला (more…)
खबर सुन्नु होला देशको बारेमा
अब लाग्छ देशको छैन गरिमा
हिजोको आज, आजको हो ताजा
खबरे पस्दैछु साथीहरुको माझ
चट्याङले चारको लिएछ ज्यानै
बा“कीलाई बाढीले बगाएछ धन्नै
देशमा अझै चर्किएछ हडताल
देशमा बिकृति बढ्दैरहेछ हाल (more…)
प्रतिक्षाको सीमा धेरै नाघेछ
बल्ल मनमा माया जागेछ
यही त भन्छ भित्री मनले
एउटी चाहियो भन्छ यो ज्यानले
असार आयो श्रावण पनि आयो
बैश छदा न कतै माया लायो
तिर्खाउदाको प्यास न कतै पायो
दिन रात एक्लै के नै पो खायो (more…)
-यौनगुरु
फेरी नयाँ लाश देखियो देशमा शान्तीको खोजिमा
एउटा छोरा बिदेशियो पैसा नहुदा उसको गोजीमा
देशमा सधैं छ सानो तिनो लर्डाई र मारा मारी
नेपाल आमाले काख रित्ताउने भयो यस्तै गरी (more…)
न दोष तिम्रो न मेरो थियो
माहोल नै पुरै अंधेरो थियो ।
जवाफ एउटै पाउन सकिन
सवाल लगनको फेरो थियो ।
के आँशु पिएर प्यास मेट्नु
न बालुवा बिच पंधेरो थियो ।
मैले आफ्नो मर्यादा तोडिन
निर्दयी समाजको घेरो थियो ।
को सुन्थ्यो, विनीतको पुकार
संसार नै सारा अटेरो थियो ।
विकाश
कुनै नेता पहिलो चोटि मन्त्री भएछन्, भोली पल्ट उनको पहिलो भाषण रहेछ, त्यसैले पि ए लाइ बोलाएर भनेछन्-”भोली मेरो पहिलो भाषण छ, त मेरो पछाडि बस्नु, अनि केही मिस्टेक भयो भने पछाडि बाट मेरो शर्ट बिस्तारै तान्नु, अनि म सच्च्याउला।” पि ए ले हवस् भनेछ।
भोलि पल्ट भाषण सूरु भयो, मन्त्री ज्यु भन्न थाले- “हाम्रो गाउ धेरै बिकाश गर्नु छ, म सत्ता मा छऊन्जेल् हाम्रो गाउ बिकाश हुनेछ, चाहे यसको लागि मलाइ १०लाख् खर्च गर्न किन नपरोस्? ” पि ए ले पछाडी बाट शर्ट तानेछ, अनि मन्त्री ज्यु ले सच्याएर भने” कहा १० लाख् मात्र म तपाइहरु को लागि २० लाख् पनि खर्च गर्न सक्छु,” फेरि पि ए ले पछाडि बाट शर्ट तान्यो, फेरि मन्त्री ज्यु भन्छन्- “त्यती मात्र काहा हो र? म तपाइ हरुको लागि ५० लाख् सम्म खर्छ गर्न सक्छु।” तर त्यती भन्दा पनि पि ए ले पछाडि बाट शर्ट तानेको देखेर रीस् ले चूर हुँदै मन्त्री ज्यु भन्नुहुन्छ- “ह्य्या, त्यो भन्दा बढी त म खर्च गर्न सक्दिन,बरु मेरो शर्ट नै च्यतियोस्!!!!!!!!!!!!
लामो समय देखि प्रेम बन्धन मा बाँधिएका प्रेमी र प्रेमिका एक दिन नयाँ गाडी मा नगरकोट घुम्न जान्छन्, त्यस्तो नयाँ गाडी किन्नु को बाबजुद पनि प्रेमी लाई उदास देखेर प्रेमिका सोध्छिन्: के भयो ,किन उदास छौ?
