November 9, 2009

अरुको दुखमा…….(गीत)

Filed under: Literature

दिलिप योन्जन

अरुको दुखमा रुदा रुदै, आफै दुख्ने मुटु पाए
सात जन्म जिउला भन्थे, आफै जिउदो लास भए ! (more…)

August 26, 2009

संसार बिचित्रको छ

Filed under: Literature

अर्जुन दाहाल

संसार विचित्रको छ

चित्रभित्र तस्वीरको इतिहास

जहाँ हेर्यो त्यहीँ तस्वीर (more…)

July 8, 2009

मेरो घरमा सिंगै हिमाल पस्यो

Filed under: Literature

कृष्ण प्रर्साई

बिहानै ढोका खोलेर हेर्दा बाहिर हिउँ परिरहेको थियो । अधिल्लो दिन परेको हिउँ अझैसम्म पग्लिएको थिएन । आज पनि मैले आफ्नो वरन्डाबाट बाहिर निस्कने भर्‍याङ्ग र हिड्नुपर्ने बाटाको हिउँ बढार्ने र सफा पर्ने काम गरे । (more…)

May 16, 2009

मेरो कलम को थुतुनो

Filed under: News, Literature

-शेखर ढुङेल

मेरो कलम को थुतुनो
ज्यादै चोथाले भो
जन्मदा घिउ चिनी को सट्टा
खोर्सानी को धुलो , रिठ्ठा को झोल
पिलाए छन कि क्या हो (more…)

April 22, 2007

पकलन्ठुको “पोएम”

Filed under: Literature

कसले कठै भन्ने भो र डाँको छोडी रुँदाखेरी,

देशकै याद आउँदो रैछ सागर पारी हुदाखेरी ।।

आँखाभरी आइराख्छ आफ्नै प्यारो गाउँघर ,

चट्ट छाडी हिँड्नुपर्‍यो साढेसातले छुदाखेरी ।।

मोती सरी हिउँचुली, नागबेली नदिनाला,

लाली गुराँस, बेली, चम्पा अन्य फूल सेता काला ।।

सबैसँग रमाउँदै खेल्थेँ चिसो सिरेटोमा…

अहिले त्यहि याद आउँछ, तातो रापले छुदाखेरी ।।

मख्ख पर्थे फूलझैँ ऊनी सुवास छरी मुस्काउँदा,

दंग पर्थिन् मनका भाव कथासरी सुनाउँदा ।।

छुट्ने बेला आँखाभरी टलपल मोती रसाएको…

अहिले त्यहि याद आउँछ, चिनो रुमाल धुदाखेरी ।।

-उत्सुक-वैशाष, ९, २०६४

January 21, 2007

You Taught Me How to Laugh Again

Filed under: Literature

You taught me how to laugh again
And gave me back my smile,
Restored my faith in people when
Everyone seemed vile.
You were as if the sun came up
Upon my bitter night
And bade the blackness rustle up
Some joyful morning light.
And inexplicably my heart
Rose up and twirled me round,
So sudden in its expert art
I scarcely touched the ground.
With you I am still filled with light
And all my feelings dance.
You are my song, my wings, my flight,
My truth and my romance.






















Thank you for visiting my blog.