प्रेमी: मैले तिमीलाई भन्नै पर्छ, धेरै लामो समय देखि मैले तिमी सँग एउटा कुरा लुकाएको छु
प्रेमिका अत्तिदै: के भयो? के कुरा हो, भनन।
प्रेमी: म विवाहित हुँ, मेरो एउटा बच्चा पनि छ,
प्रेमिका हाँस्दै: थ्यान्क्स गड !म त यो गाडी अर्कैको भन्न लाग्यौ कि भनेर आत्तेको!
पहाडमा जन्मेर तर्राईमा हुर्कियो
दुःखमा साथ दियो न कहिल्यै तर्कियो
पूर्ब, पश्चिम, उत्तर, दक्षिण दौडिरहयो
जिन्दगीको सागरमा एक्लै पौडिरहयो ।
कोही भन्छन नाम के हो ? कहाँ हो घर
जहाँ टेक्छु त्यही भन्छु मेरो आफ्नै घर
मेरो आफ्नो भन्ने केही छैन कुनै चीज
त्यसैले त एक्लै छु, दुनियाँको बीच ।
छैन मेरो कुनै स्थायी नाम र ठेगाना
कसैले सोध्द हेर्नुपर्छ मलाई जोगना
चिनेकालाई भनिदिन्छु नाम मेरो नीर
लमजुङे हुँ बर्साई मेरो चितवनतिर ।
अन्जानीले सोधे बोल्दिन्छु म हाँसेर
थाहा नहोस् मुटुमा ब्यथा राख्छु साचेर
आज भेट्छु भोलि त हुन्न एकै ठाँउ
जहाँ गएपनि त पाउछु अनेक नाउ ।
बोली मेरो छैन कुनै प्रभाबशाली
हुने भन्दा नहुने बोल्छु म खाली
दुनियाँलाई देखाउछु हजार रुप बरु
दुःख सम्झे हुन्छ आफै जलेर मरु ।
त्यसैले त खाली छ मुखमा मेरो हर्ष
कहिले काही झरीदिन्छ आशुको बर्षा
तैपनि जिन्दगीमा बाटो देखेकोछु
धेरैपछि आज दुइ शब्द लेखेकोछु ।
नीर शब्द आँशु हो झरेर नसकिने
मोति भन्छन् कसैले किन्नै नसकिने
कही सागर बनेर रहेकोछ मूल्यहिन भइ
कही खोजीरहेछन् चाहिदा झर्ने नभइ ।
अर्को शब्दमा पानी हो बगेर जाने
सबैको जीवनमा यो सधै चाहिने
मित्र गरे सधैं हुन्छ सधै राम्रो हुने
शत्रु भए पहाडै थर्काएर लाने ।
तेस्रो शब्द शान्तिको रंग हो निलो
राख्नु हुन्न सधैं यसलाई ढिलो
नीरले सेतो कपडामा हर्राईदिन्छ दाग
भन्छु सबलाई अब सपनाबाट जाग ।
यही नै हो नीर सबैले चिन्नु पर्ने
कहीले आशु बनेर दुःखलाई साथ दिने
कहिले नीर बनेर सफाई गरि दिने
तिर्खाउदा सबैलाई प्यास बुझाई दिने ।
मेरो परिचयमा केही भयो कि कमी
सधै नजिकै हुन पाउन तिमी हामी
गल्ती भए माफ पाउ अन्जानीलाई
साउदीमा नफालौ अमूल्य जवानीलाई
यही छ परिचयको पहिलो उपहार
कही कतै नबिलाओस् मनका रहर
लामो छ जीवन छैन हजुर छोटो
चाहनु भए दिनु मलाई एक फोटो ।
नीर बहादुर तामाङ, सफानिया
सबैको आवाज थियो, देशमा बाल्ने नयाँ दियो
एकै दिनमा देशभर ठूलो क्रान्ति फैलियो
जनताहरु भन्छन् हजुर सबै एकै साथ
राजतन्त्र मुर्दावाद, लोकतन्त्र जिन्दाबाद ।।
हजारौ संख्यामा घाइते भइरहयो तर
जनताको मनमा कति भएन अब डर
अडिग रहयो बोल्न थाल्यो एकै साथ
राजतन्त्र मुर्दावाद, लोकतन्त्र जिन्दाबाद ।।।
शहिद भइन निदर्य नारी एकै दिनमा
सारा साही क्षेत्र भष्म गर्यो एकै छिन
सत्न छोडेन हडताल गर्यो दिन रात
सबैले भन्न थाल्यो लोकतन्त्र जिन्दाबाद ।।
रेडियोको समाचार सुनेर भए आक्रोस्
कल्पन थाल्यो सबै भोलिको कर्फु तोडन सकोस्
मजदुरले दिनरात खान पाएन उक गाँस
अनि भन्नै कर लाग्यो सबैलाई लोकतन्त्र जिन्दाबाद ।।।
कार्यालयहरुमा भयो दिनहुँ तालाबन्दी
ब्यापारमा पनि हुन थाल्यो अब मन्दी
जुलुसमा जनतामाथि गर्यो सेनाले लात
तर भन्न छोडेन लोकतन्त्र जिन्दाबाद ।।
मानव भएर दानव बन्न सकेन सेना पनि
जुलुस शान्ति भयो भित्र भित्र मिल्यो अनि
त्यसैले त गर्यो शान्ति जुलुस एकै साथ
र भन्न थाल्यो सबैले लोकतन्त्र जिन्दाबाद ।।।
यस्तै गरी धेरै दिनहरु बित्दै गयो
देशमा नयाँ शासन शुरु हुने भयो
सबैले भन्न थाल्यो राजतन्त्र मूर्दाबाद
त्यसैले सवैमा लाग्यो लोकतन्त्र जिन्दाबाद ।।
अन्तमा लोकतन्त्रको भयो बहली
तर गाह्रो भयो लोकतन्त्र राख्न समाली
देशभित्र भयो अनेक थरीका करार
तर पनि निकालेर छाड्यो पुरानो सरकार ।।।
यसरी नयाँ बिहानीको भयो उपहार
गरिब र मजदुरको भयो सपना साकार
देशमा शान्तिको दियो बाल्यो एकै साथ
अनि फेरी भने सबैले लोकतन्त्र जिन्दाबाद ।।
यौनगुरु
सृजना,
मीठो याद
लामै समयपछि भएपनि तिम्रो इमेल पाएँ ज्यादै खुशी लाग्यो । इमेलमा तिमी एकदम ठीक छु भनेर लेखेको रहेछौं र मेरो वारेमा पनि कस्तो छ भनेर लेखेको तिम्रो इमेलले धेरै समय अगाडि लगेर मलाई अतीतको प्रतिविम्वमा उभ्याएको छ ।
विगतका कुनै क्षणमा स्कूले नानीको जीवन विताउँदा यस्तै यस्तै भावहरु मिश्रति पत्रहरु मेरी साह्रै नजिककी साथी शोभाले पठाउने गर्दथी । हुनत हामी एउटै कक्षामा अध्ययन गर्दथ्यौं ।
उनको र मेरो भेट आठौं कक्षामा भएको थियो । हामी वीच नजिकको मित्रता थियो नै । एउटै कक्षामा पढ्ने सहपाठी भएर नजिकको नाता हुनु त स्वभाविकनै हो पनि ।
समय वित्दैथ्यो हामी नवौं गर्दै दशौं कक्षामा प्रवेश गर्यौं । उनको र मेरो मीत्रताले सारा स्कूल प्रभावित भएको थियो । साथीहरु माझ पनि हाम्रो वारेमा खासखुश चलिरहन्थो नै । हाम्रो असल मित्रता देखेर समाजका कुतत्वहरुले हाम्रो कञ्चन नातालाई वद्नामीको घेराभित्र जकड्न प्रयास गर्यो । हो, उनी मलाई चाहन्थिन र म पनि उनलाई चाहन्थे । के एउटा केटाले केटीलाई र केटीले केटालाई मन पराउनु लगत थियो - के केटा र केटी वीच आत्मीय मित्रताको कसी रह्न नसक्ने हो त ? महिला र पुरुषको वीचको सम्बन्ध केवल शारीरिक संभोग मात्र हो त - वा महिला र पुरुषको सम्बन्ध एउटा लोग्ने र स्वास्नीमा मात्र सीमित हो त रु पुरुष-पुरुष वीचको मित्रता जस्तो महिला र पुरुष वीच मित्रता हुन नसक्ने हो त - खै के सोच्यो समाजले, विस्तारै समाजको हेपाहा प्रवृत्तिबाट हार मानेर उनी म देखि टाढा हुन थालिन र म पनि के गर्न सक्थे र । उनको माया मुटुभरि पालेर पनि उनीभन्दा टाढा वस्न रुचाएँ सायद, त्यसैले होला एस।एल।सी। प्रवेशीकाको लगतै विरगञ्जमा इलेक्ट्रोनिक्स तथा कम्प्युटर टेनिङको लागि भर्ति हुन पुगें ।
कक्षाकोठामा पनि हामी एकअर्कालाई बोलाउन समेत नसक्ने हुन थाल्यौं । विस्तारै स्कूले जीवन पनि सकियो । म पास भएछु उनलाई अंग्रेजी पेपर लागेको रहेछ । केही समयपछि म उच्च शिक्षा हासिल गर्नका खातिर विरगंजतिर लागे ।
धेरै नजिकको मित्रता बोकेको हाम्रो साइनो विस्तारै विस्तारै कता हो कता शून्यतामा विलाउन लागेको महसुस हुन्थ्यो । हेर्दाहेर्दै एकदिन उनको विवाहको कुरा पनि छिनिएछ, उनले मलाई फोनमा केहिदिन अघिमात्र वताइन । उनको आवाजमा डर थियो, मनभित्र सायद मप्रतिको अथाह माया र दृण संकल्प अनि अठोट विश्वास । उनी रुदै थिइन सुक्क सुक्क गर्दै, हाँसेको अभिनयमा म पनि छात्तीमाथि ढुंगा राखेर मनलाई बाँध्ने प्रयत्न गर्दैथें, लागेको थियो उनलाई विदा गर्नु अघि एकपटक मात्र भए पनि अंगालोमा बाँधौं सायद उनीपनि चाहन्थिन । तर अफसोच् हामी त टेलिफोनमा थियौं। कतिखेर आँखाबाट खसेको आँशुले गाला भिजिसकेछ थाहै भएन ।
त्यसपछि मैले उनलाई भेट्ने प्रयत्न गरिन भनुया चाहेर पनि मबाट हुन सकेन । म उनको पारिवारिक सम्मानलाई वदनामीको धव्वा दिन चाहन्न थें । उनको बाबालाई समाजको अघि निहुरिएको हेर्न चाहन्थे । वर्तमान क्षितिजमा सायदले उनले पनि मलाई विर्सेर नयाँ जीवनको वागडोर सम्हाल्ने कोसिस गरेकी होलिन् । उनको वैवाहिक जीवनलाई धेरै शुभकामना टाढैबाट भएपनि दिएको छु । मेरो जीवन कहालीलाग्दो भए पनि उनको जीवन सधैं विहानी भइरहोस् । नाम, इज्जत र प्रतिष्ठा उनले समाजमा कमाउन सकुँन, बस् यति नै चाहन्छु ।
सृजना, धेरैपछि फेरि एकपटक उही कथा दोहोरिन खोजेको छ, सायद । खै भगवानले यस्तो सधैं मसंगै मात्रै दोहर्याउन खोज्छ, किन हो ।
तिमीले इमेलमा थुप्रै संझनाका अनुभूतिहरु भएर पनि नभए झैं गर्नु परेको भनेर लेखेको वाक्य को अर्थ बुझ्न सकिन । कारणमा तिमीले सानो र ठूलो भन्ने शब्द मनमा राखेको रहेछौं यो कुरा पनि मैले प्रष्ट बुझ्न सकिन । हामी त समान थियौं । एउटा असल साथी । असल साथीहरु वीच ठूलो र सानो भन्ने कुरा कहाँबाट आयो मैले बुझ्न सकिन ।
जेहोस् सृजना, जीवन भनेको यस्तै रहेछ, स्पष्ट व्यक्त गर्न पनि नसकिने, व्यक्त नगरिकन बस्न पनि नसकिने । तिमीले नयाँ फोन नं। पनि पठाएकी रहेछौं । त्यो फोनमा म तिमीलाई कतिखेर भेट्न सक्छु अथवा तिमीलाई अप्ठ्यारो हुन्छ भने ठीकै छ । म इमेल मात्र गर्नेछु । मेरो मोवाइल नम्बर त तिमीसंग छदैछ । कहिलेकाही अरुसंग रिस उठ्यो भने मेरो मोवाइलमा डायल गरि मलाई गाली गर्नु ।
पुरानो डायरीबाट
दुई गाँस साँझ विहान सिस्नो खोले जसो होला
दुःख सुख सरोवरी, वाँडि चुँडि खाउँला प्रिय ।
मौलिकता नै भुलाउने मन्जुर छैन विदेशीपन
नयाँ नौलो चाँहिदैन, दौरा चोलो लाउँला प्रिय ।
पराइको गुलाम बनि, कति वस्नु भो प्रवासमा
हिउँद वर्षा आपनै माटो, गैरी खेतमा धाउँला प्रिय ।
मरुभूमिको मृग तृष्णा, मनमा रहर कति पाल्नु
र्स्वर्ग जस्तो घर हाम्रो, वनकै खरले छाउँला प्रिय ।
एकसाल अरु धैर्य गर, अनि फर्कि आउँला प्रिय
देउरालीमा बसि, संगै गित गाउँला प्रिय ।
-विनित
केही भयो कि जस्तो लाग्छ भूइंमा पात खस्दा पनि
घरदेशकै माया लाग्छ परदेशमा बस्दा पनि (more…)
चिठ्ठा पर्यो एकैचोटी म त चुनाव लड्नेभए
मरे सात लाख लाशमाथि बाँचे मेयर बन्नेभए ।
दुइकउडिमा नबिक्ने म बन्नेभए नगरपिता
चाट्न अ।ए जुठोहड्डी सरकार मलाइ चुनाव जिता ।।
स्वास्नीलेनी दिन्नभोट घर जान छोडी दिए
समाज घर परिवारको सबै नाता तोडीदिए ।
छुट्नेभयो टिकट ब्ल्याकको पुर्खेउली अ।फ्नो पेशा
छाडीदिन्छु कुन्डल लाउन छोटोपारी क।ट्छु केश ।।
चिठ्ठा पर्यो एकैचोटी …………………..
कस्ले भर्दीयो फारमकुन्नी अ।योगले नाम फुक्यो
लोकतन्त्रेको बिरोधलेचै ऒठ तालु दुइटै सुक्यो ।
जीउदै किरीया गर्नथाले मेरा घर परिवारले
छाती माथी सात लाख राख्नु मरेभने सरकारले ।।
वरिपरी शेना पुलिस मन्त्री जस्तै भएकोछु
रोष्टेड सगै ह्वीस्की ब्राण्डी टन्न सग पिएकोछु ।
अस्ती देखी किन किन देब्रे अ।खा फर्फराउछ
मरण पो कस्तो हुन्छ अ।जकल दिउसै तर्साउछ ।।
चिठ्ठा पर्यो एकैचोटी ……………..
-अस्तु-
-विमल गौतम
क्षितिजको विशाल छातिमा टेकि
मग्न बहेको सुमधुर हावाको बहावसंग
रमाएर…
जव बादल खेल्दछ…
खुशीले हाँस्दछ…
अनि,
खुल्ला गगनमा हृदय फिजाई…
बादल र हावाको सुमधुर मिलनमा
तब इन्द्रेणी…
आफ्नो सप्तरंङ्गी प्वाँख फिजाई
मयूर झै छमछम नाच्न थाल्दछ ।
तर
त्यहि हँर्साई र नचाईको
मनोरम दृष्य देखि…
इर्स्यालुहरु…
असय हुंदै…
क्रोधित बन्दै
निष्ठूरी बन्दै…
तिनको मिलनमा…
तिनिहरुको खुशीमा…
चट्याङ्ग भई बषिर्न…
मेघ झै गर्जिन थाल्दछ…
र बादललाई लछार लुछुर पार्दै
प्रियसी संग छुर्टाई अलपत्र पार्दछ…
निर्बल… अत्ति निर्बल…
विचरा बादल…
आफ्नो प्रियसीको विछोडमा
गहं भरि आँशु बगाउँदै…
पुनरमिलनको आशै आशमा…
पिडीत हुंदै धर्तिमा र्झछन्…
र तिनिहरु बिच साँचेका
लाखौं सपनाहरु केबल…
केबल मौन धर्तिमा…
एउटा बुल्का भएर फुल्छ…
फुट्छ… र विलिन हुन्छ
-निलन कुमार थेच्वमि
दियो र टुकिमा जन्मेको मलाइ बिजुलि के हो थाहै थिएन
चुरोटको बट्टामा मोटर छाप देखेको हवाइजहाजको ज्ञानै थिएन
परिस्थिति बदलियो अब मोटर र हवाईजहाज पानि पंधेरो भएको छ
जु न देशको सेवा गछु भन्थे त्यहि देश मलाइ परदेश भएको छ
त्यसैले मलाई धिक्कार छ
सबैलाइ प्रभाब पारेको थिए देश भक्तिको कबिता र गित गाएर
सानो छदा भन्ने गर्थे देशको सेवा गर्ने डाक्टर र इन्जिएर भएर
रोगिलाइ औषधि गर्ने र गाउमा मोटर ल्याउने खहरेमा पुल हालेर
तर यहा आए पछि कुरा अर्कै भयो
पढाइ अगाडि बढाए ग्यास स्टेसन र रेष्टुरामा काम गरेर
उच्च शिक्षा त प्राप्त भयो तर राख्यो त्यसैले यहि बाधेर
अब म संग धन दौलत इज्जत सबै छ
जुन देशको सेवा र्गर्छु भन्थे त्यहि देश मलाइ परदेश भएको छ
देश र आफ्न्तर्लाई ढाटेको हुँदा मलाइ धिक्कार छ
अब त ठुला बढासंग संपर्क बढेकोछ
२,४ हजार डलर र्छन सक्ने औकात भएकोछ
२,४ वटा संस्थामा हैकम पनि चलेकोछ
यता आउने नेतालाइ स्वागत गरिन्छ
उता जादा पत्रिका रेडियो र टेलिभिजनलाइ अन्तरवार्ता दिइन्छ
सब चिज छ तर परिचित पराय भएका छन् देश प्रदेश भएको छ
त्यसैले मलाई धिक्कार छ
देश फर्कि हाल्ने योजना नभए पनि नेपालको प्रजातन्त्र र मानबअधिकार जिव्रोमै झुन्डिएको छ
उताको आन्दोलनलाइ र्समर्थन गरेकै छ यता पनि फाट्ट फुट्ट परदर्शनमा भाग लिएकै छ
त्यसैले पटक पटक संसद भंग गर्ने र संसद अबरोध गर्ने भ्रष्ट नेताहरुको र्समर्थन गरिया छ
नेताकै कारण नेपाल सिक्किम भुटान वा सो सरहनै किन नहोस आफु त यतै बसिया छ
जु न देशको सेवा र्गर्छु भन्थे त्यहि देश मलाइ परदेश भएको छ
देश र आफन्तलाई ढांटेको हुंदा मलाइ धिक्कार छ
उता जागिरे थिएं यता ब्यापारि भइएको छ उता कार्यकर्ता थिए यता नेता भइएको छ
उता जनवादि थिएं यहाँ सुबिधाका खातिर प्रजातन्त्रवादि भइया छ
त्यसैले शान्ति र प्रजातन्त्रको लागि गणतन्त्र भन्ने नाराको स्वागत गरिएको छ
तर आफ्नै होश हराएर हो कि क्याहो अरुको मात्रै दोश देख्ने रोग सरेको छ
त्यसैले आफ्नो बिचार नमिल्नेलाइ भारतिए दलाल, बामे, मण्डले, दरबारिया भन्ने गरिन्छ
बाहिर जतिनै फुर्ति गरेपनि मन भित्र भित्रै आजकाल किन हो किन असन्तोश बढेको छ
सब चिज छ तर परिचित पराय भएका छन् देश प्रदेश भएको छ
जुन देशको सेवा र्गर्छु भन्थे त्यहि देश मलाइ परदेश भएको छ
देश र आफन्तलाई ढांटेको हुंदा मलाइ धिक्कार छ
निरञ्जन मान सिंह रेग्मी
मेरा लुम्रे, लाम्रे र झुम्रे साथीभाईहरु
किन कराउने विदेशमा बसेर ।
अरुको सुनौला ढोकाहरु बाहिर
आफ्नो बा ले खानदिएनन् भनेर
सिंहले मारेर ल्याएको शिकार देखेर ।
राल काटेर बसेको स्यालहरुले झै गरेर
ख्याउं ख्याउं कराएर मुखभरी रालचुहाएर ।
हामी कतिन्जेल बस्ने विदेशमा अरुको भतुवा भएर
यदि हामीले आफूलाई सामर्थ्यावान ठान्छौं भने ।
किन नजाने आफनो देशमा अन्यायसंग लड्न ?
किन नजोत्ने आफ्नै बांजो बारी
फुरके र माले गोरुहरुलाई नारेर ?
किन नबढाउने उरबर शक्ति
पाखो भित्ताहरुलाई कुटो कोदाले खनेर ।
किन नबाउने ठुल्ठूला बांधहरु
हिमालबाट बग्ने अपार पानीलाई थुनेर ।
डिग बहादुर तामांग, मेरिल्याण्ड
देशको माया मुटुमा बोकेर बिदेशीन बाध्य देश प्रेमी नेपालीहरु हो
हाम्रो देश त फटाहाको जालमा परिसक्यो अरे
मानवता र सच्चाई त देशबाट बाहिरी सक्यो अरे
निर्दोश हाम्रा आफन्तहरुलाई आंशुका भेलले बगाउन लाग्यो अरे
अन्याय, अत्याचार र कुरितीहरुले देश नै निली सक्यो अरे
क्रान्ति गरी देश बनाउछु भन्नेले गरीवका झुपडी भत्काई दिए अरे
सत्तामा बसी आफुलाई भगवान ठान्नेले पनि गरीवका लास यत्र तत्र विछाए अरे
नेपाल आमा पिंडा सहन नसकी रुंदै हामीलाई पुकार्दै छिन अरे
र्फक र्फक हे विदेशीएका देश प्रेमीहरु हो नेपाल आमालाई तिम्रो खाँचो छ अहिले
निजी श्वार्थ पूरा गर्ने आशामा विदेशीको गुलामी उचित देखिन मैले ।
-अनिल आचार्य
Thank you for visiting my blog.